“देश र जनताको कल्याण चाहने राजनेतालाई मात्र मतदान गरौ”

सराङकोट न्यूज
11 November, 2022 6:34 pm

सन्दर्भ साम्रागी : आसन्न निर्वाचन २०७९

अधिवक्ता शिव प्रसाद गौतम

आमा र जन्मभुमि स्वर्ग भन्दा पनि ठुली र आनन्ददायी हुन्छन् । आफुलाई जन्मदिने स्त्री, जननी, माता महतारी आमा हुन भने आफु जन्मेको देश जन्मभूमि हुन् । चारैतिर फैलिई गाउँ, शहर, जिल्ला र प्रदेश मिलेर बनेको विशिष्ट भू–भाग मुलुक देश हो । एकै प्रणालीका शासन अन्तर्गतको निश्चित भू–भाग राष्ट्र हो । कुनै देशमा बस्ने मानवहरुको समष्टि मान्छेको समूह, जनसमूह, लोक जनता हो । नेपाल नामको देशमा बस्ने जनता नेपाली जनता हुन । जनताको रुपमा रहेको ईश्वर मान्छेको रुपमा रहेको समष्टिगत शक्ति जनताजनार्दन हो । देश प्रतिको कर्तव्य चुकाउने जनताको उत्तरदायित्व जनदायित्व हो । मार्ग ४ गते देशमा संघीय र प्रदेश सांसदको निर्वाचन हँुदैछ । यो जनताले देश र जनताको हितमा काम गर्ने योग्य नेता छनोट गर्ने सुवर्ण अवसर हो । जनताका हक र हितका निमित्त लड्ने नेता जनता पक्षका अगुवा जननेता हो ।
जनताको आवाज ईश्वरको आवाज हो । जनताको काम गर्न हात खुट्टा गल्ला, कमिसन आए ठुला ठुला डल्ला हसुर्ने लाई निर्वाचनमा आफ्नो अमूल्य मत दिएर आफ्नो घुडाँमा आफै बञ्चरो हानेर आफु अपाङ्ग भएर देश डुवाउने काम कुनै पनि मतदाताले गर्नु हुँदैन । जनताले भन्छन वहुदल आयो, नेताले भन्छन तलाई हैन हामीलाई आयो । हामी मतदाताले भन्नु पर्छ ‘जननी जन्मभूमिश्य स्वर्गादापि गरीयसी ।’ देश खाई शेष पल्टाउने र घुस खाई भुस हुनदेखि हामी सतर्क हुनुपर्दछ । देशी कुकुर भएर विदेशी भुकाई गर्ने कुत्ताहरुलाई आफ्नो अमूल्य मत प्रदान गरेर विजयी गराउनु देशलाई खाडलमा हाल्नु हो ।
हामी नेपाली ऐले मतदानको संघारमा छौँ । हामीले मतदान भनेको के हो ? भन्ने नबुझेर सधै धोका पाई रहेका छौँ । हामीले विगतका निर्वाचनहरुमा सहि उमेदवारको छनौट नगरी गलत उमेदवारलाई जिताएर संसदमा पठाउनाले हामी नेपाली विश्वमा निकै पछि परेका छौँ । अव पनि हामीले वुद्धि पु¥याएनौ भने हाम्रो अस्तित्व लोप हुन सक्छ ।
मतदान शब्द दुई शब्द ‘मत’ र ‘दान’ को संयोगबाट बनेको छ । मत र दान शब्दको अर्थ भिन्ना–भिन्नै छन् । कुनै विषयको सम्बन्धमा सोची–सम्झी प्रकट गरिने विचार, राय, सम्मती, कुनै धार्मिक भावनाले पे्ररित सम्प्रदाय, आन्तरिक अभिप्रायः आसय, निर्वाचनमा योग्य व्यक्ति, अवस्था वा पक्षलाई छान्न दिईने सम्मती भोट मत हो । आफ्नो हकहरुमा रहेको धनमाल, शक्तिशाली बनाउन अर्काको हकमा प्रयोग गरि दिने, काम, प्रदान, धार्मिक भावनाले गरिवगुरुवालाई अन्न, वस्त्र, पैसा आदि वितरण गर्ने काम, निर्वाचनमा उमेदवार भएकालाई मतदान दिने काम, कुश, तिल, जलसहित संकल्प गरेर ब्राहमणलाई द्रव्य, वस्त्र, अन्न आदी दिने काम, त्यसरी दिएको छन् । माल, जमिन, गाई, आदी राम्रो कार्यका निम्ति दिई आर्थिक सहयोग, चन्दा निर्वाचनमा उमेदवारलाई दिईने मत, शब्दका पछिल्तिर लागेर त्यस विषय वा वस्तुको दान भएको वा गरिएको भन्ने बुझाउने शब्द जस्तै ः विद्यादान, श्रमदान, प्राणदान, मतदान आदी इत्यादी । राजनितिका साम, दाम, दण्ड र भेद गरी चार किसिमका जुक्तिमध्य चारै जुक्ति प्रयोगगरी शत्रुलाई वसमा लिने उपायहरु पनि दान शब्दका अर्थहरु हुन । हाम्रा धर्म शास्त्रले दान सतपत्रलाई मात्र दिनु भनेका छन् । मतदान पनि देश र जनताको हितमा काम गर्ने लाई दिएर धार्मिक कार्य गर्नु जनताको धार्मिक कृत्य हो । खराव काम गर्नेलाई देशको शासन सञ्चालन गर्ने ऐन नियम बनाउने संसदमा हामीले नैतिकता नभएका भ्रष्ट उमेदवारलाई विजयी गरायौ भने हामी पनि दोषी हुन्छौँ । नखाएको विष हामीलाई लाग्छ ।
मत र दान दुई शब्द मिलेर मतदान शब्द बनेको छ । या मतदमन शब्दको अर्थ निर्वाचनमा कुनै उमेदवारलाई आफ्नोे अमूल्य मत दिएर देश र जनताको हितमा काम गर्ने इमान्दार नेता संसद पठाउने काम हो । निर्वाचनको दिन आफुले रोजेको उमेदवारलाई मत दिने काम, भोट खसाल्ने काम मतदान हो । निर्वाचनमा असल उमेदवारलाई रोज्न मतदाताले मतपेटिकामा खसाल्ने सरकारी छाप लागेको पत्र ः प्रतिनिधि छान्ने टिकट (ब्यालेट पेपर) मतपत्र हो । मतदाताहरुले मतपत्र खसाल्ने बाकस मतपेटिका ( ब्यालेट–बक्स ) हो । मत दिएर आफुले चाहेको प्रतिनिधि छान्ने पद्धति, मत खसाल्ने प्रकृयाको जानकारी दिने नियम मत प्रणाली हो । निर्वाचनमा नियमअनुसार प्रतिनिधि छान्नका लागी मत र भोट दिने अधिकार, राय दिने हक मताधिकार हो । निर्वाचन मतदान गर्ने अधिकार पाएको व्यक्ति मतदाता मताधिकार हुन ।
सत्ता गठबन्धन राज्यका राजनितिक दलका लागि अभिशाप हो । संघीय लोकतान्त्रीक गणतन्त्रात्क शासन प्रणालीका लागि सत्ता गठबन्धन राम्रो कुरा होईन । वहुदलिय शासन प्रणालीमा सत्ता गठबन्धन हुन कहि नभएको जात्रा हाडीगाँउमा भन्ने उखान हो । मूर्त रुपमा वर्तमान रहने वा हुने भवी गुण वा वस्तुस्थिति, विद्यमानता, अस्तित्व, उपभोगका साथ साथै सक्षमता देखाएर काम गर्ने शक्ति सामथ्र्य वा अधिकार जस्तै राजसत्ता, प्रभुसत्ता, जनसत्ता, श्रेष्ठता, उम्दापन सत्ता हो । कुनै काम कुराको लागी एक भएर मिल्ने काम, परम्परको मिलेमतो, कुनै स्वार्थ–सिद्धि का लागी गरिने आपसी साँठ–गाँठ गठबन्धन हो । नेपालको वहुदलिय शासन प्रणालीमा ५ दलको घिनलग्दो गठबन्धन खडा भएको छ । यो गठबन्धन जनताको हितमा छैन । यो गठबन्धन कानुनी प्रकृयाबाट आएको होईन । वर्तमान नेताहरुको आफ्नो स्वार्थ–सिद्धि गर्न ५ दलिय गठबन्धन खडा गरेका हुन । त्यो गठबन्धन देश र जनताको हितमा भएको होईन । नेताहरुको स्वार्थ–सिद्धिको लागी भएको हो । माओवादी नेता प्रचण्डको आफुलाई सत्ताको चलखेलमा आफुलाई नायक बनाई देश र जनता प्रतिको षडयन्त्र हो । टाउकाको सत्ता खसेर आफू सत्तासिन हुने स्वार्थ राजनिति हो । टाउकाको मूल्य ताक्ने र तोकिएकाको बिचको यो गठबन्धन जनतालाई धोका दिने राजनिति हो । आसन्न निर्वाचन ५ दलिय नेताहरुले जनताको राय र परामर्श विना गठन भएको गठबन्धन हो । यो गठबन्धन जनताको लागी स्वीकार्य छैन । आगामी मार्ग ४ गते हुने चुनावमा जनताले आफुले मनपराएको पार्टीलाई मात्र हैन मनै नपरेको आस्था नराखेकको राजनैतिक दललाई आफ्नो भोट दिन केन्द्रीय नेताहरुले दवाव दिएका छन । नेपाली कांग्रेसका सभापति वर्तमान प्रधानमन्त्रीले नेपाली कांग्रेसको रुख चिन्हमा भोट नदिई हसिँया हथौडा, कलम गिलास चिन्ह भएका दलका उमेद्वारलाई आफ्नो भोट हाल भनेर वाध्यकारी भाषण गरेका छन् । यो जनताको मौलिक हकको सरासर हनन् हो । कल्यिै हसिया हथौडाको भोट नहाली रुख चिन्हमा भोट दिएका मतदाताहरुका प्रधानमन्त्रीले मन कुँडयाएका छन् यो स्वार्थको गठवन्धन क्षणिक हो । यो गर्न आफ्नो राजनीतिक चरित्र र नैतिकता जमाउन हो । अव नेताले लादेको राजनीति हैन जनताले आफ्नै नैतिकताको राजनीति गर्न उपरिहार्य छ ।
हाम्रो देश वीर विरं·नाहरुले निर्माण गरेको देश हो । यो राष्ट्रय निर्माण गर्न राष्ट्रिय विभूति र शहीदहरुको अमूल्य योगदान रहेको छ । राष्ट्रको गौरव बढाउन आ–आफ्नो क्षेत्रबाट विशिष्ट योगदान दिने महापुरुष जनक, सीता, अनिरनिको, अशुंबर्मा, राम शाहा, पृथ्वीनारायण शाह, अमरसिंह थापा, बलभद्र कुँवर , आदिकवी भानुभक्त, युगकवि मोतािरम भट्ट, श्री ६ भित्रुवन, पासाङ लामु शेर्पा, शंखधर साख्या आदि । आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति हरु शहिद हुन् ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्रका नामको शासन प्रणाली प्राप्ति सँगै राजनीतिक दलहरुले आफ्नो पार्टीमा लाग्नेहरुको मृत्युलाई राज्य प्रति कुनै योगदान नभएका र विविध विषयमा परि मृत्यु भएकाहरुलाई पनि शहीद घोषणा गरेर शहीदहरुको अपमान भएको छ । नेपालका वास्तविक शहीद गंगालाल दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्रीहरु नै हुन् । उहाँहरु बाहेक पनि केही शहीदहरु हुनु हुुन्छ । राष्ट्रिय विभूति र शहीदहरुको योगदानबाट हाम्रो देश विश्वमा चिनिएको हो । संघीय लोकतान्त्रिक शासन प्रणाली पछि देश र जनताको स्थिति अधोगति तर्फ गएको छ । र्वतमान शासकहरुको सर्थी राजनीतिले गर्दा जनतालाई असी हजार रुपैयाँको राष्ट्र ऋणमा डुवाईएको छ भने शिक्षा, स्वास्थ्य र विका निर्माणको कार्यहरु गरेर जनतालाई राहत दिनु पर्नेमा वेवास्ता गरिएको छ ।
देशको विग्रदो स्थितिलाई सपार्न पुराना हामीले मानि आएका नेतालाई हतार आगामी निर्वाचनमा हटाएर युवा र इमान्दार देश भक्त नेतालाई विजयी गराउनु पर्छ । पृथ्वीनारायण शाहको शालिक भत्काउने पृथ्वीनारायण शाह हुँदै थिएनन् भन्ने गाई मारेर गधा पोस्ने नेपालको नाम र राष्ट्रिय झण्डा फेर्नु पर्छ भन्ने दलगत राजनीति गरेर देश र जनतालाई शोषण गर्ने, विदेशीको इसारामा नाच्ने र देश र जनतालाई दुःख दिने, धार्मिक सहिष्णुतालाई विथोलेर धार्मिक कलह उत्पन्न गराउने, राष्ट्रिय सम्पत्ति दुरुपयोग गर्ने, जनताको हितमा काम नगरी आफ्नो आफ्नो परिवार, इष्टमित्र कुल कुटुम्वलाई सरकारी पद, सम्मान पुरस्कार दिलाउने यस्ता दुस्कर्म गर्ने पुराना स्वघोषित नेताहरुलाई हटाएर हाम्रा मान्छे नभनी राम्रा मान्छेहरुलाई हाम्रो विग्रदो राजनीतिलाई देश र जनताको हितमा काम गर्ने उमेद्वारलाई अवको निर्वाचनमा आफ्नो अमूल्य मत दिएर विजयी गराएर शासनको वागडोर दिलाउँ । यसैमा हाम्रो कल्याण छ । अन्यथा हाम्रो अस्तित्व भेटिने सम्भावना छ । सवैमा चेतना भया ।।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: