
कोभिड–१९ को महामारीलाई चिर्दै पोखरामा एकैदिन दुईवटा अनलाईन पत्रिकाको प्रकाशन सुरुआत भएको छ । सूचना र प्रविधिको विकास सँगै अनलाईन पत्रिका प्रशासनले प्राथमिकता पाउने क्रम वढि रहेका वेला घटस्थापनाका दिन कार्तिक १ गते दुई वटा अनलाईनले शुभ साइत गरेका हुन् ।
नागरिकका लागि निर्भिक पत्रकारिताको नारा लिएर राजेन्द्र अधिकारीले डनन्यूज डट कम प्रकाशन गरेका छन्। डन न्यूज प्रकाशन प्रा.लि. का लागि रोजिना अधिकारी अध्यक्ष रहेको उक्त अनलाइनको सम्पादक राजेन्द्र अधिकारी रहेका छन् । सामाजिक विकृति, विसंगती, ढिलासुस्ती, भ्रष्टाचार र कुशासनका विरुद्ध कलम चलाउने अठोटका साथ आफू केहि वर्षको निस्कृयतालाई चिर्दै पत्रकारिताको मैदानमा आएको सम्पादक अधिकारी वताउँछन् । सम्पादक अधिकारी पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष हुन् उनले केहि वर्ष अघि डन न्यूज दैनिक प्रकाशन गरेका थिए ।
यस्तै कार्तिक १ गते (घटस्थापना) कै दिन एभरेष्ट आवाज डटकमको प्रकाशन आरम्भ भएको छ । एभरेष्ट आवाजको प्रकाशन एभरेष्ट मिडिया हाउस प्रा.लि. रहेको छ । अध्यक्ष कर्म कुमारी गुरुङ रहेको उक्त अनलाइन पत्रिकाका सम्पादक दिपेन्द्र श्रेष्ठ रहेका छन् । दिपेन्द्र श्रेष्ठ पत्रकार महासंघ कास्कीका अध्यक्ष समेत हुन् । केहि हप्ता मात्र अगाडि रेडियो अन्नपूर्णको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएका दिपेन्द्र श्रेष्ठले सम्पादकीय टिमको नेतृत्व लिएका छन् । केहि युवा उद्यमी र कोभिड १९ पिडितहरुलाई समेटेर सशक्त टिम वनाएर अघि सरेको एभरेष्ट आवाज मिडिया हाउसले एभरेष्ट एफ एम र एभरेष्ट अनलाइन टिभी प्रसारण गर्ने गरी तयारी भइरहेको वताइएको छ ।
सन्तुलित समाचार र खरो विचार नारा लिएको एभरेष्ट मिडिया हाउस र नागरिकका लागि निर्भिक पत्रकारिता नारा लिएका यि दुई मिडिया हाउसबाट देश र जनतालाई सहि सूचना प्रवाह गरुन् सतत् शुभकामना ।
प्रतिक्रिया दिनुहोस्