
शाह वंशीय राजतन्त्र अन्त्य सँगै देसमा लोकतन्त्र आयो हजारौं लाखौं नेपाली जनताको त्याग तपस्या र वलिदानी सघर्ष १० वर्षे जनयुद्ध ६२, ६३ जनआन्दोलनबाट प्राप्त उपलव्धी भनेकै समग्रमा भन्नु पर्दा संघिय लोकतान्त्रिक गणतन्त्र हो । तर हामीले प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्रको वास्तविक सार महत्व यसको मर्मलाई हामीले अझै पनि वुझ्न सकेका रहेनछौ वुझाउने प्रयास भएको रहेन्छ र वास्तवमा भन्नू पर्दा जसले वुझ्नु पथ्र्यो जो यो देसका लोकतन्त्र प्राप्ती पछिका शासक वने उनले समेत वास्तविक लोकतन्त्रको मर्मलाई वुझ्न नसकेका हुन् कि लोकतन्त्रले निर्देश गरेको मार्गबाट विचलित भएका हुन् कि भन्ने प्रश्न वाचक चिन्ह सिंगो देसमा लाग्न थालेको छ ।
जसले लोकतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे आज तिनैले न त लोकतन्त्रलाई वुझ्न सकेका छन् न त लोकतन्त्रको अनुभूति गर्न नै भएका छन् न त शासक न त प्रशासक न त आम नेपाली जनताले नै लोकतन्त्रको वास्तविकतालाई वुझेका छन् । कारण शासकमा उहि पुरानै पञ्चायति शैली देखिनु प्रशासनमा जिम्मेवारी वोध नहुनु आम र जनताले समेत लोकतन्त्रमा जनताको जिम्मेवारी कति रहन्छ अधिकार कसरी स्थापित भएको हुनु पर्छ भन्ने कुरालाई समेत नवुझेको देखिन्छ ।
किन भने लोकतन्त्र भनेको जनता वाटै जनताले नै आफैले आफ्नो मताधिकार प्रयोग गरी चुनेर पठाएका आफ्ना नेताहरु शासक वन्ने र देसलाई आवश्यक विधि कानुन वनाउने र विधिको शासनलाई स्थापित गर्दै जनताका हक अधिकारलाई सुनिश्चित गराउँदै जनताको राज्य प्रति काम कर्तव्य अधिकार जिम्मेवारी वोध गराउँदै देसमा कोहि पनि ठूलो छैन हुदैन सवै समान छन् देस विधिमा चल्छ विधि विद्यान कानुन माथि कोही छैन यहाँ सम्मकी शासक समेत विधान अनुसार चल्नु पर्छ भन्ने कुराको महसुस गर्न जिम्मेवारी वोध गर्न र जनतामा लोकतन्त्रको वास्तविक मर्म प्रवाह हुनु हो।तर यहाँ त त्यसको ठिक विपरित दिशातिर देसको अवस्था गइरहेको छ । न त शासक न त प्रशासक न त आम नेपाली जनताले नै लोकतन्त्रको वास्तविकता लाई वुझ्न खोज्नेको देखिन्छ न त वुझेर पनि व्यवहारमा उतारेको देखिन्छ ।
त्यसैले भन्नै पर्ने हुन्छ हामी लोकतन्त्र ल्याउँदा जति जाग्यौ लोकतन्त्र ल्याएपछि त्यति नै निदाउन र जिम्मेवारी वाट पन्छिन थाल्यौं । जसले गर्दा देसमा सर्वत्र अन्यौलता भ्रष्टाचार अनियमितता ढिलासुस्ती वलात्कारी तस्करी न्यायलयमाथि हस्तक्षेप न्यायालय समेत गैर जिम्मेवार वन्ने प्रवृत्ति नातावाद कृपावाद अगुवा पछुवा वाद छेपारे चेपारे वाद मौलाउँदै जान थाल्यो यसको मुल कारण यो देसका शासाक प्रशासक मात्रै होइन हामी पनि होउ। किन भने लोकतन्त्रले स्पष्ट पारेको छ कि लोकतान्त्रिक पद्दति भनेकै सम्पूर्ण अधिकार जनतामै सुनिश्चित छ आफ्ना शासक कसरी चुन्ने कसलाई चुन्ने शासक प्रशासकलाई कसरी सहि वाटो हिड्न लगाउने देशमा भएको शासकीय विकृति विसंगती लाई कसरी अन्त्य गर्ने भन्ने कुरा हामी आम नेपाली जनताले वुझ्नु जरुरी छ । त्यसैले जव सम्म हामीले ठिक सँग लोकतन्त्रको वास्तविकता लाई वुझ्न सक्दैनौ तव सम्म देसमा शासकीय विकृति विसंगती स्थापित रहि नै रहन्छ र त्यस्ता तत्व ले जरा गाडी नै रहन्छ ।
त्यसैले लोकतन्त्र ल्याएको यतिका वर्ष हुँदा पनि हामीले उहि पुरानै नियति भोग्नु पर्ने अवस्था आएको छ । यहाँ सम्मकी यो व्यवस्था नै खराव छ यि शासक नै खराव छन् भन्दै लोकतन्त्र प्रति वितृष्णा जाग्नु पर्नेअवस्था आउनु भनेकै हाम्रो आफ्नै कारण हो किन भने हामी निदाएका छौ कोहि नेताकै थपथपाईमा निदाएका छन् कोही आस भरोसामा निदाएका छौ कोही आफ्नै पिडाले छटपटाउँदा छटपटाउँदै निदाएका छौ यहि निदाएको अवस्थालाई फाइदाको मुहर्त ठानेर देसका शासक प्रशासक मात्र होइन उनका आफन्त अरौटे भरौटे चिलिम हरुले फाइदा उठाई रहेका छन् विभिन्न वहानामा हामी आम जनतालाई लुटि रहेका छन् धुकुटि रित्याई रहेका छन् यहाँ सम्मकी हाम्रो देसको सौन्दर्यता र यहाँको प्राकृतिक सम्पदा र हाम्रो गरिवीलाई कमाई खाने भाडो र साधन बनाइ रहेका छन् र हामीलाई विभिन्न वहानामा कहिले मुखमा कोर्को लगाएर जोताएका छन् त कहिले लाइनमा राखेर टण्टलापुर घाममा टट्टाएर वस्न वाध्य वनाएका छन् कहिले भित्र भित्रै वाहिरको वाहिरै पारी रहेका छन् यसको उदाहरण वर्तमानमा देखिएको कोरोना महामारीमा पिसिआर टेस्ट गर्ने जनताका समस्या लाई कुझ्ने भन्दा पनि लकडाउन सटडाउन निषेधाज्ञा गरि मात्र थुन्ने काम गरेका छन् जसले गर्दा हामी अझै पनि आफ्नो भाग्य नै यस्तै भनि चित्त वुझाई रहेका छौ त्यसैले अव ..हामि. जिम्मेवारी बाट कोहि नभागौं ।
अव हामी जाग्नै पर्छ जव सम्म हामी आम नेपाली जनता जाग्दैनौ शासक प्रशासकलाई जगाउँदैनौ तव सम्म हामीले वर्तमान जुन नियति भोगी रहेका छौ त्यही नियति भोगी रहनु पर्नेै छ । त्यसैले अव हरेक नागरिकले पहिला म नेपाली हुँ देसको सचेत नागरिक हु । यो देस मेरो हो म यो देसको मालिक हु मेरो देस प्रति कहि न कहि कतै न कतै अधिकार मात्र होइन जिम्मेवारी पनि छ भन्ने सोचौ । तिन सरकार छन् तिनै सरकारका विभिन्न निकायमा पुगेर सवैलाई जगाऔं झकझक्याऔ ध्यानाकर्षण गराऔं भए गरेका काम वारे जानकारी लिने गरौ नभएका काममा दवाव दिने गरौ जागौ अव सवै जागौ जिम्मेवारीबाट कोही नभागौ तव मात्र लोकतन्त्र स्थापित हुन सक्छ ।त्यसैले अब सबै घर घर बाट जागौ टोलटोल बस्ति बस्ति बाट उठौ जागौ अरु लाई पनि जगाऔ र निदाएका तिनै सरकारका मन्त्री सासद जनप्रतिनिधि हरु लाई जगाऔ सबै निकायमा रहेका प्रशाशक लाई जगाऔ आफ्नो अधिकार प्रयोग गरौ आफ्नो दायित्व लाई बोध गर्दै जिम्मेवारी वहन गरौ देस हामिले बनाउनु छ अब एकले अरणकाको मुख ताकेर र एकले अरणकोको विरोध गरेर मात्र देस बनणदैन त्यसका लागिअब सबै जागौ भ्रष्टाचार ढिलासुस्ती अनियमितता लाई अन्त्य गरणदै त्यसणता तत्वहरु लाई सडकमा ल्याएर नाङ्गेझार पारौ अब आम जनता जाग्नुको विकल्प छैनलोकतन्त्र हामिले ल्याएको हो भने यसलाइ बचाउने हाम्रो जिम्मेवारी हो त्यसैले जागौ अब सबै जागौ जिम्मेवारीबाट कोहि नभागौ ।
प्रतिक्रिया दिनुहोस्