२०८२ चैत्र १२
०६१४४५०००, ९८५६०३३३९१

बाटोमा दौडने सङ्गको असुली सम्बन्धी निर्णय बदर पुरानो असुलीको रकम के हुन्छ ?

पोखरा महानगरपालिका २० नम्बर वडा कार्यालयले
राज्यको ढुकुटीबाट बनाएको सडकमा हिडे दौडिए बापत मोटो रकम चन्दा उठाउन दिएको निर्णय रद्द गरेको छ ।२० नम्बर वडा कार्यालयले २०८१ भाद्र १७ गते वडा अध्यक्ष गङ्गा बहादुर खत्रीको अध्यक्षतामा वडा परिसरमा बैठक बसि नेपाल फिजिकल ट्रेनिङ ईन्स्टिच्युट र गोर्खा फिजिकल ट्रेनिङ ईन्स्टिच्युटसङ्ग गरि बार्षिक ७ लाख ७० हजार असुल्न स्वीकृति दिएको थियो । वडा कार्यालयले स्थानीय शृङ्खला युवा क्लब भलाम र डाडागाउ टोल बिकास सस्था पोखरा २० डाडागाउ लाई डोको दौड गराउने सस्थाहरुसङ्ग चन्दा स्वरुप एकमुष्ट रकम उठाउन लिखित निर्णय गरेको थियो । सोही निर्णय बमोजिम ती दुई सस्थाले रकम उठाउदै आएका थिए ।

 

सार्बजनिक सडकमा गैरकानुनी ढ्ङ्गबाट रकम उठाएको बारे गुनासो आएपछी सराङ्कोटले सप्रमाण समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको थियो । अख्तियारले तत्सम्बन्धी कारबाही गर्न महानगरपालिकालाई निर्देशन गरेको र महानगरले असुली रोक्न र बिगतमा भएको निर्णय रद्द गर्न भनेको थियो ।

वडा अध्यक्ष गङ्गा बहादुर खत्रीले मिति २०८२ पुस २३ गते रकम उठाइने सस्थालाइ जानकारी पत्र लेख्दै ” बिगत बर्षहरु देखि रकम उठाउदै आएकोमा अब उप्रान्त डोको दौड सम्बन्धी कुनै पनि आर्थिक लेनदेन कारोबार नगर्न उर्दि जारी गरेकाछन तर बर्षौ देखि हालसम्म असुल गरेको रकम के गर्ने भन्ने बारेमा वडाको निर्णय मौन छ । यो मौनताले बिगतमा गरेका असुली धन्दा सम्बन्धि खतबात माफ गरिदिएको खुल्न आएको छ । यसले दन्डहिनतालाइ गोडमेल गर्न सक्ने भन्दै चिन्ता ब्यक्त गरिदिएको छ ।

हो पाठक बृन्द पोखरा महानगरपालिका वडा नम्बर २० को भलाम जर्नेलको पधेरा देखि देउराली सिम्लेस्वारा डाडागाउ सम्मको सडक प्रयोग गरे बापत भलाममा रहेको शृङ्खला युवा क्लब र डाडागाउ टोल बिकास सस्थाले बार्षिक ७ लाख ७० हजार रुपैयाँ चन्दा स्वरुप असुल्दै आएको छ । झन्डै दुई दशक अघि देखि यसरी क्लब र टोल बिकास सस्थाको नाममा चन्दा असुली गर्दै आएको स्थानिय प्रतक्ष्यदर्शिहरुले बताएका छन । लाहुरे तालिम सन्चालन गर्ने ट्रेनिङ ईन्स्टिच्युट एसोसिएसनबाट शृङ्खला क्लब र टोलबिकास सस्थाले बार्षिक रकम कबुल गरि चन्दा असुल गर्ने गरेको तथ्य फेला परेको छ । तालिमे प्रशिक्षार्थीहरुले डोको बोकेर दौडिए बापत त्यस्तो रकम असुल गर्ने गरिएको पुष्टि भएको छ ।


प्रदेश सरकारले बनाएको गौरबको योजना अन्तरगत निर्माण गरिएको सार्वजनिक सडक प्रयोगकर्तालाई स्थानिय क्लब र टोलबिकास सस्थाले कमाउ धन्दा बनाएका थिए । यसरी रकम असुली कार्यमा वडा नम्बर २० कार्यालयको मिलेमतो रहेको पाइएको थियो । आफ्नो वडामा कानुन बिपरित हुने चन्दा असुली धन्दालाइ रोकि कानुनी दायरामा ल्याउन सहयोग गर्नुपर्ने निकायले उल्टै लिखित माइन्युट गरेर गैरकानुनी कार्यलाइ प्रोत्साहन गरेको थियो सराङ्कोटले माइन्युट नै प्रकाशन गरेको थियो ।
रकम असुल्न दिएको अनुमती , हाल आएर न उठाउनु भन्ने निर्णय र बिगतमा बर्षौ देखि उठाएको रकमको बैधता बारे बुझ्न वडा अध्यक्ष गङ्गा बहादुर खत्रीसङ्ग सम्पर्क गरि प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल उठेन । बाटोमा दौडने सङ्ग डोकोरेस बापत अब न उठाउने त निर्णय भयो तर बिगतमा बर्षौ देखि उठाएको अबैध असुली रकम के हुने भन्ने बिषयमा अनुसन्धान मौन देखिएको छ । अख्तियारले यस बारेमा के गर्छ त्यो भने हाम्रो फलो अपको बिषय बनेको छ । यस बिषयमा अख्तियारका सूचना अधिकारी सङ्ग बिगतका बर्षहरुमा उठाइएको अनियमित असुली के हुन्छ भन्ने जिज्ञासामा वडाको तालुक कार्यालय महानगरपालिकालाई कारबाही गर्ने गरि निर्देशन गरिएको जानकारी पाइयो ।

स्मरणीय छ २० नम्बर वडा कार्यालयले २०८१ भाद्र १७ गते वडा अध्यक्ष गङ्गा बहादुर खत्रीको अध्यक्षतामा वडा परिसरमा बैठक बसि नेपाल फिजिकल ट्रेनिङ ईन्स्टिच्युट र गोर्खा फिजिकल ट्रेनिङ ईन्स्टिच्युटसङ्ग गरि बार्षिक ७ लाख ७० हजार असुल्न स्वीकृति दिएको छ । यसरी असुल गरेको रकम शृङ्खला युवा क्लब र डाडागाउ टोलबिकास सस्थाले ५०-५० प्रतिशत बाढेर लिनु भन्ने ब्यहोरा निर्णय माइन्युटमा उल्ल्ख गरिएको छ ।
वडा न २० कार्यालयको उक्त निर्णय गर्दा वडा अध्यक्ष गङ्गा बहादुर खत्री सदस्यहरु गिता पौडेल , रुपा नेपाली र गन्जमान गुरुङले हस्ताक्षर गरेका छन । वडाले दिएको लिखित निर्णयमा २०८२ सालको डोको रेसको लागि १० प्रतिशत रकम बढ्ने उल्लेख गरिएको छ । सराङ्कोटलाइ ढिलो गरि प्राप्त असुली प्रमाण सहितको सुचना उपर छानबिन गरि समाचार बनाएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको र अब उप्रान्त त्यस्ता असुली रोक्ने निर्णय भएको छ । क्लब र डाडा गाउँ टोल बिकास सस्थाले अनियमित असुली गर्न नपाउने भएका छन भने सरकारी बाटोमा जबर्जस्ति चन्दा दिनुपर्ने कार्यबाट दौडने टोलिहरुले फुर्सद पाएका छन ।

प्रतिक्रिया दिनुहोस्