
यातायात ब्यबस्था कार्यालय सरकारी अड्डा हो । प्रदेश सरकारको मातहतमा रहेको यातायात कार्यालय प्रदेशमा सबैभन्दा बढी राजस्व उठाउने कार्यालय हो ।तर यातायात कार्यालय सोरुमका कर्मचारीको मुठ्ठीमा रहेर सन्चालन हुँदै आएको छ । सरकारी अड्डा भित्र सेवा ग्राहिलाइ सेवा दिने काम सरकारी कर्मचारीको हो तर नेपालका अधिकास यातायात ब्यबस्था कार्यालयमा बिचौलियाको राम्रो चलखेल हुने गरेको पाइन्छ ।
यातायात कार्यालयका कोठा कोठामा सोरुमका कर्मचारीको बग्रेल्ती चहलपहल भइरहेको देखिन्छ । यातायात पुगेका सेवाग्राहीले को कर्मचारी को सोरुमका बिचौलिया छुटयाउन मुस्किल पर्छ । सो रुम र रिकन्डिसन सेन्टरका कर्मचारीले सरकारी ढड्डामा लेख्ने , ब्लु बुक भर्ने ,विवरण चढाउने जस्तो महत्वपूर्ण काम निर्बाध गरिरहेको देखिन्छ । यति सम्मकी कार्यालयको कोठा सङ्गै जोडेर सोरुम सन्चालकहरुले कोठा बनाएर सरकारी काम धमाधम गरिरहेको पाइन्छ । यातायात कार्यालयले निजि सोरुमलाइ आफ्ना कर्मचारी सरहको एसेस दिएकाछन ।
सोरुमका कर्मचारीले सरकारी ढड्डा र ब्लु बुक भर्ने काम गर्दा बेलाबेलामा गम्भीर त्रुटि गर्ने गरेको पाइएको छ । कुवर ब्रदर प्रालिले २०७६ माघ २३ गते बिक्री गरेको दुइवटा डिओ स्कुटरमा एउटै सवारी नम्बर ग १८ प ६९४९ राखेको तथ्य करिब ६ बर्ष पछि गत शुक्रबार (बैशाख १९) कास्की ट्राफिकले फेला पारेपछि बल्ल उजागर भएको थियो । दुई वटा डियो स्कुटरमा एउटै नम्बर राख्ने काम कुवर ब्रदर्शका कर्मचारिले गरेको खुलेको छ । सोरुमका कर्मचारी दुर्गा कार्कीले त्यतिबेलाका कर्मचारीले दुइवटा स्कुटरको ब्लुबुकमा एउटै नम्बर चढाइदिएर गल्ती गरेको स्वीकर गरेकाछन । कार्किले भने ” काम गर्ने केटाहरुले मिस्टेक गरेछन ”
सरकारी कागजात निजि सोरुमका कर्मचारीलाइ जिम्मा लगाइएका कारण सृजित समस्या हो यो । यातायातका कर्मचारीले आफै सुद्द विवरण भरेर सहि गर्नुपर्ने डकुमेन्ट बिचौलियालाइ दिइदा मनखुसी विवरण भर्ने कार्यले प्रोत्साहन पाएका छन । त्यसरि भरेको ड्क्कुमेन्ट भेरिफाइ नगरिकन आँखा चिम्लेर सहि छाप गरिदिने कर्मचारीको दिनचर्या नै बनेको छ । सेवाग्राही (खरिदकर्ता ) र यातायात कार्यालय बीचमा काम गर्नेलाइ बिचौलिया भन्ने गरिन्छ । बिचौलियालाइ भरोषा गर्दा काम बिग्रन जाने , अनियमित काम हुने प्रचुर सम्भावना रहन्छ । त्यसतर्फ राज्यका नियमनकारी निकायहरु मौन रहनुलाइ अर्थपुर्ण रुपमा लिन सकिन्छ ।
कारबाही किन भएन ?
दुइवटा सवारीसाधनमा एउटै नम्बर राखेर सवारी चलाउनुलाइ अबैध कार्य मानिन्छ । कास्की ट्राफिकले दुबै वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहिको लागि यातायात कार्यालय पठाइदिएको थियो । दुई मध्य एक शान्ती कुमारी गुरुङको नाममा दर्ता रहेको स्कुटरले गलत नम्बर राखेको पुष्टि भएको छ । ग१८ प ६९४६ हुनुपर्नेमा ग१८प ६९४९ नम्बर लेखेको पाइएको छ । शान्ती गुरुङले २०७७/०७८ सम्म आफ्नो वास्तविक नम्बर ६९४६ मै सवारी कर बुझाएको देखिन्छ । ०७८/०७९ पछि भने अन्य ब्यक्तिको नाममा सवारी कर बुझाएको देखिन्छ । एउटै नम्बरमा बर्षको २ पटक कर बुझाउदा समेत यातायात कार्यालयले कुनै जानकारी नपाउनुलाइ बिडम्बना मानिएको छ ।
दुइवटा सवारीमा एउटै नम्बर राखिदा अबास्तबिक नम्बर राख्नेले सवारी तथा यातायात ब्यबस्था ऐन बिपरित कार्य गरेको मानिन्छ । त्यस्तो गल्ती गर्नेलाइ १५ हजार देखि ५० हजार सम्म दन्ड जरिवाना हुने ब्यबस्था छ तर यातायात ब्यबस्था कार्यालय पोखराले कारबाहिनै नगरी उन्मुक्ति दिएको छ । जबकी यहि यातायात कार्यालयले अन्नपूर्ण गाउपालिकालाइ सवारी बेच्ने बि बि अटोमोबाइल (बतास) लाई गलत नम्बर राखी सवारी चलाएको भन्दै २० हजार जरिवाना तिराएको थियो । कारबाहिमा किन विभेद गरियो भन्ने हाम्रो जिज्ञासामा सूचना अधिकारी राजेन्द्र आचार्यले भने “कर्मचारिले भुलबस २ वटा ब्लुबुकमा एउटै नम्बर लेखेकोले ” जरिवाना नतिराएको बताए । उनले यो सामान्य गल्ती भएको भन्दै चोख्याउने प्रयास गरेका थिए तर जिल्ला ट्राफिक कार्यालय कास्किका प्रमुख प्र नि शोभा पान्डे यसलाइ सामन्य गल्ती भन्न नमिल्ने बताउछिन । नम्बर नै गल्ती राखेर सवारी चलाउदा दुर्घटना वा हिट एन्ड रन गरि भागेको खन्डमा नम्बरको आधारमा सवारी पक्रदा दोषी उम्कने र निर्दोषले दुख हैरानी पाउने पान्डेले बताइन ।
सोरुमका बिचौलियालाइ यातायात कार्यालयले काम गर्न दिएको छुटका कारण भएको गल्तिलाइ ढाकछोप गर्न खोजिएको पाइन्छ । सामान्य नागरिकले यहि गल्ती गरेर गलत नम्बर राखेको फेला परे ५० हजार सम्म जरिवाना लगाइन्थ्यो तर यातायात कार्यालयले कारबाहिमा विभेद गरेर जरिवाना बापतको राजस्व छुट दिएको छ , राज्यले पाउने जरिवाना बापतको राजस्व छुटेको छ भने सोरुमका बिचौलियालाइ अनियमितता गरे बापत पुरस्कार र प्रोत्साहन मिलेको छ ।
यातायात कार्यालय भित्र सोरुम र रिकन्डिसनका कर्मचारिलाइ सरकारी ढड्डा कागजपत्र र ब्लुबुक प्रयोग गर्ने छुट बन्देज गर्नुपर्ने आवाज उठेको छ । सरकारी कर्मचारीको हैसियतमा काम गर्ने उनिहरुले सरकारी स्रोत साधनको समेत प्रयोग गर्ने गरेको गुनासो आउने गरेको छ । सरकारी कोठा सहित उपलब्ध गराएबापत सवारी दर्ता शङ्ख्याको आधारमा सोरुमले आफ्ना कर्मचारी मार्फत दुई पाङ्ग्रे ,४ पाङ्रे र हेभी सवारीको तर्फबाट कमिसन दिनेगरेको बिस्वस्त स्रोतले बताएको छ । गोप्य छानबिन गरेको खन्डमा यो गुह्य रहस्य बाहिरिने निस्चित छ नाम नबताउने सर्तमा सोरुमका एक कर्मचारीले बताएकाछन ।
जुम्ल्याहा स्कुटर बिगत ५ बर्षबाट चलिरहेको थियो । ब्लुबूकमा गलत अरुको नम्बर लेखिदिने कर्मचारी पनि चोखिए , सुरुमा २ बर्ष कर तिरेको नम्बर नलेखी अरुको नम्बर लेख्ने शान्ती गुरुङ कारबहिको दायरामा ल्याइएन । यो स्वेच्छाचारीता कहिले सम्म ? सवारीसाधन दर्ता गर्ने ठाउमा सोरुमका बिचौलियाको हालिमुहाली कहिले सम्म ?
प्रतिक्रिया दिनुहोस्