मान सम्मानको भिड पदविको ओइरो

शिवराज वस्ताकोटी (शिवदाई)
26 September, 2021 5:51 pm
Shiva Raj Bastakoti
Advertisements

हरेक बर्ष राष्ट्रिय दिवसको अवसर पारेर सरकारबाट देसमा, देस र जनताका लागि समाजमा उच्च योगदान पुर्याउने केही महान् व्यक्तित्वहरु लाई राष्ट्र प्रमुखो बाहुवलि बाट मान सन्मान तथा पदवि द्वारा विभुषित गर्ने चलन परम्परागत रुपले चल्दै आएको छ जुन कार्यले शाहिकाल याने राजतन्त्र देखिनै गणतन्त्र आउदा सम्मपनि निरन्तरता पाई रहेको छ। तर यो मान सन्मान पदवि द्वार कस्ता व्यक्तित्व लाई विभुषित गर्ने भन्ने कुनै पनि सिमा रेखा सर्त नीति नियम दायरा हुनु पर्छ तर पछिल्ला समयमा ती सबै दायराका पर्खाल भत्काउने काम राजनीतिका नाममा र राजनितिकरण गर्ने वहानामा नेता मन्त्री र तत् तत् र तत्कालि सत्तासिन पाटिले नै गरि रहेका छन् ।
हुन ता मान सन्मान भनेको चाहे त्यो राष्ट्र होस् वा सामाजिक क्षेत्रमा होस् वा कुनै पनि पाटि सघ सस्थामा नै किन नहोस् जसले निस्वार्थ भावले आफुलाइ मेटाएर भएपनि दत्तचित्त भएर देस जनता र समाजसेवामा आफुलाइ समर्पित गर्छ गरिहेको हुन्छ उसैले सन्मान पाउछ पदवि पाउछ उ नै त्यस्ता पदवि र विभुषणको हकदार पनि हुन्छ ।उसैलाई मानपदवि दिइन्छ उहीँ विभुषित हुन्छ तर पछिला केही बर्ष यता यस्ता मान सन्मान र पदवि प्रदानमा विभिन्न खाले राजनीतिक गन्ध आउन थालेको छ नातागोता अगुवा पछुवा लाई मात्रै होइन हनुमान पदवि पनि प्रदान गर्न थालिएको छ ।जसले गर्दा कसले के बापत मान पदवि पायो भन्ने कुरा र प्रस्न आफैमा अन्योलग्रस्त छ।
हिजो देसमा कसले के योगदान गरेको थियो र मान पदवि पायो विभुषित भयो भन्नेकुरा सबैलाई थाहा हुन्थ्यो भने पछिल्लो समयमा विभुषित व्यक्तित्वको योगदान र त्याग के थियो त्यो कसैलाई थाहै हुदैन तर मान पदवि पाएको कुरा भने पाउनेले भन्दा पहिला नपाउने हरुले थाहा पाउन थाले यसको मुल कारण भनेकै नातागोता आफन्त निकटता मात्रै होइन पुरै राजनीतिक करण पनि हो भन्न सकिन्छ।
केही दिन यता एकातिर देसैभर मान सन्मान पदवि पाउने विभुषित हुने हरुलाइ बधाई दिनेको लर्को नै चलेको छ भने अर्को तिर कतिपय पात्रले आफू त्यो लायक नरहेको भन्दै पदवि अस्विकार गरिएका कुरा पनि नआएका होइनन्।
अझै अर्को गम्भीर कुरा त के छ भने यो मान सन्मान द्वारा विभुषित हुनेहरुको यो भिडमा पदविको ओइरो नै चलेको छ।त्यसैले कतिपय पात्रले भने आफू यो मान सन्मानको राजनीतिककरण भिडमा समावेस हुन नचाहेको र आफैलाइ चित्त नबुझेका बिना योगदान सन्मानित हुन पुगेका पात्र हरुलाइ देख्दा स्वय आफु नै अपमानित भएको महशुस गर्दै मान सन्मान पदवि बाट विभुषित नहुने वक्तब्य दिन खोजि रहेका छन् ,भने कतिले यसलाइ अवसरको रुपमा लिएर सन्मानित पदवि द्वारा विभुषित हुन चाहिँ रहेका मात्रै होइन एउटा खुट्टो नै उचालि सकेका छन् । कतिलाई भने यो पदवि लगानि विनाको आम्दानि पशुपतिनाथको यात्रा सिद्राको व्यापार अपरम्पार भनेजस्तो भएको छ।
यहासम्म कि पहिलो लहरमा नेताहरुका परिवार नातागोता आफन्त परेका छन् दोस्रो लहरमा पाटि पङ्ति भक्तवत्सल परेका छन् कतिपय अगुवा पछुवा भएकै कहिले कहि चाकडि चाप्लुसि चपरासि गरेकै भरमा तेस्रो लहरमा पर्ने भाग्यमानि सन्मानित पात्र भएका छन्, भने कतिपय नेता मन्त्री हरुकै निकटताका आधारमा सिफारिसमा परेका छन् त्यसैले भन्ने पर्ने हुन्छ मान सन्मानको भिड र पदविको ओइरो यो भिड र पदविको ओइरोले गर्दा आम सर्वसाधारण जनता समेत अन्यौलमा मात्रै परेका छैनन् कतिपयले त यदि यस्तै हो भने एकदिन आफ्नो पनि विभुषित हुने पालो कसो नआउला त भन्दै लख काट्न थालेका छन् ।
हुनता सर्वसाधारण जनताका लागि यतिबेला खोप लाउन पाउनु पनि पदवि नै पाएजस्तो हुने भएको छ। यो पदवि पाउनु भन्दा सर्वसाधारण जनताका लागि खोप अझै महत्त्वपूर्ण मात्रै होइन भाग्यशालि चिट्टा नै परे जस्तो भएको छ। खासमा भन्नू पर्दा कुनै पनि चिज जब दुर्लभ हुन्छ त्यसको महत्त्व छुट्टै हुन्छ जुन चिज पाउनलाइ ठुलो योगदान त्याग तपस्या गरेर मात्रै प्राप्त हुन्छ । तब त्यस्तो राष्ट्रिय स्तरमै महत्त्वपूर्ण र दुर्लभ मानिने मान सन्मान पदवि द्वारा विभुषित हुन पाउनु चानचुने कुरा होइन सामान्य पनि होइन । तर नेपालमा पछिल्ला केही बर्ष यता यस्ता राष्ट्रिय मान सन्मान तथा पदवि द्वारा विभुषित गर्ने जुन प्रचलन आयो त्यो सत्यनारायण पुजाको प्रसादि बाडे जस्तो गरि पदवि बाड्न थालियो ।
जसले गर्दा हिजो यस्ता राष्ट्रिय सन्मान तथा पदवि द्वारा विभुषित हुने हरु मात्रै होइन तिनका परिवार आफन्त मात्रै होइन पुस्तौ सम्म का लाई सि·ो समाजले समेत हेर्ने दृष्टिकोण फरक थियो समाजले पनि उच्च आदर कदर गर्थ्यो तर पछिल्ला केही बर्ष यता भने यो मान सन्मान द्वारा विभुषित हुने हरुको यति भिड र पदविको ओइरो चल्न थाल्यो कि सि·ो समाजमै यसको महत्त्व घट्न थाल्यो।
समाजले हेर्ने दृष्टिकोण पनि परिवर्तन हुन थाल्यो जसले गर्दा पदवि द्वारा विभुषित भएकाहरुले पनि कतै कसैले नाम नलिइ दिए हुन्थ्यो कि भन्नू पर्ने अवस्था आउन थाल्यो त्यति मात्रै कहाँ हो र ति विभुषित व्यक्तित्व का परिवारजन हरुले समेत आफू पदवि द्वारा विभुषित व्यक्तित्वकै परिवार भएको भन्ने बारे कसैलाई थाहै नभए हुन्थ्यो भन्नू पर्ने अवस्था देखिन थाल्यो। त्यसैले अब आउदा बर्षहरुका राष्ट्रिय दिवसमा यसरी पुजाको प्रसादि बाढेझै गरि पदवि द्वारा विभुषित नगरियोस् जसले गर्दा राष्ट्र का लागि उच्च योगदान गर्ने हरु समेत समाजबाट अपमानित हुनु नपरोस्। यसतर्फ सरकार नेता मन्त्री मात्रै होइन स्वय राष्ट्र पतिको पनि ध्यान जाओस् राष्ट्रपति जस्तो राष्ट्र प्रमुख जस्तो गरिमामय विशिष्ट व्यक्तित्वको बाहुवलि बाट प्रदान गरिने यस्ता मान सन्मान पदवि द्वारा विभुषि हुनु र प्रदान गर्नु चानचुने र सामान्य कुरा होइन त्यसैले बेलैमा सबैको ध्यान जाओस पाउने मात्रै होइन प्रदान गर्ने गरिमामय पदको पनि अपमान नहोस्।३सबैमा चेतना भया ।।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: