२०८२ जेष्ठ १५
०६१४४५०००, ९८५६०३३३९१

चालू बर्षमा पोखराका १० वटा घाट ठेक्का नलाग्दा महानगरलाई करोडौ घाटा

स्थानिय सरकारको मुख्य आयस्रोत मानिएको नदिजन्य पद्दार्थको आय ठेक्का नचल्दा पोखरा महानगरपालिकाको आन्तरिक आम्दानिमा प्रतक्ष प्रभाव परेको छ । पोखरा महानगरको क्षेत्राधिकार भित्र पर्ने १८ वटा नदिजन्य घाटखानी मध्य जम्मा ८ वटा मात्र ठेक्का लाग्न गएको र १० वटा मुख्य घाट ठेक्का लाग्न सकेको छैन । पोखराको सबैभन्दा केन्द्रभागमा रहेको ठूलो रामघाटमा समेत बिगत दुई बर्ष देखि ठेक्का लाग्न सकेको छन । रामघाटमा ७६ हजार ५ सय घनमिटर बालुवा बार्षिक निकाल्न मिल्ने प्राबिधिक रिपोर्टले बताएको छ । करिब ७ करोड रुपैयाँ भन्दा बढीको माल मटेरियल रामघाटबाट निकाल्न मिल्छ । ठेक्का नलाग्दा महानगरले प्रतक्ष घाटा ब्यहोरेको छ ।
लेखनाथको गढी घाबाट २१ हजार १ सय पच्चीस घनमिटर मालको ठेक्का लगाउन मिल्छ तर यो बर्ष ठेक्का लाग्न सकेन । यी बाहेक लामगादी घाट १६२५० घनमिटर , पुरन्चौर ढोडनिघाट ४६५० घनमिटर , तल्लोखेत घाट ६८८० घनमिटर ,सुइखेत खोलाघाट ५२५० घनमिटर , काहुखोला घाट ९७५० घनमिटर , नारायन्स्थान घाट ५४००घनमिटर , बिजयपुर खोलाघाट ९००० घनमिटर , रुद्रमहादेब घाट ८२०० घनमिटर , याम्दी घाट ४८०० घनमिटर का घाट ठेक्का लाग्न सकेको छैन । यसबाट महानगरले १२ करोड वरिपरिको राजस्व आम्दानी गुमाएको छ ।
ठेक्का नलाग्नुको कारण बारे बुझ्दा आर्थिक मन्दिको असर र घाटको मूल्य महङ्गो परेको प्रतिक्रिया पाइन्छ । बजारमा निर्माण कार्य न्यून भएका कारण मालबस्तुको माग ह्वात्तै घट्न जादा ठेक्का हाल्न नखोजेको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण तिवारी बताउछन । महानगरले ठेक्का नलगाउदा चोरिनिकासी बढ्न गै राजस्व चुहावट भइरहेको तर्फ राज्यको ध्यान जान नसकेको पनि गुनासो छरपस्ट भएको छ । ठेक्का नलाग्दा विभिन्न घाट खानिबाट अनियमित चोरी निकासी बढ्दै गएको तर्फ महानगर प्रहरी प्रशासनले ध्यान दिन जरुरी देखिएको छ । पोखरामा रहेका घाट खानिहरुको मुल्यांकन दर उच्च भएकोले आय ठेक्काको दर उच्च हुन पुगेको कारण पनि ठेक्का नलाग्ने अर्को मुख्य कारण रहेको बुझिन आएको छ ।”

Advertisement:

प्रतिक्रिया दिनुहोस्