
मुलुक कोरोना भाइरस (कोभिड–१९) महामारीको त्रासमा वाँचेको छ । सरकार जनताको जीउ धन जोगाउन मुलुकभर लकडाउन गर्न वाध्य छ । करिव ३ करोड नेपाली जनता घर, डेराभित्र थुनिएर उकुसमुकुस जीवन गुजार्न बाध्य भएका छन् । देशभित्रका उद्योग, कलकारखाना, स्कूल, क्याम्पस, अस्पताल लगायत सवै खाले उद्योग वाणिज्य क्षेत्र ठप्प छ ।
यो विषय परिवेशमा अत्यावश्यक सेवा संचालन ऐन भित्र पर्ने केहि सिमित कार्य तथा व्यवसायलाई मात्र छुट गरिएको छ । ति अत्यावश्यक सेवा मध्य खाद्यन्न खरिद विक्री पनि पर्दछ । खाद्यन्न भन्नाले दैनिक जीवनमा आवश्यक पर्ने जरुरी खाद्य पदार्थ दाल, चामल, तरकारी, नुन, तेल, पानी पर्छन् । यहि प्रावधान अनुसार सरकारले मुलुकमा स्वास्थ्य संकटकाल लागेका वेला खाद्यन्न पसल तथा स्टोर्सहरुलाई खोल्न व्यापार गर्ने छुट दिएको छ तर केहि व्यापारीहरुले मौकाको फाइदा उठाएर रक्सी, वियर, ह्वीस्की व्राण्डीको समेत ओसार पसार र वेच विखन गर्दै आएको पाइएको छ ।
सराङकोट साप्ताहिकले गत हप्ताको अंकमा भाटभटेनी सुपरमार्केट लगायतका खाद्यन्न किराना पसलहरुले अत्यावश्यक सेवा कानून विपरित गई मदिराजन्य पदार्थको कारोवार गरिरहेको समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन प्रश्चात कास्की प्रहरीले निगरानी गर्दा पोखरामा वाक्लै रुपमा मदिरा ओसार पसार कारोवार हुने गरेको फेला परेको जानकारी सराङकोटलाई प्राप्त भएको छ ।
सोमबार मात्र सेलवेज डिपार्टमेन्टल स्टोर्सको बा ११ च ८९२६ नम्वरको भ्यानमा अन्य खाद्य वस्तुहरुको भित्र राखेर २ कार्टुन ओल्ड दरवार व्ल्याक सिम्नी, ४ कार्टुन ओल्ड दरवार, ३ कार्टुन ८८४८ व्राण्डको भोड्का आफ्नो स्टोर्समा लैजादै गर्दा प्रहरी चेकिङले फेला पारी नियन्त्रणमा लिएको छ । पोखरामा रहेका सेलवेजका विभिन्न स्टोर्सहरुमा मदिराको खुल्ला कारोवार भईरहेको भेटिएको छ तर सेलवेजका संचालक सुशिल प्रधाना· नियमित ग्राहकको माग बमोजिम र कर्माचारीहरुले प्रोत्साहन कमिशनको लोभमा विक्रि गरिएको हुन सक्ने भन्दै पन्छिन खोजेको थिए । लकडाउनमा मदिरा विक्री ओसार गर्न नहुने बारेमा जानकारी भएको पनि उनले बताए । यस्तै के.एम.डि. इन्टरप्राईजेज रानिपौवाले ग १ ख २५२० नम्वरको मिनि ट्रकको कन्टेनर भित्र खाद्यन्नको वोराले छोपेर २ कार्टुन अर्ना वियर ओसार पसार गर्दै गर्दा फेला पारी जिप्रका कास्कीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार केसीले वताए।
यस्तै वडा प्रहरी कार्यालय वगरले आफ्नो कार्यालय आसपास चेक जाँच गर्दा हरिचोकका किराना खाद्यन्न वेच्ने ४ वटा पसलहरुबाट विभिन्न व्राण्डका रक्सी, वियर विक्री गरिरहेको फेला पारी नियन्त्रणमा लिएको वताएको छ ।
स्वास्थ्य संकटबाट जोगिन गरिएको लकडाउनका वेला नाफा कमाउने नियतले पाएको छुटलाई दुरुपयोग गरी मदिरा वेचविखन गर्ने भाटभटेनी, सेलवेज लगायतका ठूला साना सवैलाई सुक्ष्म निगरानी गरेर कारवाही गरिने प्र.ना.उ. केसीले वताए । जसलाई जे काम वा व्यापार गर्न छुट दिएको छ त्यतिमात्र गर्न पाइन्छ वढी गरे वा गराएमा व्यवसाय संचालनमा रोक लगाउने देखि कानून वमोजिम कारवाही समेत हुन सक्ने केसीले वताउँछन् ।
यतिखेर देश र जनता दुवै संकटमा छन् । भोक र रोगबाट कसरी वच्न सकिन्छ भनेर मितव्ययी जीवन जिउनु पर्ने वेला रक्सी वियर ह्वीस्की र व्राण्डीको व्यापार कारोवारलई पूर्णतया वर्जित गरिएको छ । खाद्यन्न किराना वेच्ने खोल ओढेर मदिरा कारोवार गर्नेलाई खोजी खोजी कारवाही गर्नु पर्छ त्यतिमात्र हैन राज्यको निति नियम, निर्देशन उल्लंघन गर्नेको व्यवसाय नै वन्द गर्नु पर्ने तर्फ कडा कदम चाल्नु जरुरी छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीले संकटको समयमा जारी गरिएका नीति नियम र निर्देशन उल्लंघन गर्ने उपर स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अनुसार कारवाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी श्रीनाथ पौडेलले वताएका छन् । कस्तो कारवाही हुन्छ त्यो भने हेर्न वाँकी छ ।
प्रतिक्रिया दिनुहोस्