
मानिसको उद्दार तथा अस्पताल सम्म पु¥याउने एम्वुलेन्स सेवा प्रयोग हुँदै आएकोमा कास्कीमा भने वन्यजन्तुको लागि पनि एम्वुलेन्सको प्रवन्ध गरिएको छ । वाइल्ड लाइफ एम्वुलेन्स नाम दिइएको उक्त एम्वुलेन्सले घाइते जंगली जनावरको उद्दार गर्ने, उपचार गर्न र झुक्किएर, भागेर मानव वस्तीमा आइपुगेका जंगली जनावरहरुको उद्दार गर्न उक्त एम्वुलेन्स प्रयोग हुने वताइएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख डि.एफ.ओ. केदार वरालका अनुसार २०७७ असोज मध्यबाट संचालनमा ल्याइएको एम्वुलेन्सले छिटो र सुरक्षित उद्दार गर्न मद्दत पुग्ने वताउँछन् सुरक्षित ट्रलि समेत जडान भएको एम्वुलेन्सलाई वन्यजन्तुसँग मिल्दो जुल्दो चित्र टाँसेर सजाइएको छ ।
पचभैयामा रहेका मिनी जुको संरक्षण र सुरक्षाका लागि गण्डकी प्रदेश सरकारले झण्डै ४१ लाखमा एम्वुलेन्स खरिद गरिउको डि.एफ.ओ. वरालले वताए । कास्की र आसपासमा समेत आवश्यकता र भवितव्यमा प्रयोग गर्न सकिने वाइल्ड लाइफ एम्वुलेन्स गण्डकी प्रदेशका ११ जिल्लामा कास्की पहिलो रहेको वताइएको छ ।
तनहुँको वनमा क्यामेरा
तनहुँमा चितुवाले मानवमाथि आक्रमण गर्ने, बालबच्चा मारेर खान थालेपछि डिभिजन वन तनहुँले चितुवा प्रभावित मुख्य क्षेत्रमा अत्याधुनिक सेन्सर क्यामेरा जडान गरिएको छ । भानु नगरपालिकाका जंगल छेउका मानव वस्तीमा चितुवाले वढि दुख दिएको तथ्यांकले संकेत गरेको छ ।
खास गरी तनहुँको भानु नगरपालिका आसपासका वस्तीहरुमा चितुवाले वेस्सरी दुख दिने, वालवालिकाहरुको निर्मम हत्या गर्ने क्रम वढेपछि त्यहाँ कार्यरत डि.एफ.ओ. (हाल कास्कीका डि.एफ.ओ.) केदार वरालको पहलमा भानु नगरपालिका भित्रका वन क्षेत्रमा सेन्सर क्यामेरा जडान गरिएको छ । दाताको सहयोगमा प्राप्त ६५ वटा क्यामेरा जडान गरिएको डि.एफ.ओ. वरालले वताए । प्रति क्यामेरा ६० हजार भन्दा वढि मूल्य पर्ने क्यामेराको संरक्षणको जिम्मा सम्वन्धित सामुदायिक वन उपभोक्ता समिति र उपभोक्तालाई लगाइएको केदार वरालले वताए ।
क्यामेराले वन क्षेत्रमा चितुवाको मुभमेन्टको निगरानी गर्छ, फोटो खिच्छ, चितुवाले आफ्नो आहार अपुग भएपछि चितुवा भोको पेट भर्न मानव वस्ती सम्म आउने र वाख्रा, कुखुरा, मान्छे जे पायो त्यहि सिकार गर्ने अनुसन्धानले पुष्टि गरेको छ । क्यामेराले चितुवाको नियमित आहारा पुगेको छ छैन भन्ने अनुसन्धान गर्न सहयोग पु¥याउने डिएफ ओ वराल वताउँछन् ।
क्यामेराको चिप्सबाट चितुवाको दैनिकी आहार विहार अध्ययन गरेपछि आवश्यकता अनुसार कदम चालिने वताइएको छ । हाल कास्कीमा सरुवा भई आएका तनहुँका तत्कालिन डि.एफ.ओ. केदार वरालले स्वयम्को पहलमा सुरु गरिएको क्यामेरा जडान गरी सुरु गरिएको चितुवाको निगरानी कार्यलाई सफल वनाउन निरन्तर प्रयासरत रहेको उनी बताउँछन् । चितुवाले मारेको बच्चालाई रक्ताम्य काँधमा वोकेको स्मरण गर्दै डि.एफ.ओ. वराल भन्छन् तनहुँका जनतालाई शोक र आतंकबाट जोगाउन आफू निरन्तर लागिरहने छु ।”
प्रतिक्रिया दिनुहोस्