संघीयता कार्यान्वयन भए यता केन्द्र र जिल्लाको अधिकार पालिकामा गएको छ । पालिका सरकारलाई सार्बजनिक कोषबाट मनमौजी खर्च गर्ने अधिकार कानुनले दिएपछी चालू खर्चमा व्यापक बढोत्तरी भएको पाइन्छ । सन्तुलन र परिक्षण गर्ने जनप्रतिनिधि र कर्मचारी बीचमा नै मिलेमतो भएपछी चालु खर्चको भोलुम ह्वात्तै बढेको छ ।
पालिका र वडा कार्यालयहरुमा चालू र बिबिध खर्च शिर्षकमा छुट्याउने बजेट खर्च अपारदर्शी र अस्वभाविक लाग्ने गरेका छन । सेवा गर्न गएका जनप्रतिनिधिहरु सुबिधा लिनमै केन्द्रीत देखिन्छन । त्यसको फाइदा कर्मचारीले पनि लिदै आएका छन । बजेट खर्चको अख्तियारि कर्मचारीमा निहित हुने र बजेट अनुमोदन कार्य जनप्रतिनिधिले गर्ने भएपछी कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा पालिकाको सार्बजनिक कोषमा मनोमानी हुने गरेको पाइन्छ ।
यसपाली हामिले बेनि नगरपालिकाले एक बर्षमा भ्रमण घुमफिर , इन्धन र मर्मत खर्च कसरी गरेको छ भन्ने तथ्याङ्कलाई आधार मानेर समीक्षा गर्ने जमर्को गरेकाछौ ।
बेनि नगरपालिकाले आ ब २०८१/०८२ मा ३० लाख भ्रमण खर्च छुट्याएको थियो । प्रमुख प्रशासकिय अधिकृत देखि कार्यालय सहयोगी सम्म गरु ६१ जना कर्मचारिले घुमफिर भ्रमण गर्दा एक बर्षमा २१ लाख बढी खर्च गरिएको खुलेको छ । उक्त भ्रमण खर्च कर्मचारीको लागि मात्र हो । जनप्रतिनिधिहरको लागि प्रदेश सरकारले बनाएको कानुन बमोजिम छुट्टै बजेट खर्च हुनेगर्छ ।

यस्तै बेनि नगरपालिकाले कर्मचारी र कार्यालय प्रयोजनको इन्धन खर्चको लागि ३० लाख बजेट छुट्याएको थियो । त्यसमध्य १२ लाख ७४ हजार ७२९ रुपैयाँ खर्च भएको बेनि नगरपालिकाले लिखित जानकारी सराङ्कोटलाइ उपलब्ध गराएको छ । यस्तै जनप्रतिनिधिले ५ लाख ७५हजार रुपैयाँ इन्धन खर्च गरेकाछन ।
नगरपालिकाले सवारीसाधन मर्मत सम्भार खर्च शिर्षकमा ११ लाख ९४ हजार खर्च गरेको बताएको छ । जनप्रतिनिधिले चढ्ने सवारीसाधनको मर्मत खर्च बापत २ लाख रुपैयाँ खर्च भएको छ । मर्मत खर्च सरकारी नम्बर प्लेट अङ्कित सवारीसाधनलेमात्र पाउछ । बेनि नगरपालिकाले भ्रमण तथा घुमफिर खर्च , इन्धन तथा मर्मत खर्च बापत बार्षिक करिब पचासी लाख बजेट बिनियोजन गरेको पाइएको छ भने खर्च पौने करोड भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्