एन्फा कास्कीको उधारो पुरस्कार अझै अनिश्चित

सराङकोट न्यूज
5 March, 2019 4:21 am

माघ २७ गते सम्पन्न भएको तेस्रो पोखरा कपको विजेताहरुले तीन हप्ता वितिसक्दा पनि पुरस्कार रकमको चेक साट्न पाएका छैनन् । कास्की जिल्ला फुटवल संघ (एन्फा कास्की) को आयोजनामा भएको राष्ट्रिय स्तरको खेलमा डफिन्सले एपिएफलाई १–० ले पराजित गरी च्याम्पियन उपाधी हासिल गरेको थियो ।
आयोजकले पूर्व घोषित रकम वरावरको च्याम्पियनलाई ७ लाख ५५ हजार, उपविजेतालाई ४ लाख ५ हजार रुपैयाको चेक आयोजकले माघ २७ गते एक हप्ता व्याक डेटको चेक दिएका थिए । फागुन ६ गतेको डेट दिएर दिएको चेक फागुन २० गते सोमवार साँझ सम्म साटिएको थिएन ।
विजेता टिमका सगुन ताम्राकारले भने २२ गते वुधवार १ वजे वैंक जान फोन आएको वताए । यस्तै उपविजेता टोली नेता एपिएफका इन्स्पेक्टर अमित मल्लले पनि चेक नसाटिएको वताए । यि दुई टोली मात्र हैन खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको घोषणा गरिएका पत्रकार उमेश पुनले पनि पुरस्कार रकम पाएका छैनन् । यस्तै हाइ स्कारेरले पाउने पुरस्कार पनि गायव पार्ने प्रयास गरिएको छ ।
टिडिएस नकाटीकन पुरस्कारको राशी उल्लेख गरी चेक प्रदान गरिएको छ । नियमत ठूलो रासीको पुरस्कारमा २५ प्रतिशत कर कट्टी गरी राजस्व दाखिला गरी वाँकी रकमको चेक दिने प्रचलन छ तर एन्फा कास्कीले न समयमा पुरस्कार दियो न राज्यलाई कर नै ।
आयोजकले स्पोन्सरले रकम समयमा नदिएको दोष थोपरेर पानी माथिको ओभानो वन्न खोजेको छ । पोखरा कपमा मनकामना केवुलकार, रा.खे.प., गोर्खा व्रुअरी, महानगर लगायतका स्पोन्सर रहेको बताइएको छ । एन्फा कास्कीका सचिव रमेश कार्कीले स्पोन्सरले भुक्तानी दिन ढिला गरेका कारण ढिला भएको बताए । अधिकांस प्रतियोगिता स्पोन्सरवाटै चल्ने भएपनि एन्फाको यो प्रकरण वाहेक अन्यमा उधारो चेक दिइन्न त्यो पनि वाउन्स हुने गरी । खेलाडी टिमहरुको अनुभव सुनाउँछन् यस्तो उधारो अन्त कतै थाहा थिएन । स्पष्ट जवाफ खोज्न उपाध्यक्ष इश्वर गुरुङ र विश्व तण्डुकार सँग सम्पर्क गर्दा उनिहरु मध्य गुरुङले विरामी भएको वताए भने तण्डुकारले भञ्जीको विहेमा व्यस्त रहेको वताए।
जो जता व्यस्त भए पनि पोखराको नामै जाने गरी भएको यो कार्यलाई राम्रो कसरी मान्ने ?

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: