२०८२ चैत्र २७
०६१४४५०००, ९८५६०३३३९१

सुचना नदिने संघीय मामिला मन्त्रालय , पारदर्शितामा कन्जुस्याइँ किन ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय देशभरका कर्मचारी ब्यबस्थापन , सरुवा कामकाजमा खटाउने मन्त्रालय हो । जनतालाई सेवा प्रवाह गर्ने स्थायी सरकार भनिन्छ निजामती कर्मचारीलाई ।कर्मचारीको दरबन्दीको पद अनुसार खटनपटन गर्ने मुख्य दायित्व र जिम्मेवारी लिएको मन्त्रालय पारदर्शीताको लागि भद्दा रहेको खुल्दै गएको छ । नियमानुसार कर्मचारी खटनपटन गर्न नसक्नु मुख्य कमजोरिको रुपमा लिइएको छ ।
नागरिकको दैलोको सरकार भनेर चिनिने स्थानिय तहमा प्रमुख प्रशासकिय अधिकृत खटाउन समेत नसकेको आरोप र आलोचना खेपिरहेको मन्त्रालयसङ्ग नेपालका कति पालिकामा प्रमुख प्रशासकिय अधिकृत निमित्तको भरमा चलेका छन भनेर हामिले माग गरेको सुचना ४ महिना पूरा हुदा पनि उपलब्ध गराइएको छैन । २०८२ पुस २७ गते मन्त्रालयका सुचना अधिकारी सङ्ग “नेपालका कुन कुन पालिका निमित्तका भरमा चलेका छन ती पालिकाको नाम विवरण पाउ ” भन्ने एक बुदे सुचना माग गरिएको थियो तर आज यो समाचार लेख्दा सम्म सूचना उपलब्ध गराइएको छैन ।
मन्त्रालयका सुचना अधिकारी बिबेक घिमिरेसङ्ग फोन मार्फत अनुरोध गरियो , उनले महाशाखामा माग गरिएको तर प्राप्त नभएको बताए, १० /१३ गते प्रमुखलाइ सम्बोधन गरि पठाइयो तर सुनुवाइ भएन । कप्र महाशाखा प्रमुख पार्वती शर्मा सङ्ग सम्बाद गरि सुचना पठाउन अनुरोध गरियो तर पनि प्राप्त भएन । पुन सचिब चन्द्रकला पौडेल लाई सम्बोधन गरि २०८२/११/०९ गते सुचना पाउन ताकेता निबेदन पठाइयो तर पनि सुनुवाइ भएन ।

नवनिर्वाचित शक्तिशाली सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाइ सुचना नपाएको बारेमा चैत्र १७ गते गुनासो सहित ध्यानाकर्षण पत्र लेखियो तर आज २६ गते सम्म कुनै सुचना पाइएको छैन । गुनासो सम्बोधन भएको छैन ।


मन्त्रालयले सुशासनको लागि जन गुनासो सुन्ने भन्दै सुचना निकालेको देखियो । हामिले त्यहाँ पनि गुनासो मेल गर्यौ , व्हाट्सएप गरियो तर न गुनासो सुनियो न सुचना पाइयो । अब कहाँ जाने ? सुचना आयोग जाउ कर्मचारिकै पक्षमा वकालत गर्छ । प्रधानमन्त्री बालेन्द्र शाहाकोमा जाउ डङ्गुर छन गुनासा कहिले पालो आउला ? आशै छैन । मन्त्री प्रतिभा रावल ज्यु गुनासा सुन्ने भन्दै कर्मकान्डी समिती बनाउनुभन्दा नागरिकलाइ बेलैमा सुचना दिएर पारदर्शिता अपनाउने पो हो कि ? एक पत्रकार र सुचना अभियन्तालाई यसरी फनफनी घुमाइन्छ भने आम भुइ मान्छेले कसरी न्याय पाउलान ?

प्रतिक्रिया दिनुहोस्