२०८२ मंसिर २७
०६१४४५०००, ९८५६०३३३९१

प्रदेश परीक्षा बोर्डका प्रमुख १० दिन गायब हुदा सेवाग्राही बिध्यार्थि समस्यामा !

जनसरोकारका सरकारी कार्यालयमा कार्यरत प्रमुख १० दिन देखि कार्यालयमा गयल हुन्छन भने त्यो कार्यालयबाट सेवा लिने सेवाग्राहिको हालत के होला , कति तनाब र सास्ती ब्यहोर्न पर्ला ? सोच्ने ब्यक्तिलाइ त तनाब र छट्पटी हुन्छ भने सेवा लिनैको लागि भनेर टाढा टाढाबाट आएका हरुलाइ         सरकारी सेवा प्रती कस्तो सोच बन्ला !
हो यस्तै भएको छ राष्ट्रिय परीक्षा बोर्डको प्रदेश परीक्षा ब्यबस्थापन कार्यालय पोखराको हालत । कार्यालय प्रमुख भाष्कर दत्त पन्त १० दिन देखि कार्यालय आएका छैनन ।उपसचिव पन्त कार्तिक २१गते ३ दिनको लागि काठमान्डु गएका थिए तर सोमबार यो समाचार तयार पार्दा सम्म उनी पोखराको बगर स्थित कार्यालयमा आएका छैनन ।
घरायसी काम देखि बढुवाको परीक्षा लगायतका बिषयमा प्रमुख पन्त राजधानिमै भुलेको पोखरा कार्यालयका कर्मचारीले बताए । उनको अनुपस्थितिका कारण बिध्यार्थिहरुले पाउने ट्रान्स्कृप्ट लगायतका डकुमेन्ट पाउन नसकेको गुनासो गरेका छन ।

पोखरा र बाहिरी जिल्ला र पालिकाका बिध्यार्थी र अभिभावकले कार्यालय प्रमुखको अनुपस्थितिमा सेवा नपाएको गुनासो गरेपछी सराङ्कोटले सोमबार कार्यालयमा पुगेर स्थलगत जानकारी लिएको थियो ।
कार्यालयका शाखा अधिकृत इन्द्र प्रसाद तिमल्सिना र अर्का शाखा अधिकृत सूचना अधिकारी फेला परेकी थिइन । उनिहरुले हाकिम सापको प्रतिरक्षा गर्दै प्रतिक्रिया दिएकाथिए । कार्यालय प्रमुखले मात्र बिध्यार्थिको सर्टिफिकेटमा प्रमाणीकरण दस्तखत गर्नुपर्ने ब्यबस्था भएकोले काम रोकिएको सुनाएका थिए । प्रमुख न आइ बिध्यार्थिको काम हुदैन भन्ने थाहा जानकारी हुदाहुदै विभिन्न बहाना बनाएर आफ्नो मुकाममा नआउदा बिध्यार्थी र अभिभावकलाई परेको पिर मर्का कसले सुनुवाइ गर्ने ? राष्ट्रिय परीक्षा बोर्ड सरोकारवाला नागरिक प्रती कहिले जवाफदेही हुने ? बिध्यार्थिका हक हितका लागि खोलिएका बिध्यार्थी संघ सङ्गठनले सरकारी ढिलासुस्ती र अनुत्तरदायी कार्यशैलिको बिरोधमा कहिले बोल्ने ,कसले बोल्ने ?

प्रतिक्रिया दिनुहोस्