२०८२ चैत्र १
०६१४४५०००, ९८५६०३३३९१

औषधि व्यवसायी संघ कास्कीको दोश्रो अधिबेशनबाट धिरज गौतमको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित

नेपाल औषधि व्यवसायी संघ कास्कीको दोश्रो जिल्ला अधिबेशनले धिरज गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ। निबर्तमान महासचिव  पुर्ण काजी बस्नेतलाइ पराजित  गर्दै गौतम बिजयी बनेकाहुन ।
शनिबार सम्पन्न मतदानमा  सन्तोष पराजुली बरिष्ठ उपाध्यक्ष, थोक तर्फको उपाध्यक्षमा  सुमन तिवारी , खुद्रा तर्फको उपाध्यक्षमा अर्जुन कार्कीलाई चयन गरेको छ। त्यस्तै सोही अधिबेशनले महासचिवमा अमृत थापा, कोषाध्यक्षमा बिक्रमराज पहारी, सचिवमा राम पौडेल र उप-कोषाध्यक्षमा शिर्षक शर्मालाई निर्वाचित गरेको छ । 

 

 

एस्तै गणेश बञ्जाडे,सुमन सापकोटा, सीता सुवेदी, शोभाकर पाण्डे र कमला गौतम उक्त नव निर्वाचित कार्यसमितिको सदस्यमा चयन भएको नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेश समितिका अध्यक्ष कृष्ण प्रसाद पान्डेले जानकारी  गराएका छ्न । १५ सदस्यीय समितिमा १ जना निबर्तमान अध्यक्ष र एक जना मनोनीत सदस्य रहने कानुनी  प्राबधान  रहेको अध्यक्ष  पान्डेले बताए । 
  नब निर्बाचित कार्यसमितिले शनिबारनै सपथ लिएको छ भने पदस्थापन कार्यक्रम हुन बाकी छ । नबनिर्बाचित कार्यसमितिको कार्यकाल ३ बर्षको हुनेछ ।नबनिर्वाचित अध्यक्ष  धिरज गौतमले अग्रजहरुको राय सुझाव लिएर संघलाई मर्यादित  र नमुना बनाउने बताएकाछन । औषधि  ब्यबसाय भित्र रहेको बिकृती र बेथितिलाई न्यूनीकरण गर्न कुनै कसर नराख्ने गौतमले बताएका छन

प्रतिक्रिया दिनुहोस्