नेपाल पर्वतारोहण सँघको स्वामित्वमा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा ब्यापक अनियमितता र भ्रष्टचार भएको समाचारहरु बिभिन्न संचार माध्यम द्वारा बिभिन्न समयमा बाहिरिएको हुँदा सत्यतथ्य बुझि अनियमितता र भ्रष्टचारको खबरदारी गर्न आज सोमबार दिउसो ११ बजे सूचना अभियान्ता दीपक आचार्यको नेतृत्वको टिम नेपाल पर्वतारोहण सँघको स्वामित्वमा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको परिसरमा पुगि ध्यानाकर्षण गराएको छ। उक्त टिमले कार्यलय प्रमुख लगायत सम्पुर्ण कर्मचारीलाई राखि अनियमितता र भ्रष्टचारको सत्य तथ्य बुझेको छ।
पत्रकार सहित गएको सो टिमले स्थाई कर्मचारी निकालिनुको कारण, भैइरहेका कर्मचारीलाई आधा तलब दिनुको कारण सहित १२ बुदामा सूचना माग गरेको छ। करिव १०४ रोपनीको क्षेत्रफलमा रहेको उक्त संग्रहालयको २०७० श्राबण १ देखि २०७७ कार्तिक २० सम्मको सम्पुर्ण हिसाब किताब समेत सो टिमले माग गरेको कुरा सूचना अभियान्ता दीपक आचार्यले जानकारी गराउनु भयो। उहाँका अनुसार अहिले कमचारीलाई आधा तलब मात्र दिईरहेको अबस्थामा अन्य खर्च गरि क्लाईमिङ वाल भत्काउनु पर्ने कारण र सोहि संस्थाका सल्लाहाकार रामचन्द्र कार्कीलाई रेष्टुरेन्टको टेन्डर दिनु पर्ने बाध्यात्मक अबस्थाको बारेमा पनि सूचना माग गरिएको छ।
कोहि कर्मचारिको कुनै पनि तलब नकाटिएको कोहिको १० प्रतिशत मात्र काटिएको र कोहिको आधा तलब काटिएको बिषयमा समेत उक्त टिम को बिशेष ध्यानाकर्षण भएको थियो ।
स्थानियका अनुसार संग्रहालय भित्र रहेको रेष्टुरेन्टमा राति १२र१ बजे सम्म होहल्ला हुने र अनैतिक कृयाकलाप हुने गरेको छ। अझ भनौ संग्रहालय भित्र रहेको रेष्टुरेन्टलाई डिस्को र बारको रुपमा प्रयोग गर्न लागिएको स्थानिय बताउँछन। जस्को कारण रातभर सो वरिपरिका बासिन्दा लाइ डिस्टर्ब भएको छ ।
सो बिषयलाई लिएर कर्मचारीसँग बुझ्दा कहिले श्रीमति त कहिले आफन्त भन्दै फरकफरक महिला लिएर स्वयम सल्लाहाकार कार्की नै आउने हुँदा आफुहरुले रोक्न नसकेको बुझिन्छ। रोक्दा पनि जागिर जाने सम्भावना र अहिले छोड्दा पनि आफ्नो जागिर जान सक्ने सम्भावना बढेको हुंदा आफ्नो जागिर को सुरक्षित नभएको समेत उहाहरुले बताउनुभयो । यहि बिषयमा कार्यालय प्रमुख शकर गौतम सँग प्रश्न गर्दा यो बिषयमा आफुलाई आज सम्म केहि कुरा थाहा नभएको बताउदै रेष्टुरेण्ट संचालक समेत रहेका संस्थाका सल्लाकार रामचन्द्र कार्कीलाई रेस्टुरेन्ट हस्तान्तरण नगरे सम्म उहा आधिकारिक नभएको हुने हुंदा उँहालाई प्रबेश निषेध गरिने र सो कार्य आजबाट लागु हुने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
अभियान्ता आचार्यको नेतृत्वमा गएको टिमले संग्रहालय बिश्वकै एउटा गहना भएको र यो पोखरामा रहेको हुंदा संग्रहालयमा अनियमितता र भ्रष्टचारको कुरा सुन्न नपरोस भन्दै कार्यलय प्रमुख र कर्मचारीलाई आफ्नो जिम्मेवारी पुर्णरुपमा निर्वाह गर्न र कहिकतै त्यस्ता सूचना भएमा नडराईकिन बाहिर ल्याउन आग्रह गरे। पहिलो कुरा गास बास कपास लाइ जोड दिदै यो अबस्थामा कर्मचारिको सेवा सुबिधालाइ पहिलो प्राथमिकता मा राखि निर्माण कार्यलाइ दोश्रो प्राथमिकता मान्दै मानबियतालाइ नभुल्न सो टिमको बिशेष आग्रह रहेको थियो । रकम नभएर स्थायि कर्मचारि समेत हटाएको र अन्य कर्मचारिलाइ आधा तलब दिदै आएको संग्रहालयको करोडौ रकम को ब्याज समेत संस्था मा नदेखिएको कुराले अहिले बजार तातेको छ करोडौ रकम रहेको संस्थाले आर्थिक अभाब भनि तलब कटौति गर्नु र अन्य निर्माण का कार्य भने धमाधम हुनु श्रमजिबि मजदुर को बिरुद्द को कार्य रहेको सो टिम को ठहर छ । उक्त समुह ले सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा ७ बमोजिम भइरहेको कार्य को स्थलगत अध्यन समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्