यदुनाथ बन्जारा
२०६४ सालदेखी ताल बाराही माबिमा पढाउदै आएका बिज्ञान शिक्षक दामोदर पौडेल दशै अगाडि निकालिए । बिध्यालय ब्यबस्थापन समितिले पौडेलसङ्गै ७ जना शिक्षक र एक जना कर्मचारी निकालिएका हुन । दशै भत्ता समेत नदिइकन बिना सूचना निकालिएको भन्दै उनिहरुले विभिन्न निकाय र ब्यक्तिसङ्ग गुहार माग्दै हिडेकाछन ।
बिध्यालय ब्यबस्थापन समिति नया आए लगत्तै २०८३”भाद्र १९ गते ती ८ जना निशानामा परेकाथिए । १५ -२० बर्ष अघि देखि निजि स्रोत करारमा कार्यरत शिक्षकहरुलाइ बर्खास्त गरिएको हो । बर्खास्ती गरेको बिषयमा बिब्यस अध्यक्ष गिरिराज अधिकारी सङ्ग प्रतिकृया लिदा बिद्यालयमा शिक्षकको आवस्यकता नभएको र आन्तरिक आम्दानिले तलव खुवाउन समेत नसक्ने भएकोले हटाउन बाध्य भएको बताए । बिध्यालयमा जग्गा र सटर भाडा बाट मासिक ३ लाख ६४ हजार आम्दानी हुने र तलव र अन्य शिर्षकमा मासिक ४ लाख ५० हजार खर्च भएकोले बिध्यालय घाटामा गएको बिब्यस वडा प्रतिनिधि बासु बरालले बताए ।तालबाराही स्कुलमा १-१२ सम्म करिब ५ सय बिध्यार्थी रहेको र २९ जना स्थायी दरबन्दीका , ११-१२ मा २ जना अनुदानका शिक्षक रहेको त्यस अतिरिक्त ६ जना आशिक शिक्षक रहेको अध्यक्ष अधिकारीले बताए। अध्यक्षका अनुसार हाल कार्यरत स्थायी शिक्षकलाई समेत कक्षा नपुगेको प्रस्ट पार्दै भने “पढाउन कक्षा नै नभएको ठाउमा निजि स्रोतका शिक्षक पाल्ने कुरै भएन हामिले शिक्षा महाशाखा सङ्ग सल्लाह गरेर निजि स्रोतका सबैलाइ बिदा गरिएको हो । “
बर्खास्तिमा परेका शिक्षक ६ महिने करारमा नियुक्ति भएका थिए तर हालसम्म एकपटक पनि करार म्याद थप म्याद थप समेत नगरी बर्षौ सम्म जागिर खाएको खुलेको छ । त्यसरी नवीकरण नगरी तलव खुवाउनुलाई आर्थिक अनियमितता मानिन्छ । बर्खास्तिमा परेका एक शिक्षकले करार नविकरण नगरिएको स्वीकार गर्दै भने ” करार नविकरण गर्नुपर्छ भन्ने थाहै भएन ”
बिध्यालयले राखेको धरौटि कोषको पैसा समेत मासेर तलव भत्तामा खर्च गरेको हालका बिब्यस अध्यक्ष गिरिराज अधिकारी बताउछन । आफ्नो कार्यकालमा सबै खोजिनिती गरि सार्वजनिक गरिने उनले बताए । हालसम्म भएको लेखा परिक्षण र मलेपले त्यसलाइ किन गम्भीरतापूर्वक लिएन भन्ने अर्को खोजिको बिषय बनेको छ । बिद्यालयले घर जग्गा सटर भाडा बापत राखिएको धरौटी स्वरुप राखिएको ३८ लाख रुपैयाबाट निजि स्रोतका शिक्षक कर्मचारीलाई तलवमा खर्च गरिएको खुलेको छ । हाल करिव १९ लाख रुपैयाँ मात्र धरौटी खातामा बाकी रहेको बिध्यालय प्रशासनले बताएको हो । बिध्यालयका नवनियुक्त प्रधानाध्यापक द्रोणराज भुर्तेल भन्छन ” बिध्यालयमा पिरियड भार नै नभएका शिक्षकलाइ पालेर ॠण काढेर तलव कसरी खुवाउने ? ७ जना शिक्षकलाई बिदा गर्दा पनि अझै शिक्षकलाई लोड पुगेको छैन । निजि स्रोतमा राखीएका शिक्षक आवश्यकता नै नहुदा कसरी पाल्ने प्र अ भुर्तेलले प्रश्न तेर्साए ।
बिज्ञापन फेरि किन खोलियो त ?
बिध्यालयले शिक्षक निकालेको कारण र पुन अर्को बिज्ञापन बिबादित बनेको छ । शिक्षक कर्मचारी आवश्यक नभएको भन्दै बर्खास्त गरेको एक महिना लगत्तै पछि दुई जना शिक्षकको लागि बिज्ञापन खुलाइएको छ ।
कम्प्युटर र लेखा तथा कार्यालय प्रशासनमा २ जना शिक्षक कर्मचारीको दर्खास्त माग गरिएको छ । भैरहेको कम्प्युटर शिक्षक निशान भट्टराईलाई फालेर नयाँ कम्प्युटर शिक्षक बिज्ञापन गर्नुलाइ नया बिब्यसले आफ्नो अनुकुलकालाई जागिर खुवाउन खोजेको हुनसक्ने भन्दै आलोचना सुरु भएको छ । यस्तै लेखा बिषयमा पनि भैरहेको शिक्षकलाई फालेर अर्को बिज्ञापन गरिएको छ । यो परस्पर बिरोधी बिषय बनेको छ । बिज्ञापनमा आशिक शिक्षक भनिएपनी खास मक्सद के हो खुलेको छैन । यस बिषयमा वडा शिक्षा समितिका सयोजक बिष्णु बहादुर भट्टराईलाई सोध्दा अनभिज्ञता व्यक्त गरे । बिध्यालयमा भएका बेथितिको बारेमा सूक्ष्म रुपले छानबिन गर्नुपर्ने अध्यक्ष भट्टराईले बताए ।
चेतना सहकारिमा फसेको पैसा उठाउन पहल भएन
तालबाराहि माविको अक्षय कोषको पैसा चेतना सहकारीमा फसेको बर्षौ भयो । ब्याजबाट चल्ने छात्रवृत्ति ब्याज समेत नपाएकाVisual कारण समस्यामा परेको छ । बिब्यस अध्यक्ष गिरिराज अधिकारीका अनुसार अक्षयकोषको झन्डै ३० लाख रुपैया चेतना सहकारीमा फसेको छ । पटकपटक पत्राचार गर्दापनी बिध्यालयको रकम प्राप्त हुन नसक्दा हैरान भएको बिध्यालयका पुर्व प्र अ ताराप्रसाद पोखरेलले बताए ।
बिध्यालयको रकम चेतना सहकारीमा राख्न स्थानीयकै मुख्य योजना रहेको खुल्न आएको छ ।ताल बाराहि माध्यमिक बिध्यालयका पुर्व बिब्यस अध्यक्ष पर्शुराम पहारीको कार्यकालमा बिध्यालयको पैसा सहकारीमा लगिएको बताइएको छ । उनै पर्शुराम पाहारी अहिले चेतना सहकारीको अध्यक्ष रहेकाछन । आफैले लगेको पैसा आफै अध्यक्ष हुदापनी फिर्ता गर्ने तदारुकता देखिएको छैन । सहकारीले बिध्यालयको बचत फिर्ता नगर्दा बिध्यालयको खर्च धान्न समस्या परेको छ । अब पैसा नदिए प्रहरिमा मुद्दा हाल्ने बिब्यस अध्यक्ष गिरिराज अधिकारीले बताएकाछन । चेतना सहकारिमा बिध्यालयको मात्र नभै तालबाराही मन्दिर र आरतिको पैसा पनि फसेको छ । लेकसाइडका अगुवाहरुले चलाएको चेतना सहकारी नाम मात्रको चेतना बनेको छ । काम सस्थाको पैसा गैरकानुनी बाटोबाट सहकारीमा राख्ने र मनोमानी अपचलन गर्ने गरेको पाइएको छ । सन्चालक र ब्यबस्थापकले दिएको खराव कर्जाको कारण समस्यामा परेको बुझिएको छ । बिध्यालयको पैसा फिर्ता नगर्ने उपर बिध्यालयले प्रहरीमा उजुरी नगर्ने हो भने बिब्यसकै मिलेमतो नहोला भन्न सकिन्न ।
तालबाराहि मावी ताल न बेताल सङ्ग चलेको देखिन्छ । ब्यबस्थापन समितिको मनोमानी हावी भएको पाइएको छ । तलब सुबिधा बितरणमा काखा पाखा पारिएको छ । एउटै तहको इसिडी शिक्षक कसैलाइ दरबन्दीको बराबर तलब खुवाउने काम गरिएकोछ भने कसैलाई इसिडिको मात्र खुवाइएको छ ।
इसिडी शिक्षिका शारदा बराललाई बिब्यसले प्रावी तहको तलव खुवाएको छ । २०७८ कार्तिक ११ गते बिब्यसको बैठकबाट निर्णय गराइ सारदा बराललाई प्रावि तहको तलव खुवाउने निर्णय गरिएको छ भने सोही पदमा सोही तहकि अर्कि शिक्षिका सावित्री पौडेललाइ इसिडी तहको मात्र तलव दिएर बिध्यालय ब्यबस्थापन समितिले बिभेदजन्य कार्य गरेको छ । ब्यबस्थापन समितिले यस्तो अर्गेलो र बिभेद्पुर्ण निर्णय गरेको हो । नेकपा एमालेका स्थानिय नेता कृष्ण प्रसाद न्येउपाने बिब्यसको अध्यक्ष भएको बेलामा यस्तो पक्षपाती निर्णय गराएको बुझियो ।त्यतिखेर प्रधानाध्यापक ताराप्रसाद पोखरेलले थिए । सारदा बरालका श्रीमान बासु बराल सोही वडा न ६ का वडा सदस्य हुन । उनी पनि एमाले कार्यकर्ता हुन । हाल बिध्यालयको ब्यबस्थापन समितिमा वडाले उनैलाइ ब्यबस्थापन समितिको पदेन सदस्यमा पठाएको छ । तर बासु बराल आफ्नो कार्यकालमा श्रीमतीको तलब नबढाएको बताउछन ।क
तालबाराही माबी भित्र यो लगायत धेरै अनियमितता र बेथिती रहेको हालका नवनियुक्त बिब्यस अध्यक्ष गिरिराज अधिकारी बताउछन । स्कुलको जग्गा भाडामा अपारदर्शीता , भाडा असुलिमा असफलता लगायतका कार्यहरु उपर गम्भीरतापूर्वक हेरिने उनले बताएकाछन ।
शिक्षक बर्खास्ती र पुन अर्को बिज्ञापन निकाल्नुको कारण र यथार्थता थप अध्यनको बिषय रहेकोले आफुले पुरै बुझेर मात्र प्रतिक्रिया दिने वडा शिक्षा समितिका सयोजक समेत रहेका वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले बताएकाछन । उनले भने”कुनै पनि प्रकारको अनियमितता र अपारदर्शी कार्यशैली स्वीकार्य छैन । ”
त्यति मात्र होइन रोपनिको करोडौ मुल्य पर्ने डिहिकोपाटन हल्लनचोकमा रहेको बिध्यालयको ३ रोपनी भन्दा बढी जग्गा मिचिएको छ । स्थानीयले बाटो निकाल्दा सरकारी जग्गा मिचेको खुलेको छ । कसले कति मिचे , त्यो भने अख्तियार लगायतका निकायले छानबिन गर्नुपर्ने देखिएको छ । उल्फाको धनले फुपुको सराद्दे गरे जस्तै भएकोछ राज्यकोध्यान जाओस ।
धरौटी मासेर तलव खुवाउने बिब्यस , सहकारीमा कानुन बिपरित बचत राख्ने र फिर्ता लिन नसक्ने पनि बिब्यस , बिध्यालय कोषको रकम खट्टे झै मनोमानी बाड्ने पनि बिब्यस , शिक्षकमै विभेद गर्नेपनी बिब्यस ! जग्गा अतिक्रमण हुदापनी मौन बस्ने बिब्यस , शिक्षक निकाल्नेपनि बिब्यस पुन बिज्ञापन गर्नेपनी बिब्यस ! यो बिकृति टुलुटुलु हेरेर बस्ने पनि बिब्यस ! कहिले होला छानबिन र नियमन ?




प्रतिक्रिया दिनुहोस्