Prabhu Bank Ad

शासक फेरिए, शासकको हैसियत फेरिएन

सराङकोट न्यूज
5 June, 2020 11:46 am
Shiva Raj Bastakoti

जसले सानैमा वुवा गुमाएको हुन्छ अभिभावक विहिन हुन्छ तव उसले आफ्नो सुरक्षित जीवन र उज्वल भविष्यका लागि कसैलाई अभिभावकको रुपमा मान्छ । कारण उ आफूलाई सुरक्षित भएको महसुस र अनुभूति गर्न थाल्छ तर जस जसलाई आफ्नो अभिभावक ठानेको हुन्छ उनै उनै एक आपसमा द्धन्द्ध गर्ने, लडाइ झगडामा अल्मलिने, अभिभावकत्व सुरक्षित राख्नलाई घर छिमेकीसँग शरणतम् सम्वन्ध राख्ने, गैह्रजिम्मेवार वन्दै जाने, स्वार्थ सिद्धिमा मात्र लिन हुने, विवेक हिन वन्दै जाने जव गर्न थाल्छन् नि तव त्यतिवेला त्यो अभिभावक गुमाएको र गैर–अभिभावकको आस भरोसामा बाँचेको त्यो अनाथको अवस्था कस्तो होला अनुमान लगाउन अन्त कतै जानु पर्दैन इतिहासका विभिन्न कालखण्डमा विश्वलाई हल्लाउदै एउटै खुकुरीले आफ्नो पहिचान वनाउन सफल र बहादुर पुर्खाका हामी सन्तती रहेको हाम्रो देस नेपालको विगत देखि वर्तमान सम्मको अवस्था र हामी नेपालीले भोगी रहेका दिनचर्यालाई नियाले पछि सवै कुरा स्पष्ट हुन्छन् । यतिवेला आम नेपालीको मनमा धेरै तरंग पैदा भएका छन् । कोरोना भाइरसबाट कसरी सुरक्षित हुने सुरक्षित हुनका लागि लकडाउनमा बस्दा कसरी के खाएर वाँच्ने देसमा यस्तो महामारी भएको वेला भारतले सिमा अतिक्रमण गर्दै जाने नेताहरु एक आपसमा द्धन्द्ध गरी रहने पाटीहरु राष्ट्रियता भन्दा पनि आफ्नै पाटिकै विषयमा मात्र केन्द्रित हुदै जाने । एउटै सरकारमा संसदमा पनि एक थरी जनताका वारेमा सिमा क्षेत्रका वारेमा चिन्तित भएको अभिव्यक्ति दिने अर्का थरी भारतलाई चिढाउन नहुने भन्दै आफ्नै एजेण्डा हरुलाई मात्र अगाडि वढाउने उता एमसिसि झ्यालवाटै भए पनि छिराएर संसदमा पारित गराउन सत्तापक्ष प्रतिपक्ष दुवै पाटिका शिर्ष नेताहरु न्वारन देखिको वल लगाउँदै जाने भ्रष्टाचारीलाई कारवाही गर्न ता परै जाओस् उल्टै भ्रष्टहरु लाइनै संरक्षण गर्न सत्तापक्ष नै लाग्ने यति ठूलो महामारी हुँदा पहिला आफूहरुलाई चेक जाँच गर्न जनतालाई चेक जाँच ता परै जाओस् महिनौ दिन सम्म खानु न पिउनु कोरेन्टाइनमा वस्नु पर्ने जनपक्षिय राष्ट्रपक्षिय भन्दा पनि विपरित जनअहित निर्णयहरु गर्दै जाने देस ऋणमा चुर्लुम्मै डुवि सकेर नेपाली जनताको मात्र टुप्पी देखिने अवस्था आउँदा पनि विभिन्न खाले खर्च कटौती सेवा सुविधा तलव भत्ता कटौती गर्ने नाममा राष्ट्र सेवक कर्मचारीहरु कै मात्र कटौती गर्न खोज्ने आफूहरुले लिने सेवा सुविधा तलव भत्ता कटाउन नखोज्ने लकडाउन समयावधि थप्ने तर विना आधार जनतालाई कसरी लकडाउन अवधिमा वाँच्ने कसरी सुरक्षित हुने भन्ने वारे कुनै पनि सन्देश प्रवाह नगर्न यता जनता त्रिपाल ओछ्याएर सुत्न वाध्य हुनुपर्ने ।
उता स्वयं राष्ट्रपति निवासमै करौडोको कार्पेट गलैंचा विछ्याउने जनतालाई भने घाँटी हेरि हाड निल्नु भने जस्तै जुक्ति सुनाउने आफूहरु भने जनताको खुन पसिनाबाट उठाएको राजस्व सिध्याएर पनि उल्टै दाताहरुबाट ल्याएको सहयोग समेत सिध्याउने खेलमा लाग्ने भए पछि अव जनताले कसरी ढुक्क मन लिएर जीवनयापन गर्ने ।
फेरि जव जव देसमा महामारी संकट आईपर्छ तव तव जनताले सरकारको खोजी गर्छन् सरकारले के कस्तो सहयोग गर्छ भनेर ति गँुडमा रहेका वचेराले जस्तो गरी हेरी रहेका हुन्छन् आसा गरी रहेका हुन्छन् त्यतिवेला सरकार गैर जिम्मेवार वन्यो भने ति जनताको मनमा के गुज्रेला अनुमान लगाउन कठिन हुन्छ । तर यतिवेला भने नेपाली जनताले जुन कुरा अनुमान लगाउन कठिन हुन्छ त्यही भोग्नु परी रहेछ ।
यता सिमा क्षेत्र लिम्पियाधुरा लिपुलेक कालापानीमा भारतले मिचेको भूमि फिर्ता गराएरै छाड्ने भन्दै नयाँ नक्सा सार्वजनिक त भयो तर यसले ठोस पूर्णता पाउने होइन किन भन्ने संकेत देखिन थालेको छ । हिजो देसमा सवै भन्दा चर्को खरो र स्पष्ट मात्र होइन भरोषा लाग्दो भाषण गरेका वली प्रचण्ड यतिवेला आवाज विहिन स्वर हराएका गायक जस्ता भएका छन् प्रतिपक्षका देउवा प्रति त न हिजो जनताले विश्वास नै गरेका थिए न उनले आजसम्म पाटी र जनताले वुझ्ने गरी स्पष्ट धारण नै प्रस्तुत गरेका छन् उनको दिमाखमा त वास् एउटै कुरा छ एमसीसी कहिले संसदमा पारित गर्न सकिन्छ उनको उद्देश्य सके अझै एक पटक प्रधानमन्त्री हुने त्यति नभए एमसीसी पास गराउने त्यति पनि भएन भने अझै एक पटक पाटी अध्यक्ष नै चप्काउने रहेको देखिन्छ उनका कृयाकलाप र प्रस्तुतीले त्यही संकेत गरी रहेछ । फेरि सत्ताको स्वाद लिएका सवै नेताहरुमा एउटा अचम्मको नशा सत्ता लत लागेको छ कि केहि त्याग्न तयार छैनन् वरु देसकै छेउछाउका एउटा दुईटा टुक्रा वेच्न तयार हुने तर सत्ता गुमाउन नखोज्ने यहि परम्परागत प्रकृतिले गर्दा आज देसलाई भारतले तिनै तर्फ देखि मिच्दै आएको छ तैपनि देस प्रति कसैलाई कुनै चिन्ता नै नभएको हो कि जस्तो देखिन्छ ।

नेपालको इतिहासमा राजसंस्था वाहेक सवै पाटी र तिनका नेताहरु भारतकै संरक्षणमा र भारतकै जुठो पुरोमा वाचेका रहेछन् भारतकै शरणम् गच्छामी कै कारण सत्तामा पुग्ने गरेका रहेछन् कि भन्ने कुरा आम नेपालीको मन मस्तिष्क शंकै शंकाले डेरा जमाइ सकेको छ । एउटा प्रश्नले भने यति बेला जन्म लिएको छ–“कतै नेपाली जनताको विश्वासमाथि घात प्रतिघात हुने त होइन ?”

आफ्नै आमामाथि जाइ लाग्नेहरु चाहे जति नै वलियो शक्तिशाली नै किन नहुन् एक पटक ता त्यो कमजोर सन्तान पनि वलियो हुन्छ अरु केहि नसके एउटा ढुंगो उठाएर हानेरै छोड्छ हार गुहार गर्छ तर मैले सकिन भनेर कुनै हालतमा वस्न सक्दैन । तर नेपालकै इतिहास र वर्तमानलाई हेर्दा र शासकहरुको शैली देख्दा भने शासक फेरिए पनि सवैको हैसियत भने वुद्धि पुरानै देखिदैछ । तर यति वेला हामीकहाँ ठिक त्यस्तै भइ रहेछ सारा नेपालीहरु आफ्नो मिचिएको भूमि फिर्ता गर्नु पर्छ भन्ने पक्षमा जुर्मुराएका छन् जागेका छन् तर देसका शासक भने झन् दिन प्रति दिन मस्त निदाई रहेका छन् । फेरि वार्ता नै गर्र्ने भए पनि वार्ता गर्न जाने हैसियत वनाउन सक्नु प¥यो तर परिस्थिति त्यस्तो देखिदैन किन भने नेपालको इतिहासमा राजसंस्था वाहेक सवै पाटी र तिनका नेताहरु भारतकै संरक्षणमा र भारतकै जुठो पुरोमा वाचेका रहेछन् भारतकै शरणम् गच्छामी कै कारण सत्तामा पुग्ने गरेका रहेछन् कि भन्ने कुरा आम नेपालीको मन मस्तिष्क शंकै शंकाले डेरा जमाइ सकेको छ । एउटा प्रश्नले भने यतिवेला जन्म लिएको छ कतै नेपाली जनताको विश्वास माथि घात प्रतिघात हुने वा होइन ।
अव यहाँ सवैको मनमा एउटै कुरा छ भारत सँग कुटनितिक वार्ता गर्ने तर कसले कहाँ गएर को सँग वार्ता गर्ने कसरी वार्ता गर्ने भन्ने कुराले सवैलाई सताएको छ त्यसैले भन्नै पर्ने हुन्छ यो विषयमा एकादेसको कथासँग मिल्दो जुल्दो वर्तमान नेपाल भारत वार्ताको अवस्था देखिएको छ ।
भएछ के भने एउटा विरालो रहेछ दिनदिनै मुसाको संख्या घट्ने मुसाको घरवासै उड्ने हुदै गएछ यसरी दिनदिनै मुसा घट्दै गएपछि साना मुसाहरुले ठूला मुसाहरुलाई उपाय सुझाउन दवाव दिएछन् तव पटक पटक वैठक वसेपछि अन्त्यमा ठोस निष्कर्ष निकालेछन् र अव विरालो मार्न हामीले नसके पनि विरालोको घाटीमा घन्टी झुण्डाइ दिउ विरालो आए पछि हामी त्यो घण्टीको आवाज सुन्ने वित्तिकै भाग्न सक्छौ भनेर भनेपछि सवैले सहमती जनाएछन् र भोली पल्ट देखि विरालोको घाटीमा घण्टी झुण्डाउने अभियानमै हिडेछन् तर विरालोको घाटीमा घण्टी कसले झुण्डाउने भन्ने कुरो आएछ तव विरालोको घाटीमा घण्टी झुण्डाउन कोही तयार भएनछन् तर साना मुसाहरुले हामी ले त सकेनौ यि ठूला मुसाले किन सकेनन् भन्ने कुरा चलेछन् भएको के रहेछ भने पहिला पनि त्यो विरालो सँग वाट ति ठूला मुसाले आफूहरु बाँच्नका लागि आफ्नै मुसा साथीहरुलाई धोका दिएर मारेका रहेछन् जसले गर्दा विरालोको अगाडि जाने हैसियत र हिम्मत पहिल्यै गुमाई सकेका रहेछन् ठिक यस्तै घाटीमा कसले घण्टी झुण्डाउने भने जस्तै अव भारत सँग वार्ता गर्न को जाने भन्ने प्रश्न ले सवैलाई छटपटीले घेरी रहेको छ । त्यसैले यो कहानी सँग देसको राष्ट्रियताको कहानी मेल नखाओस् नेपालको स्वाभिमान वाचोस् पूर्खाहरुले ल्याएको वहादुरीको छाप सुरक्षित रहोस् ।
तर देशमा एउटा परिस्थितिले आम जनतालाई शंसङकीत हुन मात्र तर्क गर्न वाध्य वनाएको छ । किन नेपालका नेता मन्त्री पटक पटक प्रधानमन्त्री भएकाहरु समेत भारतसँग दरो खुट्टा टेकेर वार्ता गर्न सक्दैनन् र लैन चौरमा पुग्ने वित्तिकै लाजवन्ती झार जस्ता वन्छन् । आफ्नो राष्ट्रिय स्वाभिमानका साथ किन वार्ता गर्न सकिरहेका छैनन् यसको जवाफ पक्कै पनि एकदिन नेपाली जनताले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्: