२०८२ चैत्र २२
०६१४४५०००, ९८५६०३३३९१

बालेन सरकारको एक्सन पछि फेवाताल किनारका अतिक्रमणमा डोजर चल्यो ,

बालेन नेतृत्वको सरकारले पोखराको फेवा ताल अतिक्रमणको बिरुद्द कारबाही गर्न निर्देशन दिएपछी पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा निर्माण गरिएका अवैध टहरा हटाउन डोजर चलाएको छ। शनिबार बिहानदेखि महानगरले सुरक्षा निकायको उपस्थितिमा डोजर प्रयोग गर्दै ताल क्षेत्र आसपासका संरचना हटाउने अभियान सुरु गरेको हो। चर्चित पर्यटन ब्यबसायी भनिने कर्ण शाक्यको वाटरफन्ट रिसोर्ट पनि भत्काएको छ ।


महानगर प्रहरी प्रमुख पुरुसोत्तम थापाका अनुसार शनिबार बिहान ११ बजेसम्म ३ दर्जन वटा टहरा भत्काइएको छ। ताल संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको महानगरलेनाएको छ।
महानगरपालिकाले फेवातालको सौन्दर्य र पर्यावरणीय सन्तुलन कायम राख्न अवैध रूपमा निर्माण गरिएका संरचनामाथि निरन्तर कारबाही जारी रहने जनाएको छ। डोजर चलेपछी बिरोध सुरु भएपनि नेपाल प्रहरी , नगर प्रहरीको बाक्लो उपस्थितिमा अतिक्रमण हटाउने काम भएको छ ।

प्रतिक्रिया दिनुहोस्