पोखरामा विभिन्न समयमा क्रिकेट प्रतियोगिता गर्दै आएको पोखरा स्पोर्ट्स म्यानेजमेन्टले यही भदौ २१ गतेदेखि खुला टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । सिद्धार्थचोकस्थित सचिवालयमा भएको पत्रकार सम्मेलन तथा जर्सी रिभिल कार्यक्रममा उक्त कार्यक्रमका संयोजक विनय सुवेदीले छरिएका रहेका युवाहरूलाई एकजुट गरी खेलको माध्यमबाट जोड्ने, भाईचारा बढाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिएका थिए ।
भदौ २१ देखि २६ सम्म मालेपाटनस्थित बाराही स्कूल खेल मैदानमा हुने प्रतियोगितामा आयोजकसहित कुल १४ टिमको सहभागिता हुने बताइएको छ ।
खेलमा बिजेताले प्रथम पुरस्कार रु. ५०,०००, ट्रफी, मेडल र प्रमाणपत्र साथै दोस्रो पुरस्कार रु. २५,०००, ट्रफी, मेडल र प्रमाणपत्र रहने छ । साथै म्यान अफ द टुर्नामेन्ट, बेष्ट बलर, बेष्ट ब्याटर र म्यान अफ द म्याचलाई पनि ट्रफी, मेडल र नगद पुरस्कार हासिल गर्नेछन ।
साथै आजै भएको जर्सी रिभिल कार्यक्रममा आयोजक टिमको सम्पूर्ण जर्सी स्पोन्सर गर्ने सुदा साहुको पूजा पसलका सञ्चालक सोनु कुमार गुप्ताले आयोजक टिमका कप्तान अमृत गुरुङलाई जर्सी हस्तान्तरण गरेका थिए । साथै उहाँले खेलको दौरान दर्शकहरूबाट एक हातले क्याच गर्ने लाई पनि रु. ५०० को दरले पुरस्कार पाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्