२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

पोखरा १६ मा बृक्षरोपण , सुन्दरता सङ्गै बाताबरणमा योगदान पुग्ने

पारिजात खराल/सराङ्कोट

पोखरा महानगरपालिका वडा न १६ मा अमला बिसौनी पानी ट्याङ्की देखि चमेरी गुफा नर्सरि हुँदै महेन्द्र गुफा सम्मको सडक किनारा र फुट ट्र्याक छेउमा विभिन्न प्रकारका आकर्षक फुलका बिरुवा रोपिएको छ । गुल माउर , पारिजात फुलका करिब १५० बिरुवा रोपिएको ब्यबस्थापनको जिम्मा लिएको बिन्ध्यबासिनी मा बि पोखरा १६ को ब्यबस्थापन समितिको अध्यक्ष सन्दिप थापाले बताए ।
वृक्ष रोपण कार्यक्रममा पोखरा १६मा रहेका बिभिन्न १० वटा सामाजिक संघ सस्थाहरुले सहकार्य गरेका थिए । वृक्षारोपण कार्यक्रमको व्यवस्थापन : श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय पोखरा-१६, बाटुलेचौर रहेको थियो भने सहयोगी सस्था हरुमा

– डिभिजन वन कार्यालय, कास्की
– वडा कार्यालय, पोखरा-१६
– ढाडाकोपाखा सुन्दर वन बाटिका सामुदायिक समूह, पोखरा-१६
– गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था, पोखरा-१६
– संरक्षण आमा समूह, पोखरा-१६
– मैदान आमा समूह, पोखरा-१६
– प्रगतिशिल आमा समूह, पोखरा-१६
– हिमालय क्लब, पोखरा-१६
– वातावरण संरक्षण क्लब, पोखरा-१६
– अमला विसौनी टोल विकास संस्था, पोखरा-१६
– बगाले थापा कुल संरक्षण समिति, पोखरा-१६,
– भु पु बिध्यार्थी मन्च, श्री विन्ध्यवासिनी माध्यमिक बिध्यालय, पोखरा १६ रहेका थिए ।
वृक्ष रोपण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा मनपा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले सुन्दर बातावरण निर्माणका लागि मौसम अनुसारको वृक्ष रोपण गर्न जरुरी रहेको औल्याउँदै रोपिएको बिरुवाको सरक्षण र गोडमेलमा पनि ध्यान दिनुपर्ने बताएका थिए । बिन्ध्यबासिनी माबिले हरेक बर्ष बर्षमा वृक्ष रोपण कार्यक्रमको आयोजना गर्दै आएको छ । बिरुवा कास्की र पर्बतको बन नर्सरीबाट ब्यबस्था गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्