यदुनाथ बन्जारा
पोखरामा सन्चालित केहि अस्पतालहरुले कानुन बमोजिम नवीकरण नगरेका कारण कारबाहिमा पर्ने भएका छन । सरकारी निति नियमानुसार नवीकरण नगरेका कारण ती अस्पतालहरु खारेजिमा जान सक्ने स्वास्थ्य मन्त्रालय सम्बद्द सरकारी उच्च अधिकारीहरुले बताएकाछन ।
स्वास्थ्य सस्था सन्चालन सम्बन्धी सरकारले ल्याएको कानुन बमोजिम दर्ता स्वीकृति र नवीकरण सम्बन्धी प्राबधान अनिवार्य पालना गर्नुपर्ने हुन्छ । मानव स्वास्थ्य सङ्ग सम्बन्धित बिषय भएकोले अस्पताल संचालनलाइ विधि र प्रकृयाको दायरामा राख्नु अनिवार्य मानिन्छ । स्वास्थ्य सस्था सन्चालन मापदण्ड २०७७ बमोजिम तोकिएको चेकलिस्ट बमोजिम दर्ता , स्तरोन्नति र सन्चालन गर्नु पर्नेमा कतिपय अस्पतालले सरकारी मापदण्डलाई कागजी खोस्टा झै मानेर अवज्ञा गर्दै आएका छन ।
पोखराको रिजनल हस्पिटल जिरो किमिले ऐन मौकामा नवीकरण प्रकृया पूरामा आबेदन दिएको छ । ५० बेड क्षमताको उक्त अस्पताल गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत पर्दछ । उसले नवीकरणको लागि म्याद गुजारेपछी फाइल पेश गरेको मन्त्रालयले बताएको छ । कानुनी रित र मापदण्डअनुसार भए नभएको अध्ययन भैरहेको बताइन्छ ।
पोखरा ९ न्युरोडमा रहेको कास्की मोडल अस्पतालले पनि नवीकरणको लागि फाइल पेश गरेको छ । ५० बेडको अनुमती प्राप्त उक्त अस्पतालको पनि मापदण्ड पूरा भए नभएको अध्ययन भैरहेको बताइएको छ ।
पोखरा १२ भेटेरिनरी मार्गमा रहेको कास्की सेवा अस्पतालले पनि नवीकरणको म्याद गुजारेको छ । अस्पतालको ब्यबस्थापन फेरिएपछी नवीकरण नगरेको बुझिएको छ । हाल उक्त अस्पताललाई देखाएर नर्सिङ एकेडेमी सन्चालनमा छ । गन्डकी मेडिकल कलेजले मेजर शेयर खरिदेर ब्यबस्थापन गर्दै आएको सेवा अस्पताल बिक्री कर्तालाइ भुक्तानी नदिएको बिबादमा अदालतमा मुद्दा झेलिरहेको छ । अस्पताल लिएपछी कास्की सेवा अस्पतालले नवीकरण नगरेको खुलेको छ । १०० बेडको उक्त अस्पताल डाक्टर यज्ञमान शाक्यको घर भाडामा लिएर चलाइएको छ । नवीकरणको लागि फाइल स्वास्थ्य मन्त्रालय पुगेको र अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालय पोखराका चिकित्सा महाशाखाका प्रमुख रमेश केसिले बताए ।
यस्तै कानुनको बेवास्ता गर्नेमा पोखरा बिश्वबिद्धालय शिक्षण अस्पतालले कानुनी रित पूरा गरेको छैन । पियु शिक्षण अस्पतालले नबिकरणको म्याद समेत गुजारेको छ । २ बर्ष अघि सन्चालनमा ल्याएको शिक्षण अस्पतालले परिक्षण काल सकेपछी नवीकरण नगर्दा समस्यामा पर्ने भएको छ । बेलैमा नवीकरण नगर्दा भएको दर्ता खारेज हुन जाने र सुरु दर्ता प्रक्रियाबाट आउनुपर्ने मन्त्रालय चिकित्सा महाशाखाका कर्मचारीले बताए । पोखरा विश्व बिध्यालय शिक्षण अस्पतालले पुन सुरु दर्ताको फाइल पेश गरेको खुलेको छ ।

पोखरा ३ नदीपुरमा रहेको पद्म नर्सिङ होमलाइ ६ महिना मात्र परिक्षण समय दिएर दर्ता गरेको थियो । इमर्जेन्सी १० बेड र लास घरको प्रबन्ध मिलाएर फाइल ल्याउने गरि भएको दर्ता अब नवीकरणका लागि मन्त्रालय गएको छ । १०० बेड अनुमती पाएपछी पद्मले नर्सिङ कलेज लगाएतका प्यारामेडिक एकेडेमी सन्चालन गर्न पाउछ । त्यसको लागि सिटिइभिटिले अनुमती दिनुपर्छ । नेपालको सिटिइभिटीलाइ दोस्रो भन्सारको रुपमा व्याख्या गरिन्छ । मापदण्डअनुसार अस्पताल भएपनी एकेडेमी पाउन ठूलो पापड पेल्नुपर्ने हुन्छ । नेपालका केही भद्दा नीतिगत भ्रष्टाचारको कारण स्वास्थ्य बिषय पढ्न भारत र बङ्लादेश जान बाध्य पारिदा बार्षिक अरबौ रुपैयाँको पुजि पलायन भएको छ । अब बन्ने सरकारले नेपाली बिध्यार्थिले नेपालमै पढ्न पाउने बाताबरणको बिकास बन्ने अपेक्षा गरेकाछन ।
हरियो बत्तीका बाबजुद मेडिप्लसको स्तरोन्नति प्रस्ताव अस्वीकार ,
पोखरामा सन्चालित मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टरले आफ्नो अस्पताल स्तरोन्नतिको लागि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयमा दिएको निबेदन अस्वीकृत भएको छ । मेडिप्लसले फागुन २७ गते मन्त्रालयमा दर्ता गरेको फाइल सोही दिन (फागुन २७ गते) बसेको समितिको बैठकले चेकलिस्ट बमोजिम डकुमेन्ट पूरा नभएको भन्दै चेकलिस्ट बमोजिम मापदण्ड पूरा गर्न निर्देशन दिएको चिकित्सा महाशाखा प्रमुख रमेश केसीले बताए । अहिले २५ बेडमा संचालित मेडिप्लस अस्पतालले १०० बेडमा स्तरोन्नति गर्न खोजेको निबेदन गरेको छ ।
मेडिप्लस हस्पिटल १ सय शैयामा स्तरोन्नति हुन विभिन्न मापदण्डले बाधा पार्ने जानकारहरु बताउछन । सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड २०७७ संशोधन २०७८ अनुसार अस्पताल हुनुपर्ने प्राबधान रहेको छ । अस्पताल निर्माण पुर्ब आईई गरेको हुनुपर्छ , हस्पिटलकै लागि डिजाइन भै भुकम्प प्रतिरोधी भवन हुनुपर्छ , तर मेडिप्लस हस्पिटल साबिकमा ब्यक्तिगत आबासको लागि बनेको अघिल्लो तर्फको डाक्टर निरज रन्जित र पछिल्लो तर्फको रामजी बास्तोलाको आवास भवनलाई साज सज्जा गरि हस्पिटल बनाइएको छ । रामजि बास्तोलाको घर सेतिको किनारमा रहेको र सेतिको मापदण्ड मिचेर रिटेनिङ बाल बनाउदा बनाउदै महानगरपालिकाले रोकेको थियो , पछि लुकिचोरी पर्खाल माथी सम्म उठाएर हाल पार्किङ स्थल बनाइएको छ ।
१०० बेडको अस्पताल स्वीकृति लिन शब गृह , शब बाहन , समेत हुनुपर्छ । मुख्यतया अस्पताल भवन नेपाल सरकार भवन सहिता २०५५ बमोजिम हुनुपर्छ । भवन लगायतको मापदण्डअनुसार स्वीकृत लिन मेडिप्लसलाइ सहज नरहेको जनस्वास्थ्यका बिज्ञ प्रशासकहरुले दावी गरेकाछन । केही बर्ष अघि पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज ईन्स्टिच्युट ( एकेडेमी) लाई गाभेर चलाउन खोज्दा १०० बेडको अस्पतालको मापदण्ड नपुगि २५ बेडमा झरेर दर्ता भएको थियो । अहिले २५ बाट एकै पटक १०० मा पुग्न कम्मर कसेर लागेको देखिन्छ तर भवन उहीँ स्थान उहीँ , अबस्था उहीँ रहेको छ । लेखनाथको तालचोकको करिब ९ रोपनी जग्गामा भावी प्रोजेक्ट देखाएर १०० बेडमा स्तरोन्नति गर्न खोजेको र मन्त्रालयका केही उच्च अधिकारीले यो कार्यमा हरियो बत्ती बालेको मन्त्रालय निकट स्रोतले बताएको छ । यहि सङ्क्रमणकालमा फाइल सदर भयो भने अन्यथा नमाने हुने सम्मको अबस्था आएको छ ।
फागुन २७ गते फाइल स्वीकृत नभएपछी मेडिप्लसल चैत्र ७ गते थप डकुमेन्ट मन्त्रालयमा पुर्याएको छ । त्यसको निर्णय हुन बाकी छ । मन्त्रालयमा सह सचिव खिम बहादुर खड्काको सयोजकत्वमा रहेको समितिले फाइल अध्ययन गरिरहेको बुझिएको छ । यस अघि फाइल आएकै दिन २७ फागुणमा फाइल दर्ता भएकै दिन हतार हतार बैठकमा पेस भएको थियो । चैत्र ७ गते थपिएको फाइल कहिले निर्णय हुन्छ त्योभने समयले बताउनेछ । मापदण्ड र चेकलिस्ट पुर्याएको आधार पुष्टि गर्ने जिम्मा मन्त्रालयको नै हुनेछ ।
(यसलाइ बकस )


प्रतिक्रिया दिनुहोस्