२०८२ जेष्ठ १५
०६१४४५०००, ९८५६०३३३९१

फुट्पाथमा पेट्रोल पम्प कहिले सम्म ? के भन्छन राज्यका निकायहरु

शहरीकरणको बिकास सङ्गै पोखराको बजार क्षेत्रको मुल सडकको पेटिमा रहेको पेट्रोल पम्पहरु कहिले बम झै पड्केर धनजनको क्षती पुर्याउने हो यसै भन्न सकिन्न । पेट्रोलियम पद्दार्थलाइ अति प्रज्वलनशिल पद्दार्थको रुपमा लिने नेपाल आयल निगमले समेत समयमै फुटपाथका पेट्रोल पम्पहरु हटाएर बेलैमा साबधानी अपनाउन सकेको पाइदैन । निगमलाइ ब्यापारको मात्र वास्ता छ अरु ध्यान छैन भन्ने पोखराको बजारमा रहेका फुट्पाथका पम्पहरुले प्रस्ट पारेको छ ।
पेट्रोल उच्च प्रज्वलनशिल पद्दार्थ भएको कारण जुनसुकै बेलामा आगलागी हुन सक्छ । त्यसो भएमा निम्तिने क्षती कहालीलाग्दो हुनसक्छ भन्ने बिषयमा राज्यका निकाय मौनता साधेर बसेको छ । दुर्घटना भएपछी मात्र आखा देख्ने र बुद्दिको बिर्को खुल्ने पुरानो रोग अझै निको भएको पाइदैन ।
पर्यटनको राजधानी शहर पोखरा र आसपासका जिल्ला स्याङ्जा , तनहुँ , बागलुङ र मुस्ताङमा गरि ५८ वटा पेट्रोल पम्पहरु पेट्रोलियम डिलर्स एसोसिएसनको सदस्यको रुपमा सन्चालनमा छन ।यो बाहेक नेपाल सरकारको सुरक्षा कल्याणकारी निकाएका रुपमा सन्चालित पम्पहरु पनि रहेकाछन । गण्डकी प्रदेशको राजधानी शहरमा रहेका पम्पहरु मध्य अधिकास सडक मापदण्ड भित्र रहेका छन । त्यसमा पनि झन्डै आदा दर्जन पम्पहरु पैदल यात्रु हिड्ने सडक पेटि (फुट पाथ )मा राखिएका छन ।
नयाबजारको बिवेक पेट्रोल पम्प , नयाँबजारकै अटोक्लिन र बृहस्पति पेट्रोल पम्प , नागढुङ्गाको कमला आयल स्टोर , सडक पेटिमा रहेका छन ।पेट्रोल हाल्दा सवारीसाधन फुट्पाथमा राख्नु पर्दा यात्रुहरू जोखिम मोलेर पिच सडकमा हिड्नुपर्ने बाध्यता रहेको छ । फुटपाथ अर्थात पैदलमार्ग पैदलयात्रुको अधिकार हो तर राज्यका निकायको उदासिनताको कारण आम नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य पारिएका छन ।
केही बर्ष अघि कास्की प्रहरीले सडक सङ्ग जोडिएका पुटपाथका पेट्रोल पम्पहरुको ब्यबस्थापनको लागि पहल अगाडि बढाएको थियो । तत्कालीन कास्की प्रहरी प्रमुख दान बहादुर कार्किले नेपाल आयल निगम लगाएत सम्बद्ध सरोकारवाला निकायलाई राखेर पहल कदमी अगाडि बढाएका थिए । एसपी कार्किको सरुवा पछि सडक मापदण्ड भित्र संचालित पम्पहरुको ब्यबस्थापन सम्बन्धी कार्य सुनसान हुन पुगेको छ।
पेट्रोलियम डिलर्स एसोसिएसन गन्डकिका अध्यक्ष मोहन सुबेदी पोखराका सडक मापदण्ड र फुटपाथमा पेट्रोल पम्प हरु रहेको स्वीकार गर्छन तर उचित स्थानमा मापदण्डअनुसार सन्चालन गर्ने बारेमा भने स्पस्ट जवाफ उनिसङ्ग छैन । नेपाल आयल निगम नियमावली २०७५ अनुसार पेट्रोल पम्प सन्चालन गर्न चुनौतीपूर्ण रहेको अध्यक्ष सुबेदि बताउछन । पुरानो ब्यबसाय तत्कालीन अबस्थामा स्वीकृत मापदण्डअनुसार नै खोलिएको बताउदै अब अन्य स्थानमा स्थानन्तरण गर्न राज्यको सहयोग बिना सम्भावना नहुने उनले बताए ।

राज्यका निकाय के भन्छ्न ?

Advertisement:

राम कुमार न्यौपाने
प्रमुख , नेपाल आयल निगम ,गगनगौडा डिपो

सडक मापदण्ड र फुट्पाथमा रहेका पेट्रोलपम्पहरुले पछिल्ला समयमा समस्या पारेको कुरामा दुइमत छैन । पहिला मानव बस्ती बस्नु अगाडि खुलेका पम्पहरु अहिले आएर घरहरुले भरिएका छन । सडक बिस्तार भएर पम्प सम्म पुगेको छ । यो ब्यबस्थापन गर्नु चुनौतीको बिषय बनेको छ । नेपाल आयल निगमलाइ यस बारेमा जानकारी छ तर ब्यबस्थापनका सम्बन्धमा निगमले कुनै नीति ल्याएको र परिपत्र गरेको छैन । स्थानीय सरकार अर्थात महानगरपालिकाले विशेष पहल गरेर सडक र फुटपाथको पम्पहरुलाइ अन्यत्र ब्यबस्थापन गर्न सक्छ जसरी बालेनले काठमान्डूका पम्पहरुलाइ हटाएका छन पोखराले पनि गर्न सक्छ ।

भरतमणि पाण्डे
प्रमुख जिल्ला अधिकारी ,कास्कि

सडकको मापदण्ड र पैदलमार्ग सम्म पेट्रोलपम्पले अतिक्रमण गर्नु राम्रो होइन , गर्नु हुदैन । आफुले कास्की आए लगत्तै यसबारेमा आयल निगमलाइ बोलाएर सडक र फुटपाथका पेट्रोलपम्पहरु उचित स्थानमा ब्यबस्थापन गर्न निर्देशन दिएको थिए । पम्प कस्तो ठाउमा राख्ने , त्यसको मापदण्ड कस्तो हुनपर्ने भन्ने कुरा आयल निगमको अधिकार क्षेत्र भित्रको कुरा हो । महानगरपालिका सङ्ग आवश्यक सहकार्य गरेर सडक सुरक्षामा बाधा नपुर्‍याउने गरि पेट्रोल पम्पको ब्यबस्थापन गर्नु आवश्यक छ । त्यसको लागि स्थानीय प्रशासन आवश्यक सुरक्षाको प्रबन्ध गर्न जहिलेपनी तयार छ । स्वीकृति दिने , नबिकरण गर्ने सम्मको सम्पुर्ण जिम्मेवारी लिएको आयल निगमले समयानुकूल पेट्रोलपम्पको ब्यबस्थापन गरि नागरिकलाइ सम्भावित दुर्घटनाबाट सुरक्षीत राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्