![](https://www.sarangkotnews.com/wp-content/uploads/2021/12/dharma-raj.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
कुनै पनि देसको भाषा, भेष, धर्म, सस्कृति, संस्कार, परम्परा र त्यो देसका विभुति कला भाका गित सगित यी सबै त्यो देसका लागि सम्पति हुन् गहना हुन्। हो तिनै अमुल्य सम्पति र गहना मध्येका एक तारा हुन् जनकवि केशरी सावित्री थापाका पति, पाँच सन्तान मदनराज कुञ्जनराज बुलन्दराज र छोरी ज्ञानु राणा पानु भट्टका पिता मात्रै नभइ शुरिलो भाका र लोकगितका पिता धर्मराज थापा जसले पोखराको तत्कालिन अवस्थाको ग्रामिण क्षेत्र मानिने बाटुले चौरको त्यो माटोमा हर्कबहादुर थापाका उदाउदा ताराको रुपमा माता मनमायाको कोख ाट वि. स. १९८९ जन्मलिनु भएका धर्मराज थापाले तत्कालिन अवस्थामा शिक्षादिक्षाको अभाव भएकै कारण वहाले विध्यालय देख्नु पाउनु भएन तर पनि गाउकै त्यो वातावरणमा वहाले तत्कालीन अवस्थामा आवस्यकता अनुसारको शिक्षा आर्जन गरि सरकारि जागिरेमा प्रवेस गरि गुठि अड्डा गोरखापत्रमा समेत जागिर गरि तत्कालीन अवस्थामा वहाले अखिल नेपाल न्युन वैतनिक कर्मचारी सघले तलव बढाउन गरेको आन्दोलनमा भाग लिएकै कारण जागिर खोसिएपछि देस भ्रमण गरेका धर्मराज थापाका लागि लोकगित संकलन गर्नु नै उनका लागि कर्मक्षेत्र बन्न पुग्यो ।
२०१७ शालमा रेडियो नेपालका लोकगित प्रवन्धक समेत रहेका थापा लाई २०१३ शालमा तत्कालीन राजा श्री ५ महेन्द्र बाट जनकवि केशरिको उपाधि प्राप्त भएको बुझिन्छ।
वहाका लोकगित साहित्यमा के देखिन्छ भने वहामा लोकगित मार्फत नै अन्यायका विरुद्दआवाज उठाउने तथा धर्म सस्कृति परम्परा को रक्षा मात्रै होइन जनताको आवाज बन्नु पर्छ जनताका पीडा रोदन आशुलाइ लोकभाकामा परिणत गरि शासक हरुको मन जित्नु पर्छ भन्ने मूल्य र मान्यता कै यात्रामा सफल भएका थापा जनकवि केशरिले उपाधि प्राप्त गर्नु भनेकै वहामा रहेको ज्ञान क्षमता शाहस र आट हो भन्नेकुरा वहाले प्राप्त गरेको उपाधि नै महत्त्वपूर्ण र मुल प्रमाण हो ।
वहाका ती पङ्तिकारले वालापनमा सुनेका केही गित जुन हो हो माले हो हो तारे हो हो जुन गित आज पनि हरेक किशानको मनमुटुमा छाप्पिएको छ जसलाइ कसैले मेटाएर पनि मेटिदैन हरेक नेपालि जसले हलो गोरु नारेको देख्यो कि जनकवि केशरि लाई नसम्झि रहनै सक्दैन । केशरिले सिंगो युगलाइ मात्रै जितेनन् हरेक नेपालिको मन लाई जिते तत्कालीन अवस्थामा राजा महेन्द्र को पनि मन जित्न सफल भऐका रहेछन् भन्ने कुरा त यी उनले प्राप्त गरेको जन कवि केशरि उपाधि नै काफि छ अरु उदाहरण दिई रहनु पर्ने देखिदैन। त्यति मात्रै नभएर वहाका सयौ सुरिला भाका वहाले सरकार बाट प्राप्त गरेका पुरस्कार र गोरखा दक्षिण बाहु पदक वहाले दर्जनौ लोकभाका लोकप्रिय गित हामी नेपालि हरुका लागि अझैपनि मुटुका धड्कन बनी रहेका छन् ।
वहाका गित कविता लेख साहित्य सस्कृति यी सब नेपालिका लागि राष्ट्रका लागि मात्र होइन पोखरावासिका लागि त झन् अमुल्य सम्पति बनेका छन् र वहाँ सिंगो विश्व जगतका लागि जनकवि केशरि धरोहर बन्नु भएको छ ।वहाले हामिलाइ यति धेरै कृति सम्पति छाडेर जानू भयो कि हामिले अझै पनि राम्ररि ततेर्नै सरक्षण गर्न नै सकिरहेका छैनौ।हामिले वहाँ लाई एकदिन सम्झन्छौ तर वहाले हामिलाइ हाम्रा लागि युगका लागि छाडेर गएका वहाका ती सुरिला भाका लोकगित कविता द्वारा हामीलाई बारम्वार सम्झाइ रहनु भएको छ । धरतिमा धेरैकुरा उब्जन्छ अनगिन्तीले जन्म लिन्छन् आकासमा लाखौ तारा देखिन्छन् ठिक त्यस्तै यो ब्रमाण्ड ससारकै एक ताराको रुपमा उदय भएका जनकवि केशरि हामी माझ नभए पनि हाम्रा लागि सिंगो राष्ट्र कै लागि उनी कहिल्यै नअस्ताउने तारा बनेका छन् ।
यो ब्रमाण्डमा चन्द्र अस्ताउँछ, सुर्य अस्ताउँछ तर केशरी यस्ता तारा हुन् कि जो नेपाली मनबाट कहिल्यै अस्ताउदैनन् । उनी गित मार्फत जन आवाज वाहक सघर्ष आन्दोलन विद्रोह वाहक मात्रै होइन शान्तिका दुत पनि हुन् । जसले गितबाटै सबैको मन जिते जसले “आज मादल बजेको किन ? गाउँ बेसि दुनिया ब्युझाउँन” भन्ने लोकगित मार्फत युद्द गरि लोकक्रान्ति ल्याएर परिवर्तनको ढोका मात्रै खोलेनन् धर्म सस्कृतिक परम्पराको रक्षा मात्रै गरेनन् विश्वमै सुरिलो भाका लेख साहित्य लोकगित कविता मार्फत राष्ट्र राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको विगुल पनि फुके ।
जनकवि केशरि यस्तो तारा हो जो कहिल्यै अस्ताउदैन । सदा हिमालको आगनमा झुल्कि रहन्छ । हो त्यहि तारा झुल्किएको त्यो माटोमा टेकेर त्यो ताराले बालापन मात्रै विताएन सिंगो राष्ट्र लाई नै उज्यालो दिने गरि लोकगित मार्फत एउटा क्रान्ति को शुरुवात गर्यो जसले परिवर्तनका लागि हतियार होइन गित कविता मार्फत पनि एउटा आन्दोलन छेड्यो जसले साहित्य सस्कृतिको रक्षाका लागि आफुलाइ कवच बनाउन सफल भयो त्यो आगनमा टेक्ने सौभाग्य मिल्यो र पङ्तिकार लाई दुइचार हरफ लेख्ने र केशरि लाइ विर्सु म कसरी भन्ने गित लेख्न मन लाग्यो ।
जसले सुरिलो भाका लोक गित मार्फत परिवर्तन ल्यायो।
जसले सस्कृतिको रक्षाका लागि देसै घुम्न भ्यायो।
जसले किसान को धड्कन छामि छामि गित गायो।
जसले जन जनको आवाज लाई धरतिमै फैलाउदै गयो
जसका कारण यो धरतिमा राष्ट्र र राष्ट्रियता मौलाउदै गयो।
त्यसैले त गित मार्फत मलाइ पनि भन्न मन लाग्यो।
कहिल्यै नअस्ताउने तारा केशरि विर्सु म कसरि ?
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)