सीताको अर्को रुप : निःस्वार्थ, सहनसिलता

शिवराज वस्ताकोटी (शिवदाई)
21 July, 2023 8:58 pm
Advertisements

चाहे त्यो सत्ययुग होस् वा जुनसुकै युग होस् देवयुग होस् या मानव युग होस् जुनसुकै युगमा पनि हत्या, हिंसा, युद्ध भएकै थिए भन्ने कुरा रामायण, महाभारत, श्रीस्वस्थानी लगायत बिभिन्न धर्मग्रन्थमा उल्लेख छन् । मात्रै ती लडाइ र युद्धका रुपरेखा ती लडाइ र युद्धका कारणहरु फरक थिए । कतै सत्यको लडाइ कहिले सत्ता राजकाजको लडाइ कहिले एक सत्यवती नारीकै कारण लडाइ भए कहिले भगवान शिव शङ्कर कहिले बिष्णु कहिले भगवान कृष्ण कहिले महापुरुष भगवान राम कहिले पाच पाण्डव कहिले महाकाली महालक्ष्मी नवदुर्गे मात ले समेत लडाइ लड्नु भएका युद्ध गर्नु भएका कुराहरु बिभिन्न धर्मग्रन्थ र इतिहासमा सुन्न र पढ्न पाइन्छ । यी सबैग्रन्थ र इतिहासका महान् पात्र जसलाइ हामिले अहिले पनि भगवान देव देवता देवि भनेर पुज्छौ । पुजि रहेका छौ । हामिले धार्मिक आस्था राख्छौ । ठिक त्यसै गरि चाहे त्यो ढुङ्गे युग होस् चाहे वर्तमान डिजिटल युग होस् । यस्ता लडाइ र युद्धहरु भइनै रहेका छन् । कहिले व्यवस्था परिवर्तनका लागि कहिले शासन सत्ताका लागि कहिले पाटि सिद्धान्त विचार रक्षाका लागि उहीँ हिजो देवयुगमा देव दानव युद्द देवि दानव युद्ध भए जसरि मानव युगमा पनि यस्ता युद्ध हरु भइनै रहेका छन् । अहिले पनि विश्वमा हत्या हिसा र युद्दकै कारण मर्ने मारिनेको सख्या बढि नै छ। यहाँ हत्या हिशा भनी रहदा सायद विश्मै हाम्रो देस होला जहाँ शान्तिका दुत बुद्ध ले पनि जन्म लिए। यो ससारमा त्यसपछि हिँसक र अहिँसक मानव भए । तर अझै पनि ससारमा हत्या हिसा युद्ध भइ रहेछन् सगसगै शान्तिका विगुल पनि बजि रहेछन् शान्तिका लागि महान् यज्ञ महा अभियान हरु पनि चलि रहेछन्।
तर कहिलेकाही यस्ता युद्ध र ती पात्रका टीका टिप्पणी आलोचना सम्झना तथा सन्मान गर्नुका साथै उनका आचरण त्याग तपस्या पीडा दुख कष्ट शहनसिलता र जीवनीका वर्णन गरिन्छन् । कतै महान् भनेर सम्मान हुन्छ भने कतै आलोचना हुन्छ। जस्तै हामिले महापुरुष भगवान रामको पुजा गर्छौ भने रावणको पुजा गर्नेहरु पनि यहि ससारमै छन्।
राज्य व्यवस्थामा पनि हिजो का राजा रजौटाहरु चाहे नेपाल एकीकरण गर्दा होस् चाहे अङ्ग्रेजलाइ धपाउदा होस् चाहे राणा शासन अन्त्य गर्दा होस् लडाइ हत्या हिसा युद्ध भएकै थिए ।हिजो काङ्ग्रेस पनि लडाइ र युद्ध बाटै उदाएको पाटि हो ।अहिले देखिएको काङ्ग्रेस पनि हिजोको युद्दरत पाटि हो हिजो जब नेपालमा कम्युनिस्ट पाटिले जन्म लियो यो पनि लडाइ युद्ध बाटै उदाएको पाटि हो ।
तत्कालीन शासकका विरुद्ध लडाइ सघर्ष आन्दोलन नै गर्यो। ४६ सम्म आइपुग्दा काङ्ग्रेस नरमपन्थि तत्कालीन कम्युनिस्ट गरमपन्थिको रुपले प्रस्तुत भए।जसमा वहुदल ल्याउन गरमपन्थि र नरमपन्थिमा एउटा सहमति भयो तत्कालीन राजसस्था सग पञ्चायति व्यवस्था विरुद्ध को लडाइले एउटा अन्तिम रुप लियो राजसस्था पनि दलहरुको सवैधानिक राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्रको प्रस्ताव लाई स्विकार गरे । तरपनि यि दलहरुमा देखिएको छिनाझपटिले गर्दा शस्त्र जनयुद्ध ले जन्म लियो जसको नेतृत्व पुष्पकमल दहाल प्रचण्डले लिए सायद नेपालकै इतिहासमा एउटा पति जब शस्त्र युद्धमा होमिन्छ तब यसरी आफ्नै पतिदेवसगै शस्त्र युद्धमा होमिने जिवनसाथि प्रचण्ड पत्नि सीता दहाल नै हुनु पर्छ। युद्ध भनेको के हो । दस दस बरेष भुमिगत जिवन बिताउनु भनेको कस्तो कति सङ्कटपुर्ण थियो भन्ने कुरा सायद प्रचण्ड पत्नि सीता दहाल लाई जति थाहा छ सायद त्यो तितो अनुभव अरुलाइ भएन होला सामान्य बेलुका घरमा समयमा नआउदा घरमा ढिलो आयो भने झगडाकै नौवत भोगेको समाजका हामी भनेपछि सिताले कष्टपुर्ण जिवन लाई सहजै स्विकार्दै श्रीपतिका पछि लागेर बर्षौ विताइन्। युद्ध भनेको कुनै पलङमा बसेर पब्जि खेले जस्तो थिएन । कुनै प्लेकार्ड लिएर माइती मण्डलामा धर्ना बसेजस्तो थिएन । कुनै ध्यानकर्षण पत्र बुझाएजस्तो थिएन । कुनै सडक चौतारिमा धर्ना बसे जस्तो थिएन। यो शस्त्र जनयुद्ध ता उहीँ जोगि देखि भैसि डरा भैंसी देखि जोगि डरा भनेजस्तो थियो जता गएपनि मृत्यु सगसगै हुन्थ्यो । कहिले युद्ध कै मोर्चामा सामेल हुनु पर्थ्यो कहिले आखै अगाडि कतिले शहादत प्राप्त गरेको देख्नु पर्थ्यो कहिले राज्यपक्ष कहिले युद्ध पक्ष दुबैको लडाइ हुदा त्यो बम वारुखको आवाज कहालि लाग्दो दृस्य जता का मरेपनि नेपालिकै छोराहरुको लास हुन्यो ।त्यो भयानक दृस्य देख्दा पक्कै पनि प्रचण्ड पत्नि सिताको मन रुन्थ्यो होला । उनले पनि त्यो पिडाको आँसु पिएर समय विताइन् होला।किन भने सीता पनि त एक नारि नै थिइन्।
हिजो २६ शालमा एक सामान्य परिवार को युवा सग मागि विहे गरेकि ती सिताले पक्कै पनि दसबर्षे शस्त्र जनयुद्ध होला। यसरी आफ्नै श्रीमान सुप्रिम कमाण्डर होलान्। यसरी रात दिन कतिखेर मरिन्छ कति खेर मारिन्छम् ।कतिखेर भाग्नु पर्छ। कतिखेर लुक्नु पर्छ। कहिले कुन रुप धारण गरेर कहिले कुन रुप धारण गरेर यसरि जनताको घर घरमा लुक्दै हिडणनु पर्ला भनेर पक्कै पनि ती एक किसान सामान्य परिवारकि सिताले सोचेकि थिइनन् । सायद प्रचण्डले नै सोचेकै थिएनन् होला।।
समयको खेल राजनितीक घटनाक्रमले यस्तो मोड लियो कि नसोचेको भैदियो। जसले गर्दा ती हिजो घरमा एउटा साङ्लो देख्र्दा डराउने बारिमा जुका देख्दा डराउने सीता बारुद लाई विस्तरा र बन्दुक लाई सिरानि हालेर सुत्न बाध्य भइन्। कारण अरु थिएन पहिला राजनीति लाई पतिदेवले जसरि नबुझेकि उनले लडाइ किन युद्ध किन भनेर आफ्नै मनभित्र प्रस्न गर्दै आफ्नै पतिदेव प्रचण्ड सग जहाँ श्रीधर वहि मेरो घर भन्दै सहयात्री बनेर अघिपछि हिडेकि सिताले जब राजनीति लाई राम्रोसँग बुझिन् । यो लडाइ एउटा व्यक्ती बिशेष र समुहको लागि नभइ सिङ्गो व्यवस्था जातजाति वर्ग क्षेत्र लिङ्ग को मुक्ति का लागिर युगान्तकारी परिवर्तनका लागि लडिएको लडाइ हो भन्ने बुझिन् ।जसले गर्दा सिङ्गो परिवार समेत शस्त्र जनयुद्धमा होमियो।सायद उनिमा यो कुराले प्रभाव पार्दैनथ्यो भने उनले आफ्ना छोराछोरी लिएर पुष्पकमल दहाल लाई छाडेर जान पनि सक्थिन होला।उनले त्यसो गरिनन्।किन भने उनको मनमा कुनैपनि सुख सयलको स्वार्थ र लोभ लालचले जन्म लिनै पाएन । उनी प्रचण्ड कै छाया मै टेकेर अघि कढ्दै रहिन्। फलस्वरूप उनी महिला बिभाग को नेतृत्व सम्हाल्दै सिङ्गो पाटिकै सल्लाहकार समेत बन्न पुगिन्। सायद सत्ययुगमा अत्यन्तै दुख कस्ट पीडा भोग्नेमा रामकि सीता पाच पाण्डव कि द्रुपदि भएझै युगान्तकारी परिवर्तनका लागि लडिएको यो जनयुद्ध युगमा मात्र नभइ शस्त्र जनयुद्ध समाप्ति गरि शान्ति प्रक्रियामा आएर सघिय लोकतान्त्रिक गणतन्त्र प्राप्ति भएर आफ्नै श्रीमान राष्ट्रको उच्च तहमा तीन तीन पटक प्रधानमन्त्री मात्रै नभइ गणतन्त्रवाहक बनी सकेपछि पनि उनले न त सुख शान्ति पाइन् न त उनले कहिल्यै आफू यो देसको प्रधानमन्त्री को पत्नि सिता दहाल भनेर कहि कतै कुनैपनि सार्वजनिक ठाउमा आफुलाइ प्रस्तुत गरिन्। न त कहिल्यै नेपालि जनता सामु घमण्ड देखाइन। उनलाई कहिले पति चिन्ता कहिले स्व शारिरिक स्वास्थ्य चिन्ता कहिले पुत्रि शोक कहिले पुत्र शोक कहिले सन्तति चिन्ता सायद उनले कहिल्यै भन्न नि पाइनन् होला । आज हास्छु एकछिन ता ।
हो यति भाति उनले जिवनमा भोगेर पनि उनलाई कतिले आतंककारी पती कि पत्नि भने होलान् ।कतिले उनको आलोचना गरे होलान। आलोचना गरि रहेछन् । कतिले शस्त्र जनयुद्ध कि माँ कम्युनिस्ट इतिहास कि गोर्किमा भने होलान् । कतिले देसकै उच्च पदमा रहेका प्रधानमन्त्री पत्नि भएर पनि सबैलाई समान व्यवहार गर्ने घमण्ड रहित एक इमानदार सहनसिल सिताआमा भनेर भने होलान् । फेरिपनि उनी अरु नेतापत्नि जस्तो आलोचित भने भइनन्।उनले कहिल्यै पनि आफ्नो पति पावर प्रयोग गरेर कुनै लाभ लिइनन।
हुन ता यो ससारमा आलोचना रहित बन्न र शत्रु शून्य बनाउन शङ्कर भगवान ,पार्वती, रामसीता, राधाकृष्ण मात्रै हैन सिङ्गो ससारकै शान्ति दुत भगवान बुद्ध मा देवि भगवती ले ता नसकेको यो रिस राग डाह इर्ष्या लोभ लालच घमण्डि विवेक शून्य ससार र हाम्रो जस्तो समाजमा प्रचण्ड पत्नि ले सक्ने कुरै भएन । फेरि पनि यो देसमा जहाँ एउटा बिध्यालयमा पढाउने मास्टरकि श्रीमती जो कत्ति नपढेकि छन् उनलाई मास्टर्नि साहेव भनेन भने एउटा गाडि चलाउने चालक डाइभर कि श्रीमती लाई जो गाडि चलाउन जान्दिनन् उनलाइ पनि डाइभर्नि साहेव नभन्ने हो भने रिसाउनि घमण्ड देखाउनि उस्तै परे हरुवा चरुवा जस्तो गर्नि यो समाज र देसमा उच्च तहमा पुगेका राज्यप्रमुख भएका हरुका श्रीमती हरुले कस्तो सम्म सान सौकत घमण्ड देखाउदा रहेछन् ।भन्ने कुरा त भनी रहनु नपर्ला । पछिल्लो समयमा त झन् उच्च पदस्थ व्यक्तित्व प्रधानमन्त्री मन्त्री माननीय हरुका श्रीमती हरुले श्रीपतिका नाममा कति घमण्ड देखाउदा रहेछन् कति सम्म र के सम्म गर्दा रहेछन् भन्नेकुरा भनिरहनु नपर्ला ।
यहाँ भन्नै पर्ने हुन्छ। यो देसमा आजसम्म जतिपनि उच्च पदस्थ मन्त्री प्रधानमन्त्री राष्ट्रपति भए ती सबैको राजनितीक ईतिहास तिर फर्किएर तिनको सृष्टि पृष्ठभुमि लाई हेर्ने हो भने सायद एक जना पनि नेता पारिवारिक साथ र सहयोग सहित १० बर्ष भुमिगत दामपत्त्य जीवन सदा साथमै रहेर विताउने हरेक दुख कस्ट पीडा लाई उहीँ शङ्कर भगवानले बीष पिएर घाटिमै अड्काएर राखि निलकण्ठ भगवान बने जस्तै गरि सबै पिडालाइ उहीँ दुधको पेडा जस्तै गरि घाटिमै अड्काएर कहिल्यै न देसमा न पाटिमा न यो समाजमा न सिङ्गो परिवारमा कहिपनि थोरै पीडा पनि नप‍‍ोखि मात्रै स्नेहका आँसु बगाउदै कसैलाई पनि दुर्वाक्ष वचन नलगाइ यो देसका उच्च पदस्थ मन्त्री प्रधानमन्त्री तथा उच्च पदस्थ नेता पत्नि हरुलाइ समेत एउटा मौन तर सत्य सन्देस दिदै यो धरति छाडेर दहाल पत्नि सिता गइन। जिवित छदा उनले जतिनै पीडा भोगे पनि अब उनको आत्मले शान्ति पाओस् यहि कामना गरौ ।
त्यति मात्रै हैन यहाँ राजनीति किन? सत्तामा जानि किन? पैसा कमाउन पौचमा रहि रहन भनेझै गरि यो धरति छाडेर जादा पनि सबै जायजेथा पैसा बोकेरै जानि हो झै गरि भ्रष्टाचार गर्ने जमाखोर गर्ने मात्रै हैन कति जेल जीवन त कति हिरासतमा त देसकै पाच पटक प्रधानमन्त्री भएका गृहमन्त्री भएका हरुकै पत्नि हरु भ्रष्टाचार को आरोप लागेर लुक्दै र छिप्दै हिडि रहेको यस्तो विषम परिस्थिति र अवस्था मा हाकिम नेता मन्त्री तथा उच्च पदस्थ व्यक्ति हरु साथै उनका परिवार र आफन्त जनहरुलाइ समेत यो धर्ति छाडेर एकदिन सबै जानू पर्छ तर जादा हेर है रित्तै हात जानू पर्छ। भनेझै गरि एउटा वहालवाला प्रधानमन्त्री प्रचण्ड पत्निले आर्यघाटमा जल्दै एउटा महान् सन्देस दिएर जानू पनि सामान्य कुरा थिएन।
हो प्रचण्ड दम्पती लाइ विभिन्न खाले आरोप नलागेका पनि हैनन् । कतिपयले कहिले पाच हजार कहिले सत्र हजार का हत्यारो मात्रै हैन हत्यारो प्रचण्ड पत्नि नभनेका पनि हैनन्। तर यो शस्त्र जनयुद्ध थियो जहाँ राज्य पक्ष र विद्रोही पक्ष दुवै तर्फ बाट कतिपय निर्दोष नागरिकहरुको हरुको ज्यान गएको छ यसक‍ो जिम्मेवारी दुवै पक्षले लिनु पर्छ भनिरहदा अहिले वर्तमान अवस्थामा तत्कालीन प्रचण्डको टाउकाको मुल्य तोक्ने देउवा दुवै सत्तासिन भएको यो अवस्थामा सबैलाइ न्याय दिनु पर्छ र शान्ति प्रक्रिया लाई टुङ्गोमा पुर्याउनु पर्छ। अब प्रचण्डले यस्ता हजारौं सिताका आँसु पुछ्नु पर्छ हजारौं सिताका परिवार जनहरु लाई न्याय दिनु पर्छ। गिरिजा बाबुको निधन सगै यो जिम्मेवारी पनि प्रचण्ड कै काधमा आएको छ।।तब ती तत्कालीन राज्य पक्षबाट र विद्रोहि पक्षबाट भएको युद्धको चपेटामा परेका र पारि हत्या गरिएका १७ औ हजार ती सम्पुर्ण सहिद हरुको आत्मले र कामरेड सिताको आत्मले शान्ति पाउनेछ। किन भने सिता शब्दको अर्कोरुप निस्वार्थ र शहनसिलता हो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: