२०८२ चैत्र १५
०६१४४५०००, ९८५६०३३३९१

७० औ बार्षिकोत्सबको अबसरमा अमरसिंह माविमा नर्सिङ सेवा सुरुवात

गण्डकी प्रदेशको सबैभन्दा धेरै बिध्यार्थी अध्यन गर्ने अमरसिंह माध्यमिक विद्यालय, पोखरामा इमर्जेन्सी रुमको उद्घाटन गरिएको छ । उक्त इमर्जेन्सी रुमको पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले उद्घाटन गरे । बिध्यालय भित्र स्थापित उक्त नर्सिङ सेवाबाट त्यहा अध्ययनरत बिध्यार्थी र शिक्षक कर्मचारीहरुले आकस्मिक स्वास्थ्य सेवा पाउनेछन ।

नर्सिङ सेवा कक्षको उद्घाटन गर्दै वडाध्यक्ष बास्तोलाले विद्यालयको समग्र विकाससँगै स्वास्थ्य पक्षलाई पनि उत्तिकै महत्व दिइएको बताए । उनले भविष्यका कर्णाधार बिध्यार्थीको स्वास्थ्यका लाई विशेष महत्व दिएको बताए । उनले भने, “विद्यालयको समग्र पूर्वाधार विकाससँगसँगै विद्यार्थीको स्वास्थ्य पनि प्राथमिकता बनाएका छौँ । आकस्मिक अवस्थामा तुरुन्त उपचार दिन मिल्ने यस रुमले जीवन रक्षा र स्वास्थ्य व्यवस्थापनमा ठूलो योगदान पुर्याउनेछ ।”

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा. भरत खत्रीले आवश्यक परे प्रतिष्ठानले सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले विद्यालयस्तरमै स्वास्थ्य सेवा विस्तार हुनु सकारात्मक कदम भएकोमा बिध्यालय परिवारलाइ धन्यबाद ब्यक्त गरे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइरालाले विद्यालयमा पहिलोपटक यस्तो सुविधा थपिँदा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबीच उत्साह थपिएको बताए । उनले यस्तो व्यवस्था विद्यालयमा हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यसले विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सुरक्षित वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य सेवा सन्चालनका लागि चालु आर्थिक वर्षमा इमर्जेन्सी रुमका लागि बजेट विनियोजन गरिएको वडा कार्यालयले जनाएको छ । विद्यालयको इमर्जेन्सी रुममा स्टाग नर्स सृजना आचार्य तथा दीपा लमिछाने फिजियोथेरापिस्टका रूपमा कार्यरत रहने बिध्यालयका प्रधानाध्यापक बलराम पोखरेलले बताए ।

विद्यालयमा हाल २७ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा इमर्जेन्सी रुम स्थापना भएसँगै आकस्मिक अवस्थामा विद्यार्थी तथा शिक्षकलाई तत्काल प्राथमिक उपचार उपलब्ध हुने विश्वास गरिएको छ । अङ्ग्रेजी र नेपाली दुबै भाषामा पढाइ हुँदै आएको अमरसिंह माविमा दृस्ठिबिहिन र सुस्त श्रवन बिध्यार्थिले अध्यन गर्छन ।

प्रतिक्रिया दिनुहोस्