बर्षौ देखि हिमालय आँखा अस्पतालले घेरेर राखेको सार्बजनिक बाटोको जग्गा सार्बजनी रुपमै प्रयोग हुने गरि फिर्ता आएको छ । पोखरा महानगरपालिकाले २०८२ फागुन २७ गते वडा नं. १७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल परिसर आसपासको सार्वजनिक जग्गा खुला गरी बाटो कायम गर्न अस्पताललाई निर्देशन दिएको छ ।
उक्त निर्णयअनुसार हिमालय आँखा अस्पतालको गेटदेखि पोखरा होम्ससम्म, मुख्य सडकदेखि पूर्व र नेत्रज्योति सङ्घदेखि पश्चिमतर्फ पर्ने सार्वजनिक जग्गालाई आँखा अस्पतालले घेराबन्दी गरेर राखेको थियो । स्थानीय अगुवाहरुले नापिले गरेको हा सा बमोजिम बाटो जनिएपछी सार्बजनिक बाटोका रूपमा प्रयोग गर्न माग अघि सारेपछी महानगरपालिकाले निर्णय गरेको हो ।
यसअघि घारिपाटन क्षेत्रका स्थानीयवासी तथा नागरिक समाजका अगुवा रामप्रसाद सुवेदीको नेतृत्वमा स्थानीयहरूले २०८२ साउन २७ गते वडा अध्यक्ष राधिका शाही योगीसमक्ष निवेदन दिँदै उक्त क्षेत्रमा सार्वजनिक बाटो कायम गर्न ध्यानाकर्षण गरेका थिए ।
उक्त जग्गा पोखराका तत्कालिन मेयर भोला थापाको पालामा सुकुम्बासी बस्ती हुनबाट जोगाउन अस्पताल परिसरमा पारिएको थियो । पछि नापी कार्यालयको नापी बमोजिम २०८१ असार १५ गतेको निर्णयलाई आधार मान्दै सम्बन्धित जग्गा नेपाल सरकारको नाममा सार्वजनिक बाटोका रूपमा फिल्डबुकमा उल्लेख भएको स्पष्ट गरिदिएको थियो । यससँगै विगतमा भएका भोगचलनसम्बन्धी सहमतिहरू स्वतः समाप्त भएको जनाइएको र त्यस स्थानमा गार्डेन , खुल्ला ब्यायमशाला निर्माण गरिने भएको छ ।
मुख्य सडकदेखि पूर्व, नेत्रज्योति सङ्घदेखि पश्चिमतर्फ रहेको सार्वजनिक जग्गालाई सार्वजनिक बाटो खुलाउन स्थानीयबासी एवम् नागरिक समाजका अगुवा रामप्रसाद सुवेदीको नेतृत्वमा स्थानीय व्यक्तिहरूले पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीलाई भेटी २०८२ साउन २७ गते निवेदनमार्फत अनुरोध गरेका थिए ।
वडा कार्यालयले स्थानीय १७ ओटा टोल विकास संस्था र नागरिकहरूको संयुक्त निवेदनका आधारमा उक्त क्षेत्रमा रहेको करिब ३ रोपनी १२ आना सार्वजनिक जग्गामा बनाइएका पर्खाल तथा बारबन्देज हटाई बाटो फराकिलो बनाउन सिफारिस गरिएको थियो । त्यही सिफारिस लाई आधार मानेर नगर प्रमुख धनराज आचार्यको नेतृत्वमा भएको निर्णयअनुसार अस्पतालको सेवामा बाधा नपर्ने गरी फुटपाथ, शौचालय, तारबार, हरियाली तथा सौन्दर्यीकरणका कामसमेत गर्दै सर्वसाधारणलाई प्रयोगयोग्य हुने गरी बाटो व्यवस्थापन गरिने स्थानिय सामाजिक अगुवा राम प्रसाद सुबेदिले बताए ।

प्रतिक्रिया दिनुहोस्