स्थानिय तह नागरिकको कर राजस्वबाट उठेको कोषमा कसरी होलि खेल्दै तर मार्छन भन्ने बुझ्न वालिङ नगरपालिकालाई हेरे हुन्छ । एउटा बहाना बनाएर ५५ जनाको जम्बो टोलि भारत घुमेर आउदा एकै पटकमा १२ लाख रुपैयाँ स्वहा पारिएको तथ्य बाहिरिएको छ ।
वालिङ नगरपालिकाको बजेट सार्बजनिक गर्ने बिषयमा किचलो अलपत्र छोडेर उपमेयर कबिता तिवारी गैर्हे ५५ जनाको जम्बो टोलि लिएर भारत घुमफिरमा निस्किइन । बहना थियो रामदेबको पतन्जली योगपीठ हरिद्वार जाने जडिबुटी अध्यनशाला खोल्ने । तर घुमाइ दिल्ली लगायतको विभिन्न स्टेटमा थियो । भारत घुमाइको लागि मन्त्रालयले कुनै अनुमति प्रदान गरेको थिएन भने पतन्जली योग पीठ हरिद्वारको कुनै लिखित निमन्त्रणा र बोलावट समेत थिएन ।
वालिङले यो बर्षका लागि १० लाख भ्रमण शिर्षकमा बजेट छुट्याएको थियो । भ्रमण टोलि घुमफिरबाट फर्किएपछी उपमेयर तिवारीले १२ लाख खर्च भएको भन्दै लेखा सङ्ग पैसा माग्न थालिन । उनले आफुले सुन धितो राखेर भ्रमणमा रकम खर्च गरेको भन्दै १२ लाख रकम मागिन । खर्च त मागिन तर न भ्रमण प्रतिबेदन पेश गरिन न बिल भर्पाइ नै बुझाइन । कर्मचारिलाइ थर्काएर अबैध बाटोबाट रकम मागेर हैरान बनाइन । मेयर कृष्ण खाड मार्फत कर्मचारीलाइ दबाब दिन लगाएर रकम दिन उपमेयर तिवारिले उक्साइन । मेयरले पनि बिना आधार रकम दिन दबाद दिए । अन्ततः दशै बिदा हुने अघिल्लो दिन ५ लाख रुपैयाँ फुस्काउन सफल भइन ।
त्यो पेस्की पनि थिएन । भ्रमण सकिइ सकेको थियो तर प्रतिबेदन , बिल भ्रपाइ बिनै रकम दिनु आर्थिक कानुनको खिलाप गरेको मानिन्छ । अब ७ लाख रुपैयाँ पनि यसैगरी दवाब दिएर लिने योजनामा रहेको बुझिन आएको छ ।
उपमेयरका नजिकका बिस्वास्पात्र करारमा कार्यरत कर्मचारी गङ्गाधर खनालको नाममा नगरपालिकाले पेस्की शिर्षकमा ५ लाख रकम दिएको छ । स्थायी कर्मचारीहरु भ्रमणमा गएका भएपनी बिबादास्पद भ्रमण बापत स्थायी कर्मचारीले पेस्की रकम बुझ्न नमानेपछि करारका कर्मचारीलाई रकम बुझाइएको छ । बिल भर्पाइ र प्रतिबेदन कसरी पेस हुन्छ त्यसबारेमा हामी फलोअपमा रहेर आम नागरिकलाई जानकारी गराउनेनै छौ ।
भ्रमण गए लगत्तै मेयर कृष्ण खाडले हामिसङ्ग नेपाल भित्रको खर्च मात्र नगरपालिकाले बेहोर्ने भनेको अडियो प्रमाण हामिसङ्ग सुरक्षित छ । तर बर्ष भरिलाइ छुट्याइएको बजेट एकै पटक सकेर उल्टो दुई लाख बढी खर्च गरेका छन , नागरिकको करमा चल्ने बजेटमा यो मनोमानीलाई के भन्ने ? जेनजिले यस्तै लुटतन्त्रको बिरुद्दमा आन्दोलन गरेर सत्ता पल्टाउने अबस्था नेता गणको मनमौजी कारणबाट सृजित भएको तथ्यलाई नकार्न सकिँदैन । बिकासको काम छोडेर घुमफिर गर्न नागरिकले जिताएका पक्कै होइनन भन्ने कहिले चेत आउने वालिङका जनप्रतिनिधिलाई ?
भ्रमण के का लागि गएको ? उपलब्धी के भयो ? प्रतिबेदन नबुझाइ दवाब दिएर किन पैसा लिइएको ? अनुमति नलिइ भारत भ्रमणमा गएको खर्च कुन कानुनले बैध मानिन्छ । नागरिक पारदर्शिताको लागि यी प्रश्नको जवाफ कसले के दिने ? जनप्रतिनिधि बनेको पालिकाको बजेटमा घुमफिर गर्नकै लागि हो ?
उपमेयर कबिता तिवारी गैर्हेसङ्ग प्रतिक्रियाको लागि पटकपटक उनलाई नगरपालिकाले उपलब्ध गराएको सार्बजनिक मोबाइलमा फोन गर्दा कहिल्यै रेस्पोन्स भएन । गतिसिल सहकारी वालिङको अध्यक्ष रहदा रकम अपचलनमा मुछिएको कारण उनको फोन प्राय नउठ्ने जानकारहरु बताउछन । आर्थिक अनुशासनमा डगमगाउनु सुशासनको लागि पनि बाधक बनेको सहजै बुझिएको छ ।
अगुवा जनप्रतिनिधिले नै कर्मचारिको हुर्मत लिने हो भने कसरी हुन्छ पारदर्शिता र बिकास ? नीति बनाउनेहरुले नै नीति तोड्छन भने कसरी हुन्छ सुशासन ? कसरी पाउने नागरिकले बिकाश ? के अपेक्षा गर्ने यो सयन्त्रबाट आम जनताले ? खोजी गरौ , स्याङ्जा प्रशासन , अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परिक्षकको कार्यालयको नजर कहिले जाने ? सुशिला कार्की सरकार खर्च कटौतिको निर्णय गर्ने वालिङ नगर पालिकाका कर्मचारी गैर्हकानुनी खर्च गर्दै रमाउने यो बेथिति र अराजकता कहिले सम्म ?


प्रतिक्रिया दिनुहोस्