२०८३ कार्तिक २
०६१४४५०००, ९८५६०३३३९१

मोडर्नइरा ट्राभल्स १९ बर्षमा प्रवेश, चालक तथा कर्मचारीलाई सम्मान

पोखराबाट भारतको दिल्ली सम्म यात्रु बस सेवा सन्चालन गर्दै आएको मोर्डनइरा टुर्स एन्ड ट्राभल्स १८ औ बर्ष पार गरि १९ औ बर्षमा प्रवेश गरेको छ । १९ बर्ष प्रबेशको उपलक्षमा कम्पनीले उत्कृष्ट सेवा गरेका कर्मचारी दाताराम उपाध्याय र बलराम लामिछाने र चालक , सहचालकलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो ।

पोखरा इभेन्ट सेन्टर बुलौदिमा आयोजित शुभकामना आदानप्रदान तथा बर्ष गाठको उपलक्षमा बोल्दै प्रमुख अतिथि ,अग्रज यातायात व्यावसायि तथा सामाजिक ब्यक्तित्व महेश शर्मा लामिछानेले यातायात क्षेत्रमा आफुले गरेको लगानी र प्राप्त सन्तुस्टिको बारेमा बताउदै धैर्यतापुर्वक र अनुशासनमा रहेर कार्य गरेमा सफलता पाउन सकिने अनुभव सुनाएका थिए । उनले भने “कमाउनु मात्र ठूलो कुरा होइन जोगाउनु ठूलो हो याय ब्ययको श्रेस्ता मिलाउन सक्नुपर्छ । ” ३७ सालमा ५ हजार पुजिबाट सुरु गरेको यातायात ब्यबसायले अहिले ५ दशकको अबधिमा आफू सन्तुष्ट रहेको बताए । आफ्नो समकालीन व्यावसायि मित्र स्वर्गीय द्रोणराज अधिकारीलाई गुमाउनु परेको भन्दै भावुक भएका लामिछानेले आफू ७५ बर्षको स्वस्थ जीवन बिताइरहदा साथिको अभावमा पिडाबोध भैरहने बताए ।
कम्पनीका अध्यक्ष केशव अधिकारीले आफू स्थापना कालदेखिनै अध्यक्ष रहेको र भारी बिसाउन वा काध फेर्न समेत नपाएको अनुभव सुनाए । आफ्नो नेतृत्व कालमा मोर्डन इरा टुर्स एन्ड ट्राभल कम्पनिले ख्याती कमाउदै ब्यबसायमा सफल भएको बताए । पोखरा दिल्ली सेवाको सफलता पछि यात्रुको माग बमोजिम काठमाडौ दिल्लिको सेवा सुरु गरिएको त्यसमा जगदम्बा कम्पनी सङ्ग सहकार्य गरिएको अध्यक्ष अधिकारीले बताए ।


स्वागत मन्तव्य राख्दै कम्पनीका सस्थापक सन्चालक बोर्ड अफ डाइरेक्टर दामु अधिकारीले मोर्डनइरा ट्राभल्सको इतिहास देखि बर्तमान सम्मका उतारचढाव र प्राप्त उपलब्धिको बारेमा चर्चा गरेका थिए । पृथ्वी राजमार्ग बस सन्चालक कम्पनिका पुर्व अध्यक्ष योगेन्द्र केसीले लगानी सुरक्षाको सुनिस्चितता नभएपनी व्यावसायिले सुबिधासम्पन्न यातायात सेवामा साहसिक लगानी गरेको प्रती धन्यवाद दिएका थिए । पृथ्वीराजमार्ग बस सन्चालक कम्पनिका अध्यक्ष एन कुमार साइले मोडर्नइरा कम्पनिले बिध्यार्थी र बिरामिको लागि महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
अग्रज पत्रकार रामकृष्ण ज्ञवालीले यातायात ब्यबसायीले पछिल्ला बर्षमा गरेको गुणस्तरीय सेवाले पुरानो समयमा लाग्दै आएको सिन्डिकेटको आरोपलाइ पन्छाएको बताए । अर्का बक्ता यातायात महासङका केन्द्रिय सचिब उमेश केसीले कम्पनिको सेवा र गुणस्तरमा आएको परिवर्तनबाट खुसी लागेको बत। कम्पनीका सन्चालक अग्रज व्यावसायि गणेश शर्माको सयोजकत्वमा आयोजित कार्यक्रमको सन्चालन इन्जिनियर सुबिधा शर्माले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्