फेवा बैनिलाई सम्पदा दिदिको पत्र

शिवराज वस्ताकोटी (शिवदाई)
21 July, 2023 9:01 pm
Advertisements

प्यारी बैनि सन्चै छ्यौ होला नि । यता हामि सब निको आरामै छौ । धेरै समय भो तिम्रो हाल खवर के कस्तो छ थाहै पाउन सकिन त्यै भर आज यो चिठि लेखेकि । म ता यता उहीँ सबैको मुखमा झुण्डिएकि सम्पदा भएकि छु । अनि दिदी प्रकृति पनि त्यस्तै छ उहीँ नाम लिने बेला सबैले लिन्छन् अरु बेला वास्ता पास्तै गर्दैनन् । अनि बैनि सँरचना पनि त्यस्तै छिन् ।।जताततै सबैले भत्काएर लथालिङ्ग पारेर विजोगै छ अहिले अलि समय नभेटेका हरुले त देखे भनेपनि चिन्दैनन् । होला अनुहार मुहार सबै फेरिएको छ। यता अनि फेरि अहिले त जताततै सरचनाको ता आकार पििन बिग्रि सकेको छ । कहिले डोजर लगाएर भत्काउछन्। कहिले बनाउने भन्छन् । कहिले खाल्डो खन्छन्। कहिले पुर्छन् कठै त्यो सरचना नानि को हालत देख्दा मलाई त भक्कानो छुटेर आउँछ, फेरि पनि सरचना नानिले मन सानो गर्दिन एकदिन ता यी मनुष्य हरुले हामीलाई चिन्लान् नि उता प्राकृति दिदी बिचरा कहिले के कहिले के कहिले चिसिएर बस्छिन्। कहिले आगो जस्तै तात्तातो वाफ छोडेर बस्छिन ।।कहिले उजेलि देखिन्छिन् कहिले अधेरि देखिन्छिन उनी पनि यी मनुष्य हरु देखेर खासै खुसि छैनन् जस्तो लाछ। अ साच्चि म ता आफ्नै गथासो पोख्ता पोख्तै तिम्रो खै खवर सोध्नै बिर्सिएचु तिम्रो खवर पनि त्यति राम्रो सुनेकि छैन तिम्लाइ पनि बेलाबेला त्यो जलकुम्भि झारले छपक्कै पार्च भन्ने सुन्चु अनि त्यो हर्पन बाङ्गेले त भएभरको ढुङ्गा वालुवा माटो ल्याएर तिमिलाइ पुरी रहेछ भन्ने सुन्चु । त्यो पनि कहिल्यै सोझो हिड्न जानेन खालि कहिले यता कहिले उता गरि रहन्छ। अनि त्यो सिम्सारे बाबू पनि अहिले ता सबैले पुरेर बिचरा अनुहार पनि नचिनिने भै सक्यो अरे भन्ने सुन्चु अहिले ता ती मनुष्य हरु पनि एकथरी पुरेरै सिम्सारे लाई टुक्रै टुक्रा बनाउन खोज्नि अर्का थरि पुर्न नदिनि भनेर त्यो के जाति लगार भत्काउदै थिए अरे बरु अस्तिनै त्यसरी पुर्न नदिएको भए कमसेकम सिम्सारे बाबुको अनुहार ता बिग्रने थिएन ।
अनि फेरि ती कति मनुष्यले त बैनि फेवा तिमिलाइ चारैतिर भन्दानि भो हुनत ती दक्षिण पट्टिकाले अलि त्यति भाति गरेका छैनन् होला जति ती पश्चिम उत्तर र पुर्व तिरकाले तिमिलाइ अतिक्रमण गरेर खान खोज्या छन्। यिनिहरुले ता तिम्रो फोटो सँसार पठार तिम्रो रुप देखार झन् खुव कमाका छन् अरे पैसा नि कति कमाउन पर्या हो। तिमि माथि अतिक्रमण गरेर तिम्रो अस्तित्व माथि वलात्कार गरेर कति ज‍ोड्नु पर्या होला कहिल्यै मर्दैनौ यो धरतिनै छोड्दैनौ भने झै गरि राछन् । भोलिका लागि सन्तिलाइ केही छोड्ने भएनन्। हामिले ता जति नै अतिक्रमण गरेनि नबोलौला न सरापौला तर एकदिन तिनैका सन्ततिले सराप्ने छन्। के भन्नू र खोइ ए अस्ति भर्खरै हो क्या हो। त्यो बोटरेस कि के हो तिमी माथि जसले छिटो खियाउछ उसले पुरस्कार पाउनी खेल अरे हरे उहीँ भनाइ नै छ दुधदिनि गाइलाइ नकुट्नु अरे तिमलाइ ता यतिभाति गरेछन् कि खप्लक्कै खानि भए दैवहरुले यी ता मनुष्य हैन तिम्रा हाम्रा लागि त दैव नै भए। क्यार्च्यौ त नि अब भाग्यनै त्यस्तै भनेर चित्त बुझाउनु । अनि तिमिलाइ बचाउने नाममा कति हो पैसा नि छुट्या छन् अरे खै त्यो पैसा नि क्यारे कुन्नि अब तिम्रो हाम्रो कुरा कसले सुन्नि अनि फेरि अस्ति सुनेकि ती माछाहरु कुरा गर्दैथिए अरे ती मनुष्य हरुले फोहोर भलपानि मात्रै हो र पुरै घर घर होटल होटलको ढल पनि तिमी माथिनै मिसाएर बस्न खान छैन अरे ती माछाहरु ता गनाएर बस्न खान नभएर त्यो बाङ्गे हर्पन तिर गाका बाङ्गे हर्पनले पुरै झन् बगाएर तलै ल्याइदिन्छ अरे बिचरा ती माछा पनि मर्नि भए तिम्रै आश्रयमा थिए। अब तिमिलाइ झन् कति गा¥हो भ होला के गर्ने बैनि फेवा दुख सबैलाइ पर्छ एकदिन ता ढुङ्गालाइ पनि फुट्नु पर्छ सानो हुँदै जानू पर्छ क्यार्च्यौ त नि त्यै ढुङ्गाकै दुख सम्झिएर चित्त बुझाउ । अनि साच्चै अहिले केही बर्ष यता केही अलि सचेत अनि हामी सबैलाई माया गर्ने मनुष्य हरुले तिमी हामिलाइ बचाउनु पर्च सरक्षण गर्नु पर्च भनेर लागि परेका छन् अरे यसो तिनी हरुको आसा लाछ। हेरौ उनिहरुले पनि अरु ता केही अर्न पनि सक्तैनन् अरे उहीँ सरक्षण गर्नु पर्च भनेर आवाज उठाचन् अरे के गर्नु ती हामीलाई बचाउनु पर्च सरक्षण गर्नु पर्च हामिहरुको अस्तित्व लाई जोगाउनु पर्च भनेर लागि पर्या छन् अरे तिनको जय होस्। अनि जसका हातमा हामिलाइ बचाउने शक्ति छ पैसा छ पौच छ। हो झन् उनैको मुखमा हामिलाइ देखेसि झन् पानी आउच अरे र्याल काढ्छन् अरे अनि हामी कसरी सुरक्षित हुनि जस् जसले हाम्र‍ो नाम बेचेर ठुला ठुला कार्यक्रम गर्छन् हामिलाइ बचाउने कुरा त परै जाओस् उल्टै हाम्रै नाममा आको पैसै खान्चन् अरे हरे शिव अरु त्यस्तै हो न तिमी सुखि भा को सुरक्षित भको सुन्न पाइयाछ। न यता दिदि प्रकृति वैनि सरचना ले सुख पाछन् । उनिहरुको पनि त्यस्तै हालत छ मेरो पनि त्यस्तै छ। अनि साच्चै त्यो हर्पने बाङ्गे र सिम्सारे बाबु पनि अब त्यति सुरक्षित छैनन् उनिहरुले पनि दुख पाउन थाले छन् अरे। हामिले सबैलाई राम्रै गरेकै थियौ ।हाम्रै नामले सबै ससारमै चिनिएका थिए हाम्रै कारणले ससारकै मनुष्य आइ रहेकै थिए हामिले त्यति सारो कसैको केहि बिगारेका थियौ र बरु कहिलेकाही काली दिदी सेती दिदी रिसाएर यिनी हरुकै घरवास बगाएर बेघरवार बनाएका थिए हाम्ले ता त्यस्तो पनि गरेका छैनौ । सेती दिदी काली दिदिलाइ हेप्नै सकेका छैनन् हामिलाइ ता जताततै बाट यति हेप्न थालेकि कहिले कताबाट कहिले कता बाट खानै थाली सके अ साच्चै हामीलाई बचाउन पर्च भनेर माथि त्यो के उजुरि हालेका थिए अरे अनि हामिलाइ बचाउनु पर्च भन्ने हरुले जिते अरे त्यै भर माथिकाले अब हामिलाइ हेपेर अतिक्रमण गरेको ठाम छोड्न भनेछ यहाकाले अब के गर्चन् हेरौ । जति दुख पिडा भएनि सहनै पर्यो। बरु हामिलाइ बचाउन हाम्रो सरक्षण गर्नु पर्च भनेर हाम्रो अस्तित्व जोगाउन केहि मनुष्य ला छन् अरे अहिले यसो स्यानो आसा पलाएको छ। ती सबैको भलो होस् जय होस् ।
ल बैनि फेवा अब क्यार्च्यौ त नि
जस्तै भएनि सहनु पर्यो।
बैनि फेवा ल आजलाइ विदा हुन्छु ।
उहीँ तिम्रि तिमि ।।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: