२०८२ असार १
०६१४४५०००, ९८५६०३३३९१

दुई लाख बिध्यार्थिलाइ वैदेशिक अध्ययनमा पठाएको इआईइसीको १८ औं शाखा पोखरामा खुल्यो

बैदेशिक अध्ययनमा जाने बिध्यार्थिहरुलाइ परामर्श दिने उद्देश्यलेप शैक्षिक परामर्श केन्द्र खोल्ने लहर नै चलेको बेला काठमाडौकोईस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी (इआइइसी) ले पोखरामा शाखा विस्तार गरेको छ । पोखरा न्युरोडको सामसुङ गल्लीमा स्थापित शाखाको उक्त कन्सल्टेन्सीका प्रबन्ध निर्देशक साकारजंग शाहीले शुक्रबार उद्घाटन गरेका थिए ।


इस्पट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीको पोखरा १८ औं शाखा हो । काठमाडौंको पुतलीसडक र न्युरोडमा रहेको इआइइसीले भक्तपुर, ललितपुर, धरान, हेटौंडा, चितवन, वीरगन्ज र नेपालगन्ज लगायत विभिन्न शहरहरुमा यसअघि नै शाखा सञ्चालनमा ल्याएको हो कम्पनिका प्रबन्ध निर्देशक साकारजंग शाहीले भने ।
अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत र भारतका कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरि इआइइसीले पोखरामा शाखा विस्तार गरेको दाबी गरेकोछ । पोखराका चर्चित युवा उद्यमी सूर्य बराल र दीनबन्धु पोखरेलले इआइसीको फ्रेन्चाइज लिएर शाखा खोलेका हुन् । पोखरेल पोखरा शाखा प्रबन्धको जिम्मेवारीमा रहेका छन ।
शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त थोरै संख्याका शैक्षिक परामर्श सेवा व्यवसायमध्ये आफूहरुको पनि एउटा भएको प्रबन्ध निर्देशक शाहीले बताए । उनका अनुसार इआइइसी २५ वर्षअघिदेखि यो सेवा व्यवसायमा छ । अहिलेसम्म १२ लाख जनालाई शैक्षिक परामर्श दिएको र करिब २ लाख विध्यार्थी इआइइसि मार्फत नै वैदेशिक अध्ययनमा पुगेको शाहिले बताए ।

Advertisement:


बिदेशाबाट ग्र्याजुएशन गरेर नेपाल आएका अनुभवी काउन्सिलरले परामर्श दिने गरेको कारण सफलताको बिन्दुमा पुगेको कम्पनिले दाबी गरेको छ ।कम्पनिका प्रमुख शाही स्वएम अन्तर्राष्ट्रिय एक्रिडिएसन प्राप्त परामर्शकर्ता भएको बताए । पत्रकारले सोधेको एक प्रश्नमा उनले भने “हामिले सहि मार्ग निर्देश गरेर एकिन परामर्श दिन्छौ कागज पत्र बनाउने जुटाउने काम हामी गर्दैनौ “

प्रतिक्रिया दिनुहोस्