२०८३ भाद्र २२
०६१४४५०००, ९८५६०३३३९१

पर्यटन व्यवसायी पाण्डेद्वारा बाढीपीडितलाई सवा दुई लाख सहयोग

पोखराका पर्यटन व्यवसायी डिल्लीराज पाण्डेले भोटेकोशी बाढीपीडितको राहतका लागि २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेका छन्।
बालाजीदियो टुर एण्ड ट्राभल्स तथा होटल दियो पोखराका अध्यक्ष पाण्डेले प्रधानमन्त्री राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ र लायन्स क्लब अफ पोखरा अभियानमार्फत १ लाख ११ हजार १११ रुपैयाँ गरि २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेका हुन्। देशमा बिपत्ती आउदा सहयोग गर्नु आफ्नो कम्पनिको सामाजिक उत्तरदायित्व रहेको पान्डेले बताए ।
विपद्का कारण प्रभावित परिवारको पीडामा साथ दिन सहयोग गरेको बताउँदै नेपालिको पिडामा मल्हम लगाउनु मानवीय कर्तब्य रहेको बालाजीदियो टुर्स एन्ड ट्राभल कम्पनीका म्यानेजिङ डाइरेक्टर डिला पाण्डेले बताइन । मुलुकमा आइपरेको विषम परिस्थितिमा बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न कम्पनिले आग्रह गरेको छ । अध्यक्ष पान्डे सहितको एक टोलि पिडित प्राभावित क्षेत्रमा पुगेर राहत बितरण गरेर फर्केको छ ।

प्रतिक्रिया दिनुहोस्