सराङकोटको सार्वजनिक जग्गा अतिक्रमण

सराङकोट न्यूज
27 May, 2020 8:47 am
Advertisements
Advertisements

लकडाउनको मौका छोपेर पर्ति जग्गा, सार्वजनिक वन क्षेत्र समेत हटाएर अतिक्रमण गर्ने कम यत्र तत्र वढिरहेको छ । कास्की जिल्लाका धेरै ठाउँहरुमा भए गरिएका अतिक्रमणका श्रृखंलावद्ध समाचारहरु सराङकोट साप्ताहिकले प्रकाशन गर्दै आइरहेको छ । पोखरा–१९ को घार्मीमा पर्ति जग्गाको राष्ट्रिय वनबाट ५०३ वटा रुख ढालिएको काण्ड देखि एक्याप क्षेत्रमा अवैध ढुंगा खानी संचालनका काण्डहरु पर्दाफास गरिदै आएको सराङकोटलाई पोखरा–१८ नम्वर वार्डको देउखुरी भन्ने ठाउँमा पर्तिजग्गामा रहेको वन क्षेत्र अतिक्रमण गरेर घर गोठ वनाउन लागेको खवर प्राप्त भएको छ ।
हामीलाई खवर प्राप्त भएपछि उक्त प्रकरणका वारेमा डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठसँग प्रतिकृया लिदाँ उनले विवादित रहेको घटनास्थलको स्थलगत गस्ती गरी जारी निर्माण कार्यलाई रोक्का राखेको र अतिक्रमण गर्ने व्यक्तिहरुलाई वन कार्यालयमा वोलाइएको वताए । उनले कागजपत्र झिकाएर सत्य तथ्य छानविन गरिने वताएका छन्।
यस्तै वार्ड नं. १८ का अध्यक्ष रण बहादुर थापा पनि उक्त विवादित जग्गा पर्ति जनिएको सार्वजनिक जग्गा रहेको वताउँछन्। व्यक्तिको नाममा पूर्जा नभएको जग्गा पर्ति हुने हुँदा त्यहाँ व्यक्तिगत निर्माण सम्वन्धि कार्य रोक लगाइएको जानकारी वार्ड अध्यक्ष थापाले दिएका छन् ।
स्थानियहरु कतिपयले पर्ति जग्ग मिचेको वारे छानविनको माग गर्दै विभिन्न निकायमा उजुरी दिए पछि अतिक्रमण काण्ड वाहिर आएको हो । तर संरचना निर्माण गरिरहेका कोइराला थरका एक व्यक्तिले भने जग्गा दशकौदेखि आफूहरुले भोगचलन गर्दै आएको दावी गरे । १९९० सालको नापी भएको तर २०३२ सालबाट छुटेको कारण पूर्जा श्रेस्ता नभएको पनि उनले वताए । कानूनता दर्ता श्रेस्ता पूर्जा नभएको जग्गा पर्ती जनिने र पर्ति जग्गा सरकारको हुने प्रावधान रहि आएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: