अझै खुलेन लाश लाने बाटो

सराङकोट न्यूज
30 October, 2018 1:52 pm
Advertisements

पोखरा महानगरपालिका वडा नं. १ स्थित टुडिखेल वाट वडा प्रहरी कार्यालय वगर हुँदै गाइघाट तर्फ जाने सडक खुलाउने प्रयास यसपटक पनि सफल हुन सकेन । महानगरका मेयर मानबहादुर जि.सि. द्धारा मिति २०७५ असोज २१ गते जारी आदेश पत्र कार्यान्वयन सम्बन्धि निर्णय कार्यान्वयन गर्न आएको महानगरको डोजर सहितको टोली कार्तिक १२ गते कामै नगरी फर्किएको हो ।
मेयर मान वहादुर जि.सि.ले मिति २०७५/६/९ गते आदे जारी गरेका थिए । आदेश मा स्थानिय सरकार सञ्चालन ऐनको दफा ४१ वमोजिम सार्वजनिक अवरोध हटाउन र स्वीकृति नलिई मापदण्ड मिचेर वनाइएको घर टहरा हटाउन भनिएको थियो ।
कार्यदेश सहित गएका महानगरका सुरक्षा महाशाखा प्रमुख बसन्त चालिसे, कानून अधिकृत राममणी अधिकारी तथा प्राविधिक टोली सहितको दल वल त्यहाँ पुगेको थियो । छवि चपाई र गोविन्द कोइरालाको वीचमा रहेको वाटो मेट्ने गरी घर टहरा पसल निर्माण गरेर वाटो खुल्न दिएको छैन । वाटो नखुल्दा संयौ व्यक्तिहरुको आवागमन रोकिएको छ । गाइघाटमा लाश लैजाने उक्त वाटो दशकौं देखि वन्द छ । सुरक्षा कार्यालय सँगै जोडिएको उक्त वाटोको प्रयाप्त निकास नहुँदा प्रहरीका भ्यान, एम्वुलेन्स, दमकलले समेत सेवा दिन सिम्पानीवाट घुम्नु पर्ने भएको छ ।
पटक पटक वाटो खुलाउने प्रयास भएपनि विभिन्न उल्झन देखाएर अवरोध गरिदै आइएको छ । यता जग्गा मिच्ने आरोप लागेका छवि चपाई पक्षले नगरपालिकाबाट गरेको २०६९ सालको निर्णयलाई हवाला दिएर आफूले घर टहरा वनाएको दावी गरेको छ ।
उक्त कि.नं. २ को जग्गा अख्तियारको आदेश २०६९/२/३० को आदेश अनुसार छवि चापागाइको नामबाट वदर भई मालपोत कार्यालयको मिति ०६८/२/६ को निर्णय अनुसार नेपाल सरकारका नाममा कायम हुने निर्णय भएको थियो यद्दपि छवि चपाइले स्वीकृति विनै सटर वनाएका छन् । चपाइले उक्त जग्गा आफ्नो नाममा आउनु पर्छ भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । मुद्दा विचारधिन अवस्थामा चपाइले सहर निर्माण गर्नु पनि नहुने जानकरहरु वताउँछन् । हाललाई सरकारका नाममा दर्ता श्रेस्ता रहेको उक्त कि.नं. २ को जग्गाका अस्थाई संरचना तत्काल हटाई वाटो निकास खुला गराइने महानगरका वरिष्ठ कानूनी अधिकृत नारायण शर्माले वताए । तिहार अगाडि नै वाटो खुलाइने पनि शर्माले वताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: