शैक्षिक सुशासन आजको आवश्यकता

सराङकोट न्यूज
11 February, 2023 2:44 pm
Advertisements
बबिता शर्मा
शाखा अधिकृत

आधुनिक समाजमा संविधान तथा कानुनका आधारमा सार्वजनिक पदाधिकारी तथा निकायले प्राप्त अधिकारको कानून सम्मत प्रयोग गर्दा सुशासन प्राप्त हुने गर्दछ ।कानूनवाट  स्थापित संयन्त्रको आधारमा राज्यको शासन व्यवस्था संचालन हुने गर्दछ। सुशासनकानूनले अधिकार प्रदान गरेको निकाय वा पदाधिकारिवाट प्रयोग हुने हो । शिक्षा आफैमा सार्वजनिक बस्तु हो । नेपालको सन्दर्भमा यस्तो शिक्षा सार्वजनिक विद्यालय र नीजि लगानीमा रहेका विद्यालय विश्वविद्यालय क्याम्पस लगायतका निकायवाट प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।सवै शैक्षिक संस्थामा सुशासनको अवधारणा लागु हुन्छ । सार्वजनिक तथा निजी विद्यालयमा सुशासनको स्वरुप फरक फरक हुन सक्छ । तहगत रुपमा समेत सुशासनको स्वरुप फरक हुन सक्छ । परिवर्तित सूचना र प्रविधिको कारण सुशासनमा प्रभाव परेको देखिन्छ । सार्वजनिक निकाय प्रति नागरिक र समाजको अपेक्षा बढ्दो क्रममा रहेको पाईन्छ। नेपालको सन्दर्भमा विद्यालय /विश्वविद्यालय तहको शिक्षाको अधिकार स्थानीय र संघीय सरकारको कार्यक्षेत्र भित्र राखेको भएता पनि सुक्ष्म विश्लेषणका आधारमा संघीय प्रादेशिक र स्थानीय तहको कार्य क्षेत्रमा नै रहेको देखिन्छ । शिक्षा यति व्यापक छ की यो कुनै एक तहको अघिकारमा मात्र सिमित रहन सक्दैन ।

सुशासनका आधारभुत तत्वसँग शैक्षिक सुशासनका सम्वन्ध

कानूनको शासन निर्माण गर्ने तरिका पारदर्शिता, जवाफदेहिता कानूनको शासन,  रेस्पोन्सिभनेस,समन्यायिकता, समावेशीता, कार्यकुशलता र मितव्ययिता सहभागिता सुशासनका तत्व हरु रहेका छन । समाजका हरेक वर्ग समुदाय जाती भाषा धर्म संस्कृतिका वालवालिका विद्यालयमा अध्ययन गर्ने हुनाले विद्यालयलाई समाजको रुप दिईएको पाईन्छ । विद्यालयमा भएको स्रोत र साधनलाई अभिभावक र विद्यार्थी सम्म के कसरि वितरण गर्ने भन्ने सुशासनले तय गर्दछ । बदलिदो विश्व परिवेश  विज्ञान र प्रविधिको विकासले एकातिर हाम्रो समाज समेत अछुतो छैन भने अर्कोतिर समयको परिवर्तनसँगै समाजले समेत सोहि बमोजिमको शिक्षाको अपेक्षा गरेको छ साथै राज्यले बदलिदो समाजको माग र चाहानालाई सम्बोधन हुने शिक्षा प्रणाली कक्षा कोठा देखि पाठ्क्रम विकास र निर्माणमासमाजको माग र चाहनालाई समेट्न सकेको छैन भन्ने तथ्य हाम्रो सामू छ ।

विद्यालय सुशासनकासम्वन्धि वर्तमान अवस्था र समस्याहरु

  • विद्यालय सुशासन पूर्वाधारका रुपमा ऐन नियम तथा निर्देशिका एवम कार्यविधि तयार भएका छन ।
  • विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक सघं गठन भएका छन ।
  • ऐन नियमले प्रधानाध्यापक व्यवस्थापन सहितिको काम कर्तव्य र अधिकार तोकेको छ ।

विद्यालयमा विद्यार्थीको सिकाई उपलब्धी स्तरीय सान्दर्भिक र समयानुकुल बनाउन खोजिन्छ । विद्यालय सुशासनको प्रमुख उद्देश्य वा अन्तिम नतिजा विद्यार्थिहरुको सिकाई उपलब्धी बढाउन हो । यसमा सुशासनका तत्वहरुले प्रभाव पारिरहेको हुन्छन । यस्मा मितव्ययिता पारदर्शिता अनुशासन सहभागिता जस्ता पक्षहरु रहेका छन । उल्लेखित पक्षहरुका आधारमा विद्यालय सुशासन सम्बन्धी अवस्थाको विश्लेषण गर्न सकिन्छ ।विद्यालय सुशासनका सबालमा ऐन नियम नीति कार्यक्रम समितिको व्यवस्था अधिकार र जिम्मेवारीको व्यवस्था गरिएको भएता पनि आम अभिभावको नजरमा सार्वजनिक विद्यालय प्रतिको आकर्षण घट्दो क्रममा रहेको समेत पाईन्छ ।साथै समाजमा शुसासनको पाठ सिकाउनका लागि निर्माण भएकाशैक्षिक संस्थाहरुमा नै भ्रष्टाचार सम्वन्धिका उजुरी कायम रहेका सवैभन्दा वढी उजुरी परेका क्षेत्रहरु मध्ये दोस्रो नम्वनरमा १५ प्रतिशत उजुरी शिक्षा क्षेत्रको रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वत्तिसौ वार्षिक प्रतिवेदनमा उल्लेख भएको देखिन्छ ।यस अर्थमा पनि शुसासनको पाठ सिकाउने शैक्षिक संस्था भ्रष्टाचार रहित छन भन्न सकिंदैन ।

समस्याहरु

१ शैक्षिक सत्रको सुरुवातमा  नै विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलव्ध हुन नसक्नु ।

२ विद्यालयको सामाजिक परीक्षण समितिले उद्देश्य अनुरुप कार्य गर्न नसक्नु ।

३ विद्यालय सुधार योजनाको प्रभावकारी कार्यान्वयन नहुनु ।

४  नीतिनियमको प्रभावकारी कार्यान्वयनमा समस्या ।

५ विकेन्द्रीकरणको अवधारणा अनुसार विद्यालयले आफूलाई प्राप्त अधिकारको सदुपयोग गर्न नसक्नु।

६  लेखा व्यवस्थापनलाई चुस्त दुरूस्त र व्यवस्थित गर्न सकेको नदेखिनु ।

शिक्षा क्षेत्रका उजुरीका विषय मुख्य गरी निम्नानुसार रहेको देखिन्छ

  • शैक्षिक संस्थाको भौतिक पुर्वाधार विकास, भवन निर्माण मर्मत मा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धी ।
  • नियम विपरित क्याम्पस प्रमुखतथा उपप्रमुखनियुक्ति प्रधानध्यापक छनोट तथा बढुवा प्रकृयामा अनियमितता सम्बन्धी ।
  • विद्यालय क्याम्पसको महायज्ञबाट उठेको पैसाको हिसाब किताब नभएको सम्बन्धमा ।
  • एउटै समयमा शिक्षक प्राध्यापकले क्याम्पस तथा विद्यालयमा पढाई दोहोरो सुविधा लिएको भन्ने सम्बन्धमा ।
  • शिक्षक छनोट नियुक्ती अध्ययन अनुमती पत्र विनाका शिक्षक नियुक्ति सम्बन्धमा ।
  • आफुखुसी शिक्षक कर्मचारी नियुक्ति गरी तलब भत्ता भुक्तानी गरेको सम्बन्धमा ।
  • नियमविपरि विरामी विदा प्रमाणित गरिदिने सम्वन्धि ।
  • खरिद तथा निर्माणका काममा फर्जी विल भर्पाई तयार गरेको भन्ने सम्वन्धि ।
  • सामाजिक परीक्षण विपरित लेखापरीक्षण गरेको भन्ने सम्वन्धि ।

शैक्षिक शुसाशन कायम गर्ने आगामी वाटो

शैक्षिक शुसाशन सम्वन्धि उल्लिखित विषयमा भएका प्रमुख समस्या र उजुरीको प्रकृति अनुसार सुशासनका सबालमा अब सबै व्यक्ति र सरोकारवाला पक्षले फरक ढंगले सोच्नुपर्ने बेला आएको छ । विद्यालय सुशासनको प्रमुख थलो शैक्षिक संस्था हो भन्नेमा कसैको दुईमत छैन शैक्षिक संस्थावाट नैएउटा विद्यार्थी योजना विद अर्थ विद शिक्षा विद प्रधानाध्यापक शिक्षकतथा महत्वपूर्ण प्रशासनिक पद देखि लिएर प्रधानध्यापक सम्म नै शैक्षिक संस्थावाट उत्पादित विद्यार्थी नै  पुगेको हुन्छ । तसर्थ हामीले उक्त विद्यार्थिलाई के कस्तो शिक्षा दियौ कस्ता पाठ सिकायौं भन्ने विषय समेत महत्वपूर्ण रहन्छ । शैक्षिक संस्थामा चुस्त दुरुस्त लेखा व्यवस्थापन, पारादर्शिताले नै विद्यालयको  वृद्दि भएकोले यस तर्फ शैक्षिक संस्थामा गठन हुने व्यवस्थापन समित/सञ्चालक समित स्थानीय निकाय प्रदेश तथा  संघको महत्वपूर्ण भूमिका देखिका शुसाशन प्रवर्दन गर्न सवै निकायको समन्वय सहकार्य हुनु आजको आवश्यक्ता रहेको देखिन्छ  ।

 

 

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: