प्रधानाध्यापकले भेटी छोड्न जाने सहकर्मि शिक्षकलाइ काज बिदा दिएर बेजिल्ला पठाउदा परिक्षाको मुखमा गोगन माध्यमिक बिध्यालयका बिध्यार्थिहरु पढाइको सुबिधाबाट बिमुख भएको भन्दै केही अभिभावकले गुनासो गरेकाछन । एक हप्ता लामो निर्वाचन बिदा सकिए लगत्तै खुलेको गोगन मावि गगनगौडाका ८ जना शिक्षकहरु फागुन २९ गते शुक्रबार लमजुङ गएका थिए । लमजुङ घर भएकी गोगनका एक शिक्षिकाको घरमा भेटी पुर्याउन भन्दै ती ८ जना शिक्षकलाइ शुक्रबार काज बिदा दिएर त्यसतर्फ पठाइएको थियो ।
सहायक प्रधानाध्यापक ( सुचना अधिकारी ) चन्द्रामाया थापाको नेतृत्वमा ८ जना शिक्षकहरुलाइ काज बिदा दिएर लमजुङ पठाइएपछी बिध्यार्थिहरुको क
क्षागत पढाइ प्रभावित भएको कुरा अभिभावकले चाल पाएपछी हामिसङ्ग गुनासो गरेका थिए । कार्यालयको काम गर्न जाने शिक्षक ,कर्मचारीलाइ मात्र काज दिने कानुनी प्राबधान छ तर गोगन माविले भेटी छोड्न जाने कामको लागि समेत काज बिदा दिएर कानुन बिपरित सुबिधा दिएर सरकारी बजेट माथी सिकायत पुर्ण कार्य गरेको छ । काज स्वीकृत दिनु भनेको उनिहरुको गयल कट्टि नहुनु हो अर्थात उक्त दिनको तलब काटिदैन ।
गोगन माविका प्रधानाध्यापक नारायण प्रसाद बरालले आफुले स्टाफको ससुरा बितेको घर लमजुङ भेटी पुर्याउन ८ जना शिक्षक चन्द्रामाया थापा ,अन्जु कार्कि, रुम बहादुर खवास ,डम्मर प्रसाद पौडेल, याम कुमारी पाइजा ,अम्बिका बास्तोला ,सुरेन्द्र लामिछाने र सिता रिजाललाई काज स्वीकृत गरि पठाएको बताए । भेटी पुर्याउन गएका शिक्षकहरुले गाउँ सहरको लमजुङ दरवारमा घुमफिरमा गएको तस्वीर साझा गरेका छन नि भन्ने हाम्रो जिज्ञासामा “त्यसो हो भने गलत भयो काज रद्द गरिन्छ ” प्र अ बरालले भने ।
सरकारी लगानिका सामुदायिक बिध्यालयले गर्ने यस्ता कार्यशैलिले शैक्षिक गुणस्तर बृद्दिको राष्ट्रिय लक्ष प्राप्तिमा प्रभाव पार्ने त छ नै सरकारी बजेट चुहावट गराउन प्रोत्साहन गर्ने जानकारहरु बताउछन । परिक्षाको सम्मुखमा बिध्यालयमा बिध्यार्थी बोलाएर शिक्षकहरु काज लिएर भेटी दिने नाममा घुम्न जाने प्रवृत्ति ठिक हो त ? पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य बिध्यालय खुलेको दिनमा ७-८ जनालाइ ब्यक्तिगत काममा काज पठाउनु र जानू कानुन बिपरित कार्य हुने बताउछन । ब्यक्तिगत काममा काज बिदा दिन लिन मिल्दैन त्यो बदर हुन्छ आचार्यले भने । वडा शिक्षा समितिका अध्यक्ष अक्कल बहादुर कार्किसङ्ग प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।
यी कुरा पढ्दा सामान्य लाग्छन तर अर्थपूर्ण छ यो बिषय । स्कुलको पढाइलाई प्रभावित बनाएर भेटी छोड्न जाने त्यो पनि काज लिएर । सोकमा सहभागी हुन गएकाहरु पर्यटन काज लिए जसरी घुमफिर रमाइलो गरेको फोटो साझा गर्ने गतिविधिले कस्तो शिक्षा देला ? बिदाको दिनमा जान मिल्ने बिषयलाइ कार्यालय खुलेकै दिन गएर काज लिनु सुबिधाको अर्को तानाबाना भएन र ? गोगन मावी एउटा नमुना मात्र हो यस्ता सरकारी बिध्यालय , कार्यालयका शिक्षक कर्मचारीले गर्ने कार्यशैलीमा परिवर्तन आउनु जरुरी छ । ब्यक्तिगत काम बिदाको दिनमा गर्ने पद्धतिको बिकास गरि बिध्यार्थिलाइ एक पिरियड भनेपनी बढी पढाएर शैक्षिक गुणस्तर बढाउन जुट्नुपर्ने शिक्षाबिदहरुको राय सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्