ढुवानी ब्यबसायिहरुको सस्था गन्डकी मझौला मिनि ट्रक सन्चालक समितिले आफ्ना स्वरोजगार ब्यबसायी , चालक र सहचालकहरुलाइ एक दिवसिय ट्राफिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । समितिले चैत्र १४ गते पोखरा १२ कार्की डाडामा भेला आयोजना गरि प्रशिक्षण गराएको हो ।
गन्डकी मझौला मिनि ट्रक सन्चालक समितिमा १६० जना ब्यबसायीहरु आबद्द रहेको समितिका सुचना अधिकारी श्याम ताम्राकारले बताए । स्वरोजगार ब्यबसायी , चालक र सहचालकहरुलाइ ट्राफिक प्रशिक्षण दिएर दुर्घटना न्यूनीकरण गर्ने बार्षिक कार्यक्रम अनुसार प्रशिक्षण आयोजना गरिएको अ#@समितिका अध्यक्ष मनोज रसाइल्@@ले बताए ।@
जिल्ला ट्राफिक कार्यालय कास्किका प्र ना नि सन्तोष ज्ञवालिले पशिक्षण दिएका थिए । ट्राफिक प्रशिक्षण कार्यक्रमको सन्चालक सचिव श्याम ताम्राकारले गरेका थिए । सहसचिव केशब श्रेस्ठले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा समितिका सल्लाहकार गङ्गा बहादुर तामाङ , अखिल नेपाल यातायात मजदुर सङ्गठन गण्डकीका अध्यक्ष सुर्यभक्त पौडेल लगायले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्