२०८३ बैशाख १
०६१४४५०००, ९८५६०३३३९१

स्वास्थ्य मन्त्रालयको नीति बिपरित डाक्टरको महङ्गो न्युट्रास्युटिकलको धन्दाले बिमाका बिरामी मारमा !

स्वास्थ्य मन्त्रालयले चिकित्सकको टेबलमा बिमाको औषधिको लिस्ट राख्न निर्देशन दिएको छ । औषधि लेख्दा टेबलमा भएको शुचि बाहेक नलेख्न भनेको छ तर कतिपय चिकित्सकहरुले महङ्गो मुल्यको फूड सप्लिमेन्ट (न्युट्रास्युटिकल ) लेखेर बिरामिको ढाड सेक्ने गरेको पाइएको छ । गन्डकी अस्पतालका डाक्टर नवीन कुमार श्रेस्ठले बिमाको प्रेस्कृप्सनमा त्यस्तो औषधि लेखेर दिएको तथ्य फेला परेको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पस्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत नवीन कुमार श्रेस्ठ स्त्री तथा प्रसुती बिभागका चिकित्सक हुन । उनले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन बिपरित बिमाका बिरामिलाइ महङ्गो न्युट्रास्युटिकल लेखेकाछन । गेस्ट्भिट प्लस नामको सफ्ट जेल लेखेका छन । ३० क्याप्सुल भएको उक्त न्युट्राको मूल्य एक हजार ५० रुपैयाँ उल्लेख छ । अस्पताल प्रशासनका अनुसार यसरी महङ्गो न्युट्रा लेख्नु स्वास्थ्य नीति बिपरित हो ।
न्युट्रास्युटिकल सप्लायर र चिकित्सकले देशभरी बद्नामी कमाएको छ । यो औषधि अन्तरगत पर्दैन । खाध्यपुरक सामग्री भएकोले उत्पादक र आपूर्तिकर्ताको मिलेमतोमा आफुखुसी मूल्य तोकेर बजारमा पठाइएको हुन्छ । गत बर्ष बिराटनगर र बुटवलमा नक्कली मूल्य पृन्ट हान्दाहान्दै प्रहरिले छापा हानेर ब्यापारीलाई मुद्दा चलाएको थियो ।
बिरामी ठगिएको आवाज उठेपछी गत बर्ष अधिकास सरकारी अस्पतालले न्युट्रास्युटिकल बिरामिलाइ नलेख्न सुचना प्रकाशन गरेको थियो । अस्पतालले नागरिक ठगिमा पर्ने जनाउदै सिफारिस रोकेको थियो तर पोखराका न्युट्रा आपूर्ति कर्ता र केही कमिसन प्रेमी चिकित्सकको मिलेमतोमा न्युट्राको कालाबजार जारी रहेको छ यस तर्फ राज्यको र संबंधित अस्पताल प्रशासनको ध्यान जान जरुरी छ ।
न्युट्रा खाध्यपुरक सामग्री हो । यसमा अस्वभाविक मूल्य अङ्कित गरिएको हुन्छ । यो औषधि होइन । औषधि ब्यबस्था बिभागमा दर्ता पनि हुदैन । मनोमानी मूल्य लेखिने हुदा आपूर्तिकर्ताले डाक्टरलाई राम्रै कमिसन दिन्छन । त्यसैले सरकारले जेसुकै भनोस , अस्पतालले जे सुचना निकालोस त्यसको बेप्रबाह लेखिन्छ कारण एउटै छ कमाउ धन्दा ।
बिरामिको ढाड भाचिएपनी उनिहरुलाइ फरक पर्दैन । राज्यले यस बारेमा गम्भीरतापूर्वक नीति बनाउनु पर्छ । आयात , सन्चय , बैज्ञानिक मुल्यनिर्धारण र कारोबार स्थल एकिन हुनुपर्छ । कमिसनको खेल अन्त्य हुनुपर्छ , चिकित्सकले सिफारिस बन्द गर्नुपछ तबमात्र यो धन्दा छायामा पर्छ । यसको राष्ट्रिय गिरोहको पहिचान गरि बालेन सरकारले कानुनी कठघरामा उभ्याउनु जरुरी देखिन्छ नत्र जनता ठगिएका ठगियै हुनेछन । स्वास्थ्य मन्त्रालय , अख्तियार , खाध्य तथा गुण नियन्त्रण हेर्ने निकायले यस बिषयमा तत्काल छानबिन गरिनुपर्छ । डाक्टर नवीन कुमार श्रेस्ठ एक नमुना पात्र मात्र हुन सबै स्वास्थ्य सस्था , निजि तथा सामुदायिक र सरकारी अस्पतालका सयौ चिकित्सकले कमिसनको लोभमा बिरामिलाइ न्युट्रा भिडाउने गरेको गुनासो आइरहेको छ । आयातकर्ता र गिरोहकै घाँटी समातेर राज्यले कानुनी दायरामा ल्याउन पहल हुनुपर्छ । स्वास्थ्य मन्त्रालयले भने बमोजिम हरेक चिकित्सकको टेबलमा औषधिको शुचि राख्ने काम अस्पताल प्रशासनले गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्