पोखरा उद्योग वाणिज्य सङ्घको ३६ औ महाधिबेशन रोमान्चक बनेको छ । अध्यक्षm ४ जनाले प्रतिस्पर्धा गरेकाछन , त्यसमा पनि २ जनाको पदाधिकारी प्यानल छ भने दुई जना सिङ्गल लडेका छन ।
आसन्न ३६औँ अधिवेशनका क्रममा कार्यसमिति सदस्य पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारहरूको सयुक्त उम्मेदवारी बनेको छ । कुल १० जना मध्य ८ जनाले टिम बनाएर लडेका छन । पत्रकार मनोहर पौडेल , सामाजिक कार्यकर्ता भानु अधिकारी , युवा व्यबसायी अमृत पोखरेल लगायतको जुझारु टिम रहेको छ । उनिहरुले घरदैलो कार्यक्रममा व्यवसायी भने ‘व्यावसायिक हकहित, कर तथा पिरमर्काका सबै विषय बुझेको यो सदस्यको समुहबाट सङ्घलाई अझै सबल बनाउन सक्ने आशा पलाएको बताएका छन् ।
कुनै पनि अध्यक्षको प्यानलमा नबसी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका कार्यसमिति सदस्यका उम्मेदवारहरू अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरी पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारीले चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान कार्यक्रम काँहुखोला, माटेपानी,रानीपौवा,नदीपुर,चाउथे,बिरौटा, छोरेपाटन लगायत पोखराका सबै क्षेत्रमा गरिएको घरदैलो कार्यक्रमका क्रममा मतदाता व्यवसायीहरूले प्यानलरहित स्वतन्त्र उम्मेदवारी दिएकोमा स्वागत गरेका छन् ।
आठै जना सदस्यका उम्मेदवारहरूले व्यवसायीहरूको वास्तविक समस्याहरू सम्बन्धित ठाउँमा लाने यो समूह रहेकोले आफूहरूलाई मतदान गरि विजयी बनाउन मतदातासमक्ष अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्