पिरलिएका जनता छिरलिएको विचार

शिवराज वस्ताकोटी (शिवदाई)
11 February, 2021 9:27 am
Shiva Raj Bastakoti
Advertisements

नेपाली जनता जहिले पनि नेताकै आश र भरोसामा बाच्नु पर्ने कहि न कहि कुनै न कुनै पाटिका नेता तथा कार्यकर्ताहरु सग अनुनय विनय गरि रहनु पर्ने जहिले पनि कसै न कसै बाट शासित हुनु पर्ने यी र यस्तै कारणले गर्दा पटक पटक व्यवस्था मात्रै होइन शासकनै परिवर्तन गर्न तयार हुदै आए जति गरे पनि उहीँ नेताहरुको नियत र जिवनशैलि उहीँ ढुम्रोमा पुच्छर भने जस्तो न त देसका शासक सुधारको बाटो लागे नत जनताको जीवन स्तरमा सुधार आयो ।
जसले गर्दा हिजो राजनिति भने पछि लालयित भएका जनता नेता भनेपछि हुरुक्कै हुने कार्यकर्ता आज आएर यति विभाजित र विचलित हुँदै गए कि सायद अबका दिनाा फेरि जनतालाइ आफ्नो प्रभावमा पार्न लाई भोलिका दिनमा पापड नै वेल्नु पर्ने अवस्था आउन सक्छ ।त्यसैले अब यदि नेताहरु खालि शक्ति प्रदर्सनमै व्यस्त हुँदै गए भने देस मात्रै ध्वस्त हुदैन आम पाटिहरु समेत अस्तव्यस्त हुने छन् ।
जसले गर्दा बर्षौ जनतालाइ प्रभावमा पार्दै सत्तामा पुग्ने खेल खेल्नेहरु समेत राजनीतिक रुपले सदाका लागि फेल हुनेछन्।
किन भने जनताका पनि आ आफ्ना समस्या छन् । जनता पनि पटक पटकका विवादित राजनीति घटनाक्रम का कारणले गर्दा भुकम्पका कारण र कोभिड १९ का कारणले सर्वत्र थिलो थिलो परेको दिनचर्याकै कारण दिक्क छन् । जसले गर्दा जनता एकदिन सडकमा आउलान् दुइदिन सडकमा आउलान् दिनदिनै सडकमा त नआउलान् नि पाटिले सधै पाल्न र भत्तदिन पनि नसक्लान् नि अनि सधै रडाको मच्चाइ रहनेहरुका पछि पनि त नलाग्लान् नि त्यसैले नेताहरुले समयमै सोच्नु पर्छ नत्र भोलिका दिनमा यस्तो परिणाम पनि नआउला भन्न सकिन्न।
नेताहरुका लागि सत्ता नभुइमा नभाडामा भनेजस्तो नहोला भन्न सकिन्न विशेष गरेर दुई तिहाइ बहुमत सहित सत्तामा पुगेको नेकपामा त सत्तापक्ष र विपक्षि बनेका दुई समुहका लागि त भुइको टिप्न खोज्दा गोजिकै पोखियो भने जस्तो हुनेछ त्यति बेला हिजो भोट दिएका जनता रुने छैनन् जो जो सत्तामा पुग्न बाट बञ्चित हुनेछ्न् तिनै तिनै रुनेछन्। त्यसैले अब ओलि सरकारले मात्रै होइन अब कुनै पनि पाटिका नेताहरुले सडकमा शक्ति प्रदर्शन गरेर जात्रा देखाउनु भन्दा सबैले देसको संविधान नीति नियम कानुन राष्ट्रधर्म लाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्ने अवस्था आएको छ यदि यहि ढ·ले दलहरु आ आफ्नो शक्ति प्रदर्शनमा लागे भने सबै पाटि खिइदै गएको फलाम जस्ता हुँदै जाने खतरा पैदा हुन सक्नेछ र त्यति बेला अर्को नया शक्तिले जन्मलिनेछ र नेताहरुको शक्ति प्रदर्सनको नाटक र नौट·िबाट आजित जनता त्यहि नया शक्ति का पछि लाग्ने सभावना बढेर जानेछ जसले गर्दा भाइ फुटे गवार लुटे भन्ने हिन्दी भनाइ सँग नेपालको राजनितीले मेल खानेछ।
यतिबेला कोभिड 19 का कारण र सरकारले लगाएको लकडाउनका कारण मात्रै नभइ स्वय सत्तासिन पाटि भित्रकै आन्तरिक विवाद र दलहरुकै गैर जिम्मेवारी का कारण नेपाली जनता पिडैपिडाले अत्यन्तै पिरलिएका छन् झन् यस्तो बेलामा सरकार ढलाउने र उभ्याउने फेरि चुनाव गराउने जस्ता राजनीतिक जालझेल खेलले गर्दा देस झन् रिणै रिणको भारले थिचिनेछ जसले गर्दा जनताको जिवनस्तर झन् खस्कनेछ त्यतिबेला जनता सरकार प्रति मात्रै होइन पाटि नेता विचार र सिद्धान्त मात्रै होइन समग्रमा राजनीति भन्ने शब्द बाट पनि रुष्ट हुनेछन् ।
फेरि पछिल्लो समयमा त एउटा नेकपा मात्रै होइन सबै पाटि र नेताहरुकै विचार समेत छिरलिएको अवस्था छ त्यसैको परिणाम वल्ला घरका नरे पल्ला घर सरे पल्ला घरका नरे वल्ला घर सरे भनेजस्तो विशेष गरेर नेकपामा बढि देखिएको छ। दसकौ सहयात्रा गरेका नेताहरुले पनि एकले अर्को लाई छाडि रहेका छन्। त्यो नेताहरुमा देखिएको मानसिक तथा विवादित वैचारिक रोगले तल कार्यकर्ता सम्म लाई ग्रसित बनाएको छ । नेताहरुले एकातिर आधि अर्कोतिर झोलु·े पुल भने जस्तो गरि रहेका छन्।सबै नेताहरुको विचार छिरलिएको छ जनता दिनदिनै अब के हुने हो भन्ने चिन्ता ले पिरलिएका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: