सबैभन्दा जनधनको क्षति, कारण भ्रष्टाचार र वेथिति

सराङकोट न्यूज
19 August, 2021 9:58 am
Shiva Raj Bastakoti

हामिले जति नै परिवर्तनका कुरा गरे पनि जति पटक व्यवस्था फेरेपनि जुनसुकै सरकार आएपनि राष्ट्र राष्ट्रियता र भ्रष्टाचार र वेथितिस्वाधिनताको सवालमा अझै पनि हामी हिजो जहा थियौ त्यहि छौ । अझै गहिरिएर बुझ्ने हो भने गम्भीर भएर सोच्ने हो भने देसको अवस्था हिजो भन्दा आज झन् नाजुक हुदै गइरहेको छ।हिजो विश्वका कतिपय राष्ट्रलाई चादिका मोहोर दिनेका सन्तति आज हामी विश्वकै सबै भन्दा गरिव विपन्न र मागि बाच्ने देसको रुपमा परिचित भइसकेका छौ ।हामी अझै पनि विश्वसामु सुनको थाल र चादिको कटौरामा बसेर भिख मागि रहेका छौ। देसमा परिवर्तन र रुपान्तरणका लागि ठुला ठुला आन्दोलन र सघर्ष भए तर नेपालि जनताको अवस्था जहाको तहि रह्यो । देसले जनधनको क्षति व्यहोर्दै आउनु पर्यो ।नेपाली जनता सधै परनिर्भर भएर बाच्न बाध्य हुनुपर्यो ।यसको मुल कारण भनेकै परिवर्तन र रुपान्तरण का नाममा देसमा आजसम्म मौलाउदै आएको भ्रष्टाचार विकृति र वेथिति नै हो।
हिजो राजसस्थाकै पालामा देसमा दर्जनौ सरकारि उध्योग कलकारखाना थिए पाचै विकास क्षेत्रमा औध्योगिक क्षेत्र स्थापना गरिएका थिए ।ती सबका सब कहिले निजि क्षेत्रलाइ दिने नाममा त कहिले भाडामा दिने वा बेच विखन गर्ने नाममा सिध्याउने काम मात्रै भएन त्यहि वहानामा कति मन्त्री नेताहरुले सम्पन्नशालि बन्ने अवसरको रुपमा लिए । तर नेपालि जनता स्वदेसको रोजगार बाट बञ्चित भएपछि विदेसिन बाध्य भए । नेपालमा आजसम्म जति पनि विकास निर्माणका काम हुदै आए र अहिले पनि भइरहेछन् ती सबका नेता मन्त्री र उनका आसेपासे हरुका लागि कमाउ धन्दाका आधार मार्ग बन्दै गए ।
नेपालमा किन यति धेरै जनधनको क्षति भइ रहेछ नेपाली जनताले किन समयमा उपचार नपाएर अकालमा ज्यान गुमाउनु परिरहेको छ। किन नेपालि जनताले समयमा स्वास्थ उपचार गर्न समयमै हस्पिटल पुग्न सकिरहेका छैनन् किन नेपालि जनता बर्षै पिच्छे वाढि र पहिरो पिडित भइरहेका छन् । किन बाढि पहिरोको कारणले ज्यान गुमाइ रहनु परि रहेको छ। किन समयमा उपचार नपाएर सुत्केरी महिलाले बच्चा सहित ज्यान गुमाउनु परिरहेको छ ।किन सडक दुर्घटनाकै कारण देसभरमा जनधनको क्षति भइरहेछ किन लाखौ करोडौका सवारि दुर्घटना परिरहेका छन् ।किन नेपालि जनता विदेसिन बाध्य छन्। किन आम सर्वसाधाण नेपालि जनताका छोराले उच्च शिक्षा हासिल गर्न सकिरहेका छैनन् ।किन ती झोपडिका युवाहरु डक्टर ईन्जिनियर बन्न पाइरहेका छैनन् ।किन नेपालि जनता आात्महत्या गर्न विवस र बाध्य छन् ।किन नेपालि जनताले सरकारबाट पाउने सुरक्षा सरक्षण सेवा सुविधा समयमा प्राप्त गर्न सकि रहेका छैनन्। यी सबै प्रस्नहरुको एउटै उत्तर छ। देसभर भ्रष्टाचार विकृति र र वेथिती मौलाउदै जानू हो
चाहे देसका विभिन्न टाउमा बर्षौदेखि बन्दै गरेका हाइड्रोपावर हुन् चाहे देसभर बन्दै गरेका ठ्ला ठुला पुल सडक र तुइन नै किन नहुन् ।चाहे बिभिन्न खाले विकास निर्माणका काम नै किन नहुन् सबैमा नेता मन्त्री र उनका आसेपासे दलाल र मतियारका लागि भ्रष्टाचार खानामा अचार भनेजस्तै भइरहेको छ भने विकृति र वेथिति चट्नि जस्तै भएको छ। केही महिना पहिला देसभर समयमा उपचार नपाएर समयमा अक्सिजन नपाएर आम सर्वसाधरण जनताले ज्यान गुमाउनु को कारण पनि सरकार र स्वास्थमा देखिएको भ्रष्टाचार विकृति र वेथिति नै हो तुइनमा सवार दार्चुलाका ती युवा वेपत्ता हुनु कतिपय ठाउमा अझै तुइन नबन्नु बर्षौदेखि अलपत्र सडक पुल पुलेसा नबन्नु मेलम्ची खानेपानि दसकौ अलपत्र पर्नु हालमै बाढि पहिरो बाट त्यहा अकल्पनिय जनधनको क्षति हुनु यी सबैको एउटै कारण हो देसमा सर्वत्र भ्रष्टाचार विकृति वेथिति मौलाउदै जानु हो।
सायद नेपालमा सबैभन्दा बढि समयमै उपचार नपाएर र सडक दुर्घटनाकै कारण नेपालि जनताले ज्यान गुमाउनु परेको छ।त्यसपछि गरिवि विपन्नता वेरोजगार कै कारण विवस भएर आत्महत्या गर्नु परेको छ ।देसमा जति पटक सरकार फेरिए पनि सबैको एउटै परम्परावादि शैली छ ।सत्ता बाहिर हुदा सर्वत्र भ्रष्टाचार विकृति वेथिति देख्ने सरकारले यो गरेन उ गरेन भन्दै ससदमा बिभिन्न कुरा उटाउने सत्तामा पुगेपछि फेरि सबैकुरा विर्सने जुन प्रवृति छ ।यहि प्रवृति स्वय पुर्व सरकार मा रहेकाले दोहोर्याउन थाली सकेका छन् हिजोको सरकार नेपाली जनताले विश्वासको मत दिएर बनेको थियो यसमा कसैको दुइमत नरहला तर आम जनताले विश्वास गरेको सरकारले त खुटि देखायो भने पछिल्लो अवस्थामा भने पुर्व सरकारमा रहेका हरुको भाषामा भन्नु पर्दा परमादेस बाट बनेको वर्तमान सरकारको र स्वय देउवा प्रति ता जनताले विश्वास नै गरेका छैनन् किन भने उनी यश भन्दा अघि पनि चार चार पाच पटक वालुवाटार पुििगके छेस्को पनि भाचेनन् ।बरु राजधानीकै सम्पन्नशालि र शक्तिशाली नेता बने त्यसैले भन्नै पर्ने हुन्छ जनादेसको सरकारको गल्तिका कारण परमादेस सरकार बन्यो जसको चिट्टा देउवा लाई पर्यो त्यसैले यो पुर्व सरकारले याने वर्तमान प्रतिपक्षि छाया सरकारले ले पनि हिजो आफू दुइतिहाइ जनमत प्राप्त गरि इतिहासकै बलियो शक्तिशाली कम्युनिस्ट पाटि को जननादेस प्राप्त सरकारमा हुदा पुरै देस भ्रष्टाचार मय विकृतिमय वेथितिमय हुदा कुनै पनि भ्रष्टाचारि लाई कारवाहि गर्न नसक्ने अहिले आएर आफैले परमादेसको सरकार भन्दै देसमा भ्रष्टचार विकृति वेथिति भयो भन्नु हास्यास्पद हो। नेपालमा जति सरकार फेरिएपनि ठेकेदार फेरिदैनन् बरु अघिल्लो सरकारले दिएको म्याद माथि अर्को म्याद थपिन्छ रअझै थप रकम स्विकृति दिइन्छ। किन भने खानेबेलामा त सबैको चोचोमोचो पनि मिल्छ।सके कतिपय अलपत्र योजना त स्वय देउवा जि कै पालाका पनि होलान् समयमै न त सडक बन्छ न त पुल बन्छ यहि बर्षामै ओलि सरकारले ठेक्कामा दिएका कति पुल सडक समयमै सम्पन्न नगरेकै कारण भत्किए बाढिले बगायो त्यसको कुनै दिन लेखाजोखा पनि होला । अब हामी सब‌ैले भन्नै पर्ने हुन्छ देसमा जति पनि नागरिकलेअकालमै ज्यान गुमाएका छन् त्यो सबको कारण देसमा हुदै आइरहेको भ्रष्टाचार विकृति वेथिति नै हो यसका विरुद्द आम नेपालि जनताले आवाज उठाउनै पर्छ र भ्रष्टाचारि हरु जो जस्तोसुकै जुनसुकै पाटिकै नेता भएपनि यो देस बाट तालिवानिले जस्तै गरि लखेट्नु पर्छ
त्यसैले भन्नै पर्ने हुन्छ यहाँ गयामा गएर गाइको गहुत खाएर आएका र दुधले नुहाएका कोहि पनि छैनन् ।सबका सब उस्तै उस्तै हात्ती झाप चप्पल जस्तै जस्तै हुन् भन्दा पनि खासै फरक नपर्ला कि ?

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: