पुर्बी चितवनको लोकप्रिय मन्टेस्वरी बाल बिकाश तथा अन्वेषण केन्द्र (Child development and research center (CDRC Montessori) ले एक बृहद कार्यक्रमका बीच ६ ठौ दिक्षान्त समारोह आगामी चैत्र १० गते गर्ने भएको छ । माननीय हरि ढकालले दिक्षान्त समारोहको उद्घाटन गर्ने कार्यक्रम तय भएको मन्टेस्वरिका प्राचार्य लक्ष्मी थापा खरालले बताइन ।
मन्टेस्वरीले बाल मनोबैज्ञानिक शिक्षण पद्धति बाट कलिला बालबालिकाहरुलाई प्ले ग्रुप देखि यु के जि सम्मको पठनपाठन गर्दै आएको छ । यस
दिक्षान्त समारोहमा यु के जिका १५ जमा नानी बाबुहरुलाइ बिध्यालय शिक्षाको लागि बिदाइ गर्ने कार्यक्रम रहेको सन्चालिका अन्जना थापा खरालले बताइन । मन्टेस्वरिमा १२० भन्दा बढी बाबू नानिहरुले सेवा लिइरहेका छन।
दिक्षान्त समारोहमा बाबू नानिहरुले विभिन्न सास्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने भएका छन । भोलिका कर्णधार आजका बालबालिकालाई सानै बाट सीप शिक्षा र सस्कार सिकाउदै लगिएको प्राचार्य लक्ष्मी थापा खरालले बताइन । आगामी दिनमा मन्टेस्वरिलाइ समय र युग सुहाउँदो शिक्षामा।अझै परिस्कृत बनाएर लैजाने नीति लिइएको प्राचार्य थापाले बताइन।
२०८३ जेष्ठ १२
०६१४४५०००, ९८५६०३३३९१
चैत्र १० गते CDRC को दिक्षान्त समारोह हुने
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्