२०८२ चैत्र २९
०६१४४५०००, ९८५६०३३३९१

शक्ति र भक्तिको नतिजा ! पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान दरबन्दीका डाक्टर ३४ बाहिर , बाहिरका ३५ डाक्टर कामकाजमा भित्र !

नेपालमा नबगठित सरकारले ३५ बर्षदेखी स्वास्थ्य क्षेत्रमा जकडिएको बेथितिलाइ कानुनी लिकमा ल्याउने कसरतलाई कडाइका साथ अघि बढाएको छ । त्यसको सुरुआती प्राथमिकता स्वास्थ्य क्षेत्रमा परेको छ । जहाँ दरबन्दी त्यही सेवा भन्ने मुल नितिलाइ कार्यान्वयन गर्न सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले बर्षौ देखि काठमाडौ र देशका मुख्य मुख्य सहरमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाइ आफ्नो काज फिर्ता गर्न सुरु गरेपछी पावर लगाएर किला गाढ्नेहरुको किलो हल्लन थालेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरबन्दी नभएका बाहिरका ३१ जना बरिस्ठ चिकित्सक तथा कर्मचारीहरु कामकाजीको पत्र लिएर प्रतिष्ठान भित्रै कार्यरत रहेको तथ्य बाहिरिएको छ । उनिहरुको दरबन्दी बिराटनगर देखि डडेलधुरा सम्म रहेको पाइएको छ । यसले संस्थागत पारदर्शिता, मानव संसाधन व्यवस्थापन र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न उब्जाएको छ । सरकारी संरचना र स्वीकृत दरबन्दीअनुसार सञ्चालन हुनुपर्ने प्रतिष्ठानमा ‘बाहिर दरबन्दी कायम भएका चिकित्सक कर्मचारीको उपस्थितिले व्यवस्थापन पक्षको निर्णय प्रक्रिया र नियामक निकायको भूमिकासमेत बहसको केन्द्रमा ल्याएको छ।
उपलब्ध सुचना विवरणअनुसार प्रतिष्ठानमा स्वीकृत दरबन्दी सीमित भए पनि विभिन्न पदमा ३१ जना स्थायी कर्मचारी कार्यरत छन्। तीमध्ये केही बरिस्ठ चिकित्सक , प्राविधिक, केही प्रशासनिक कर्मचारी रहेको पाइएको छ । यस्ता कर्मचारीको नियुक्ति प्रक्रिया, आवश्यकताको औचित्य र सरुवा बढुवा र सेवा बारे कानुन भएपनी शक्तिकेन्द्रको मिलेभगतमा कामकाजी पत्र लिएर अनुकुल ठाउमा रहेको गुनासो सरोकारवालाबाट आएको छ।

अन्यत्र दरबन्दी भइ पोखरामा कार्यरत को -को छ्न ?

१. प्र.क. एनेस्थेसियोलोजिस्ट | ११ औं | डा. सुशिल तिमिल्सिना | भरतपुर अस्पताल, चितवन
२. प्र.क. कार्डियोलोजिस्ट | ११ औं | डा. मनोज कोइराला | कोशी अस्पताल, विराटनगर
३. प्रमुख अस्पताल नर्सिङ प्रशासक | ११ औं | श्री सरीता कार्की | स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
४. प्र.क. प्याथोलोजिस्ट | ११ औं | डा. लक्ष्मण बास्तोला | कोशी अस्पताल, विराटनगर
५. प्र.क. डर्माटोलोजिस्ट | ११ औं | डा. आनन्द नेपाल | नारायणी अस्पताल, वीरगञ्ज
६. प्र.क. ग्यास्ट्रोइन्टोरोलोजिस्ट | ११ औं | डा. सुरेश थापा | कोशी अस्पताल, विराटनगर
७. व.क. फिजिसियन | १० औं | डा. जीवन थापा | चि.वि.प्र.अ. वीर अस्पताल
८. व.क. अर्थोपेडिक सर्जन | १० औं | डा. झपिन्द्र पोख्रेल | समायोजन हुन बाँकी
९. क. इन्डोडोनस्ट्रीट | ९ औं | डा. रुपम त्रिपाठी | नारायणी अस्पताल, वीरगञ्ज
१०. क. रेडियोलोजिस्ट | ९ औं | डा. सन्तोष बराल | कोशी अस्पताल, विराटनगर
११. क. इ.एन.टी. सर्जन | ९ औं | डा. अम्बालिका थापा | कान्ति बाल अस्पताल, महाराजगञ्ज
१२. क. एनेस्थेसियोलोजिस्ट | ९ औं | डा. पंकज बराल | भेरी अस्पताल, नेपालगञ्ज
१३. क. डर्माटोलोजिस्ट | ९ औं | डा. मिशान्ता शर्मा | डडेलधुरा अस्पताल
१४. क. डर्माटोलोजिस्ट | ९ औं | डा. रन्जु पोखरेल |गजेन्द्र नारायण सिंह अस्पताल
१५. क. मेडिकल सुपरिन्टेन्डेन्ट | ९ औं | डा. प्रिति आचार्य | स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
१६. वरिष्ठ अस्पताल नर्सिङ प्रशासक | १० औं | श्री विध्या बास्तोला | चि.वि.रा .प्र.. वीर अस्पताल
१७. उप-प्रमुख मेडिकल ल्याब टेक्नोलोजिस्ट | ८ औं | श्री संजोग तिमिल्सिना | नारायणी अस्पताल, वीरगञ्ज
१८. क. प्याथोलोजिस्ट | ९ औं | डा. सुस्मा आचार्य | कोशी अस्पताल, विराटनगर
१९. क. प्रोस्थोडोन्टिस्ट | ९ औं | डा. सन्ध्या पौडेल | भरतपुर अस्पताल, चितवन
२०. क.क. नर्सिङ | १० औं | डा. प्रकाश क्षेत्री | चि.वि .रा.प्र वीर अस्पताल
२१. क. रेडियोलोजिस्ट | ९ औं | डा. सुलभ प्रधान | कोशी अस्पताल, विराटनगर
२२. वरिष्ठ औषधि व्यवस्थापक | १० औं | श्री सुस्मिता शर्मा | औषधि व्यवस्था विभाग, शाखा कार्यालय, विराटनगर
२३. रेडियोग्राफी टेक्नोलोजिस्ट | ७ औं | श्री राकेश कुमार सिंह | आयुर्वेद चिकित्सालय, नरदेवी काठमाडौं
२४. फार्मेसी अधिकृत | ७ औं | श्री निशा पराजुली | स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
२५. मेडिकल रेकर्ड अधिकृत | ८ औं | श्री तिर्थराज गौतम | नारायणी अस्पताल, वीरगञ्ज
२६. ब.मे ल्या .टे. | ८ औं | श्री संजय गुरुङ | डडेलधुरा अस्पताल
२७. सि.ब.हे.भ. | ६ औं | श्री गंगा देवी गिरी | पोखरा महानगरपालिका, कास्की
२८. नायब सुब्बा | रा.प्र.अन. प्रथम | श्री डोल राज खनाल | स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
२९. नायब सुब्बा | रा.प्र.अन. प्रथम | श्री उदय बहादुर कुवर | स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
३०. नायब सुब्बा | रा.प्र.अन. प्रथम | श्री बिरेन्द्र बराल | सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
३१. खरिदार | रा.प्र.अन. द्वितीय | श्री भुवन के.सी. | स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । ३२ , नर्सिङ अधिकृत , राधिका रेग्मी , कान्ति बाल अस्पताल काठमाडौ ।
३३ , नर्सिङ अधिकृत , जमुना शर्मा , कोभिड अस्पताल काठमाडौ ।
३४, नर्सिङ अधिकृत , रिता अधिकारी , वीर अस्पता काठमाडौ
३५, नर्सिङ अधिकृत, सङ्गिता पौडेल , बर्दिया

माथि उल्ल्खित वरिष्ठ चिकित्सक देखि खरिदार सम्मका कर्मचारीहरु बाहिर दरबन्दी भएपनी आफू अनुकुल रहेको पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पोखरामा कार्यरत छन ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा  दरबन्दी भइ  अन्यत्र को को कहाँ छन ?

पोखरामा कामकाजमा खटिएका बरिस्ठ डाक्टर देखि कनिस्ट कर्मचारी सम्मको दरबन्दी  बाहिर रहेको छ ।   पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठानमा दरबन्दी भएका चिकित्सक तथा कर्मचारीहरु पनि आफ्नो अनुकुलको अस्पताल र मन्त्रालयमा कार्यरत रहेकाछन । यसले नियमित सन्तुलन मिलेको जस्तो देखिएपनी कानुनी सरचनाको थिती बिगारेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा दरबन्दी भएका तर बाहिर विभिन्न ठाउमा कामकाजमा गएकाहरु ३४ जना रहेकाछन । त्यसमा ११ औ तहका बरिस्ट चिकित्सक मात्र ७ जना छन भने १० औ तहको ३ जना रहेका छन । यस्तै ९ औ तहका ३ र ८ औ तहका मेअ मात्र १८ जना पोखरामा दरबन्दी रहेका तर बाहिर आफू अनुकुलको जिल्लामा कार्यरत छन ।
हेर्नुस तालिका को कहाँ छन ?

पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानको यो चित्र नमुना मात्र हो । देशै भरिका अस्पतालमा यो अबस्था बिध्यमान छ । अझ दुर्गम जिल्लाका अस्पतालहरु झन बेहाल छ । मन्त्रालयबाट गएका छात्रबृती करारका चिकित्सकहरु पनी दलका नेताको पावर लगाएर सुगम जिल्लामा बस्दै आएका छन । यश अघिका सरकारले विधि र प्रक्रियाले होइन पावर र पैसाले आफ्नो दुनो सोझ्याउदै जागिर खाए अब त्यो अबस्था मेटिने सम्भावना छ । स्वास्थ्य मन्त्री निशा मेहताले जहाँ दरबन्दी त्यही काम गर्ने नीति लिएर कार्य अगाढी बढाएकिछिन।

अबको मुख्य चुनौती भनेको पारदर्शी छानबिन र दीर्घकालीन समाधान हो। सम्बन्धित निकायले वास्तविक आवश्यकताको मूल्यांकन गर्दै दरबन्दी पुनरावलोकन गर्न र पदपूर्ति यथावत र तथ्यपुर्ण गराउनु आवश्यक छ । , चिकित्सक तथा स्वास्थ्य कर्मिलाइ न्यायोचित सरुवा कार्यबिधी बनाएर कर्मचारीलाई उचित विधिबाट व्यवस्थापन गर्ने स्पष्ट नीति लिनु अपरिहार्य छ। उनिहरुले पाएको तलब निजामती सरहको भएका कारण बाहिर प्राक्टिस गर्न बाध्य पारिएका छन त्यस तर्फ पुनर्बिचार गरि लगानी मेहनत र योगदानको कदर गरि दरबन्दी समायोजन गर्न सरकारको ध्यान जाओस ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान एकेडेमी पनि हो । यहाँ प्राध्यापन र गुणस्तरीय बिशेषज्ञ सेवाको लागि आवश्यक दरबन्दी कायम गर्न सङ सरकारले ओ एन एम गरिनु आवश्यक छ । अस्पतालमा बिगतका प्रशासकले ओ एन एम गर्दा आफू भन्दा माथिको पद सृजना गरे आफ्नो पद धरापमा पर्ने डरले धेरै बिभागमा माथिल्लो पदको दरबन्दी नै राख्न नदिएको खुल्न आएको छ त्यसको प्रतक्ष प्रभाव अहिले आएर परेको एक कर्मचारीले आफ्नो नाम नछाप्ने सर्तमा बताए ।
बिगतमा जे होस अब सच्चिनु पर्छ । सोर्ष फोर्षमा एकै ठाउमा बर्षौ किलो गाडेर बस्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । जहाको आबश्यक्ता त्यहिको पदपूर्ति हुनुपर्छ । बाहिर प्राक्टिस नगर्न त्यही अनुसारको बेतन सुबिधा दिनुपर्छ । तबमात्र स्वास्थ्य सेवा नागरिक मैत्री र जवाफदेही हुन्छ । बर्तमान सरकारले कानुनी राजको अभ्यास सुरु गरेको छ कसैलाइ विभेद महशुस नहुनेगरी समान व्यबहार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्