विकृति र वेथितिको राजनीति

शिवराज वस्ताकोटी (शिवदाई)
21 July, 2023 9:04 pm
Advertisements

कुनैपनि राष्ट्रमा राज्य व्यवस्थापन तथा सुशासन स्थापित गर्दै आम जनतामा शान्ति सुरक्षा तथा सुव्यवस्थित अवस्था स्वास्थ्य शिक्षा रोजगार सहित स्वनिर्भर भएर बाच्न पाउने र नागरिक हक अधिकार निश्चित न्याय प्राप्त र आम नागरिका लागि गर्विलो राष्ट्रियता को अनुभूति गर्न पाउने विकृति र वेथिति रहित समाज विकृति वेथिति रहित राजनीति बाट स्थापित व्यवस्था लाई नै नागरिक सर्वोच्चता सहित राष्ट्रिय स्वाधीनता सहितको सघिय लोकतान्त्रिक पद्धति सहितको व्यवस्था र अवस्था भएको गणतान्त्रिक राज्य भन्न सकिन्छ । तर नेपालकै सन्दर्भमा भन्नू पर्दा हिजो व्यवस्था परिवर्तन गर्दा नेपालका राजनीतिक दल र तिनका नेताले जति नै लोकतन्त्रका गहनाले सिङगारिएको विकृति वेथिति रहित व्यवस्थाको सपना देखाएका थिए त्यहि अनुरुप न त स्थापित गर्न सकि रहेका छन् न त विकृति वेथिति रहित अवस्था सहितको राजनीति नै गर्न सकि रहेका छन् । न त त्यस्ता भ्रष्टाचार पुजिपति दलाल माफियातन्त्र विकृति वेथिति विसङ्गति बाट मुक्त हुन सकि रहेका छन्। जसले गर्दा यस्ता विकृति वेथितियुक्त राजनितीकै कारण देसले मात्रै हैन आम नेपाली जनताले मात्रै हैन भोलिका सन्तति र सिड्गो युगले नै दुख कष्ट पीडा भोग्नु पर्ने अवस्था आउने त्यत्तिकै खतरा बढ्दै जान थालेको छ। ।जसको परिणाम अत्यन्तै कहालि लाग्दो हुने देखिएको । यतिबेला नेपालमा देखिएको यो बहुरुपि अवस्था र परिणाम आउनु भनेको हरेक पाटि र नेताहरुमा देखिएको स्वार्थयुक्त नियत र नीति विचार सिद्धान्त हिन विकृति वेथिति सहितको राजनिती नै हो।
भन्ने बेलामा हामिले सघिय लोकतान्त्रिक गणतन्त्र भन्ने गरेका छौ ।नेताहरुले पनि घोक्रो फुलाउदै भन्ने गरेका छन्।तर यहाँ नेपाली जनताले लोकतन्त्र कहाँ छ भन्नू पर्ने अवस्था आएको छ। एउटा प्रस्न वाचक चिन्ह जताततै लागेको छ। के नेपालका राजनीतिक दलहरु लोकतान्त्रिक पद्दति अनुरुप चलि रहेका छन्। के यहाको राज्य व्यवस्था लोकतान्त्रिक पद्दति अनुसार सचालनमा आएको छ। के दलहरु पाटिकै सिद्धान्त अनुसार पाटिकै निति पद्धतिमा टेकेर अगाडिको बाटो तय गरि रहेका छन्। यी कुनैपनि कुरा लाई कुनै पनि पाटिले अगाल्दै भन्दा पनि परित्याग गर्दै गई रहेका छन्। यहाँ कहिल्यै एउटा पाटि सत्तामा जान सक्ने अवस्था छैन । कुनै एक पाटिलाइ जनताले ठुलो पाटि बनाएर पाच बर्षका लागि सत्ता सचालन गर्न दिने अवस्था पनि छैन। बास् दलहरु मिलेर सत्ता भागवण्डामा रमाउने कमाउने आफ्ना आसेपासे गासे अरौटे भरौटेलहरुलाइ मालदार ठाउँ याने तत् तत् ठाउमा थमाउने बाहेक अरु केही छैन। यहाँ सम्मकि कहिलेकाही त केही क्षणिक स्वार्थकै लागि प्रतिपक्षि पनि सत्तापक्ष सगै हातमा हात घाटिमा घाँटी ज‍ोडेर देसै प्रतिपक्षि विहिन बनाउन उद्द्त रहेको देखिन्छ । यसले के देखाउछ भने नेपालका विशेष गरेर ठुला भनिएका दलहरुमा देस र जनताप्रति त्यति उत्तरदायित्व बोध छैन रहेछ भन्ने कुरा स्पष्ट देखिन्छ ।
४७ यता हामी भन्ने बेलामा कहिले सम्वैधानिक राजतन्त्र सहितको बहुदलीय प्रजातन्त्र भन्ने कहिले सघिय लोकतान्त्रिक गणतन्त्र भन्दै रमाउने उता सिहदरवार वालुवाटारमा बस्नेहरु भने कहिले देसैभर भएका उध्योग धन्दा कल कारखाना मात्रै बेचेनन् लाखौ युवा जनशक्ति लाई बेरोजगार बनाएर विदेस जान बाध्य तुल्याए ।कहिले देसकै नदिनाला खोला खोल्सा बेच्ने कहिले बिदेस बाट विभिन्न सामग्री खरिद गर्ने नाममा ठेक्का पट्टा टेण्डरका नाममा कमाउने कहिले बिदेसि शक्तिलाई सिधै हाम्रा भण्डार भान्सामै भित्रयाउने कहिले राज्यकै सम्पत्ति जायजेथा जग्गा जमिन माफिया दलाल हरु सग घाटिनै जोडेर सस्थागत नितिगत निर्णय गरेर आफ्ना आसेपासे नाता गोताका हरुकै नाममा अकुत सम्पति कुम्ल्याउने त्यतिले नभएर आफ्नै देसका नागरिक लाई शरणार्थी बनाएर मानव वेचविखन जस्तो घृणित कार्य गर्ने हरु अझै लाजै नमानि कसैले हामिले त जग्गा नै फिर्ता गरेका छौ भन्ने कति फेरि कसम खाएर उम्किन खोज्ने उलटै सिङ्गो सरकारलाई नै धम्किपुर्ण भाषा प्रयोग गरेर उम्कन खोज्ने भएपछि यो भन्दा विकृति र वेथितिको राजनीति अरु के हुन सक्छ। त्यति मात्रै हैन कतिपय आरोपित द‍ोषि अनुसन्धानको दायरामा परेका कतिलाई पक्राउ गर्ने कति लाई निर्वाध रुपमा बिदेसको सयर गर्दा पनि मौनाधारण गर्ने ।त्यति मात्रै कहाँ हो र पुर्व मन्त्री देखि मन्त्री माननीय हरु न्यायालयका न्यायमुर्ति अख्तियार प्रमुख उच्चपदस्थ कर्मचारी सबका सब यसरी भ्रष्टाचारमा लत्पतिएर पुरै सिङ्गो राष्ट्र लाई नै दुर्घन्धित बनाएर बिदेसि हरुलाइ समेत डुङ्डुङ्ति गनाउदा पनि अझै लाजै नमानि हामिले गरेको प्राप्त उपलब्धि को रक्षा गर्नु आजको आवस्यकता हो भन्दै घाटि फुलाएर भाषण गरि रहेका छन्। यता सरकार जनताले चाहे अनुसारको गतिमा अलि बढ्न सकिरहेको छैन।यहासम्मकि यतिबेला कतिपय पाटि र तिनका जेताहरुले सरकार लाई नै ढलाइदिने सम्मका घुमाउरो रुपले चेतावनी दिन थाली सकेको अवस्था छ।
यहाँ सम्म कि त्यो भ्रष्टाचारै भ्रष्टाचारको दुर्गन्धले लत्पतिएको जिउमा कहिले सत्य बोल भन्ने भगवान बुद्दलाइ सम्झिएर सन्मान गर्दा लगाउने खादा त कहिले सुगन्धित फुलको माला त कहिले धानको विउकै माला लगाउदै तिनै मल र विउ नपाएर भौतारिएका कृषककै अगाडि आलु र प्याजमा भ्याट लगाउने र लगाउदा पनि नबोल्ने महा महिम हरु लाजै नमानि अब हामी आत्मनिर्भर सहितको बैज्ञानिक कृषि योजना ल्याएरै छाड्छौ भनी रहेका छन्। देसको अवस्था यस्तो छ । देसैभर भ्रष्टाचार मात्रै हैन जताततै स्वास्थ्य शिक्षा कृषि विकास निर्माणमा जताततै विकृति र वेथिति छ। हरेक पाटिभित्रै विकृति वेथितिको राजनीति छ। विचार सिद्धान्त शून्य छ । भ्रष्टाचारले पुरै अङ्क प्राप्त गरेको छ। नेताहरुको नजरमा अर्थतन्त्रले लय लिएको छ जनताको घर घरमा अर्थतन्त्रले डर त्रास भयले स्थान लिएको छ को कतिखेर मर्नु पर्ने हो घरै छाडेर भाग्नु पर्ने हो कुनै निश्चित नै छैन । जताततै भय डर र त्रासको बिचमा आम सर्वसाधारण नेपालि जनता बाच्न बाध्य छन्। त्यसैले भन्नै पर्ने हुन्छ जब सम्म देसमा भएका हरेक पाटिहरु नीति नियम विचार पद्दति सिद्धान्त हिन राजनिति रहि रहन्छ। तब सम्म नेपालमा जतिनै सघिय लोकतान्त्रिक गणतन्त्रको नारा लगाएर नेताहरुले घाँटी फुल्याएर भाषाण गरि रहेपनि देसमा भ्रष्टाचार अन्त्य हुने वाला पनि छैन कुनै एक पाटि बलियो हुने वाला पनि छैन । देस र जनता उहीँ विकृति वेथिति भ्रषटचार र माफियातन्त्रको सिकार भइ रहनेछन् जब सम्म देसमा विकृति र वेथितिको राजनीतिले जरा गाडि रहनेछ तब सम्म नेपाली जनताले भबिष्यको उज्यालो देख्न पाउने छैनन्।
तर पछिल्लो समयमा वर्तमान सरकारले जुन कदम चालेको छ यसले आम नेपाली जनतामा एउटा आशाको किरण देखिन थालेको छ। तर देसमा बर्षौ देखि स्थापित विकृति र वेथिति लाई अन्त्य गर्दै बर्षौदेखि वालुवार र सिहदरवारमा गजधम्म जरा फैलाएर देसलाइ खोक्रो बनाउने तत्वलाइ जरैदेखि उखेलेर फाल्नु जरुरि छ। नत्र यदि यो सरकारले पनि खुट्टा कमाउने काम गर्यो भने देस झन् भन्दा झन् विकृति र वेथितिको चपेटामा पर्दै भ्रष्टाचारिहरुको हात बाट देस भासिदै जानेछ। राष्ट्र हित विपरित लाग्ने राष्ट्रियता लाई नै बिर्सदै राष्ट्रिय स्वाभिमान लाई बिदेस शक्ति हरु सामु चढाउदै स्वार्थ पूरा गर्ने वलात्कारि हरु बाट राष्ट्रियता माथि वलात्कार हुनेछ। त्यसैले अब भन्नै पर्ने हुन्छ यो हरफलाइ देसैभर फैलाउनै पर्ने हुन्छ। जागौ सबै जागौ
राष्ट्र राष्ट्रियता बचाउनलाई
जागौ अब जागौ ।
ब्युझौ सबै ब्युझौ,
स्वाभिमानको रक्षाकालाई
ब्युझौ अब ब्युझौ ।।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: