२०८३ बैशाख १
०६१४४५०००, ९८५६०३३३९१

एमाले नेता चित्र थापालाइ मातृशोक , सोमबार तुलसिघाटमा दाह सस्कार गरियो

नेकपा एमाले पोखरा १६ का पुर्ब अध्यक्ष तथा प्रदेश कमिटीका पुर्व सदस्य हाल पार्टि कमिटी १६ का सल्लाहकार चित्र बहादुर थापाको आमा तथा सीता अधिकारी थापाको सासू आमा पुतली थापाको ८८ बर्षको उमेरमा ब्रम्हालिन भएकिछन । निमोनियाबाट ग्रसित थापाको मातृशिशु मितेरी अस्पतालमा उपचारको क्रममा चैत्र २९ गते राती ११ .४० बजे निधन भएको हो । थापा १९९५ भाद्र ५ गते जन्मेकिथिइन ।

८८ बर्षिय स्वर्गीय थापाको २ छोरा र एक छोरिको जायजन्म भएको थियो । श्रीमान लोक बहादुर थापाको २०५३ सालमै असामयिक निधन भएको थियो । जेठो छोरा रोम बहादुर थापाको पनि निधन भैसकेको छ भने उनी कान्छो छोरा चित्र बहादुर थापासङ्ग बस्दै आएकि थिइन । छोरी लक्ष्मी खड्का सहित तीन छोराछोरीकि आमा पुतली थापाका ६ नाति नातिना र ७ पनाति पनातिनी रहेकाछन । परोपकार सस्थाबाट सम्मानित पुतली थापा विभिन्न धार्मिक तथा सामाजिक सस्थामा आबद्द रहेकिथिइन ।
स्वर्गीय थापाको पार्थिव शरिरलाइ तल्लो गोस्थेमा रहेको तुलसी घाटमा लगेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको थियो । दाह सस्कार कार्यक्रममा पार्टी कामिटी काक्स्किका अध्यक्ष बैन बहादुर क्षेत्री ,१६ नम्बर वडा पार्टी कमिटिका अध्यक्ष यमनकाजी गुरुङ लगायत उल्लेख्य जनमासको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्