२०८३ बैशाख १
०६१४४५०००, ९८५६०३३३९१

कावास्वती यातायात ट्रायलमा सेटिङको गन्ध ट्रायल ग्राउन्ड र सवारीसाधन मिलाउने गरि टेन्डर सुचना

नव गठित सरकारले ल्याएको सुशासनको नितिलाइ चुनौती दिदै यातायात ब्यबस्था कार्यालय कावास्वती (पुर्बी नवलपरासी)ले नितिगत सेटिङ मिलाएर काम गर्न थालेको रहस्य बाहिरिएको छ । अघिल्ला बर्षहरुमा पनि सवारी चालक अनुमती पत्र सम्बन्धि कार्यमा मिलेमतो गर्ने गरेको कुरा भुसको आगो झै फैलिएको थियो ।
ट्रायल परीक्षा लिने ट्रायल फिल्ड र ट्रायलमा प्रयोग हुने गाडी र मोटरसाइकल स्कुटर को लागि टेन्डर सुचना निस्किएको छ । प्रकाशित टेन्डर सूचना नै सिमित ब्यक्तिलाइ लाभ पुग्ने गरि निकालिएको खुल्न आएको छ । हामिलाइ उपलब्ध यातायात कार्यालयको कावासोतिको टेन्डर सुचनामा ट्रायल परिक्षामा प्रयोग हुने सवारीसाधनको उमेर अबधी र मापदण्ड खुलाइएको छैन केबल सङ्ख्या मात्र उल्लेख छ ।
सिलबन्दी दरभाउपत्रको बुदा नम्बर ३ र ४ मा सवारीसाधनको आवश्यक सङ्ख्या माग गरिएको तर ती सवारीसाधन कति बर्ष सम्म नयाँ हुनुपर्ने भन्ने खुलाइएको छैन । यहि बुदामा लुप होल रहेको खुलेको छ । ट्रायल प्रशिक्षणको लागि सवारीसाधन ब्यबस्थाको लागि कावास्वति यातायातले अघिल्लो बर्षको टेन्डरमा ५ बर्ष भन्दा पुरानो सवारी प्रयोग गर्न रोक लगाएर टेण्डर गरेको थियो अहिले त्यही कार्यालयले टेन्डर सुचनामा आर्थिक तथा प्राबिधिक प्रस्ताव माग गर्दा ट्रायल परिक्षामा प्रयोग हुने सवारीसाधनको आयु खुलाएको छैन । गाडिको आयु नतोकेका कारण टेन्डर पार्ने पक्षले पुराना र जिर्ण गाडी ट्रायलमा हाल्ने र परिक्षार्थिले ट्रायल दिदा जोखिम बेहोर्नु पर्ने अबस्था आएको छ ।
यसमा अर्को पनि सेटिङको नेक्सस रहेको खुलेको छ । ट्रायल ग्राउन्ड र सवारीसाधन पुरानै पार्टिको पर्ने गरि टेन्डर सुचना निकालिएको बुझिन आएको छ । मापदण्ड पुगेको पुरानो ट्रायल ग्राउन्ड हुदा हुँदै पुरानैको लगानी रहेको अर्को अपायकको ग्राउन्डमा ट्रायल सेन्टर कायम गर्न खोजिएको देखिन आएको स्रोतले दावी गरेको छ ।

छानबिनको माग गर्दै उजुरी

यातायात ब्यबस्था कार्यालय कावास्वतिका कर्मचारीले ट्रायल ग्राउन्ड र ट्रायल दिने सवारीसाधनको टेण्डरमा सेटिङ गरेको भन्दै अख्तियार कार्यालयमा उजुरी परेको छ । उजुरीमा सवारीसाधनको उमेरका सम्बन्धमा केही नबोलि पुरानै सवारीसाधन ट्रायलमा हाल्न खोजेको , ट्रायल फिल्ड र गाडिमा पुरानैलाइ मिल्ने गरि सेटिङ मिलायर दरभाउ मागेको भन्दै छानबिनको माग गरिएको छ ।
यातायात कार्यालय प्रमुखलाइ समेत उजुरी दिइएको छ । यातायात कार्यालयले टेन्डर निकाल्दा समय १५ दिन मात्र राखेर टेन्डर हाल्नेलाइ समय नदिएको ३५ दिन सम्म सार्बजनिक सुचना निकाल्न र गत बर्ष कायम रहेको सवारिको मापदण्ड राख्न उजुरी निवेदनमा उल्लेख गरिएको छ । निबेदकले दिएको निबेदन र कार्यालयले टेन्डर सुचना निकाल्दा सेटिङ मिलाएको गन्ध आएको छ त भन्ने हाम्रो जिज्ञासामा यातायात कार्यालय नवलपरासी कावास्वतिका सुचना अधिकारी टेक नारायण तिवारीले ठोस जवाफ दिन सकेनन । उनले भने” कार्यालय प्रमुख सङ्ग छलफल गर्छु ।”

प्रतिक्रिया दिनुहोस्