२०८३ मंसिर ६
०६१४४५०००, ९८५६०३३३९१

बिन्ध्यबसिनी क्याम्पसको अध्यक्षमा शोभामोहन पौडेल सहित ११ सदस्यीय समिती निर्विरोध निर्वाचित

पोखराको बाटुलेचौरमा रहेको बिन्ध्यवासिनी क्याम्पसको ५ औ अधिबेशनले शोभामोहन पौडेलको अध्यक्षतामा ११ सदस्यीय क्याम्पस संचालक समिति निर्विरोध चयन भएको छ । समितिको सदस्यहरुमा नरनाथ भट्टराई , बिनोद अधिकारी , हरिबहादुर बरुवाल , उषा बरुवाल , बिश्णु नेपाली ,मीनबहादुर गुरुङ , मोहनकुमार सुनार , बलबहादुर श्रेष्ठ , प्रकाश तिमिल्सिना ,र टेकनाथ आचार्य रहेकाछन । संचालक समितिको कार्यकाल ३ बर्षको हुनेछ । अधिबक्ता शालिकराम भट्टराईको अध्यक्षतामा गठित निर्वाचन समितिले चुनावी कार्यक्रम सप्पन्न गरेको थियो । निर्वाचन समितिमा रुद्रबहादुर थापा , अग्निधर शर्मा तिमल्सिना , हिमलाल अचार्य र रुद्रनाथ देवकोटा रहेका थिए ।
क्याम्पसको १५ औ साधारणसभा तथा ५ औ अधिबेशनको उद्घाटन गर्दै अग्रज शिक्षासेवी नरहरी भट्टराईले सामुदायिक क्याम्पस जोगाउन सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउदै आफुले जीवनभर शिक्षण पेशामा गुजारेको अनुभव सुनाएका थिए । क्याम्पस प्रमुख सुमनकेशव पराजुलीले क्यम्पसका गतिविधि ,आर्थिक विवरण र कर्ययोजनाको बारेमा प्रस्ट्याएका थिए । क्याम्पस सन्चालक समितिका अध्यक्ष दानबहादुर बानियाले आफ्नो कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर र आर्थिक कोष बृद्दी गरेको बताएका थिए ।
क्याम्पसका सभा सदस्य शोभामोहन पौडेल , बिन्ध्यवासिनी माविका सहायक प्र अ शिवप्रसाद सापकोटा , सदस्य मोहन सुनारले शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष शोभामोहन पौडेलले आफू राजनीतिक प्राणी भएपनी क्याम्पस बाहिरै राजनीतिक जुत्ता फुकालेर निस्वार्थ सेवा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
साधारणसभामा कार्यसमिति सदस्य दुर्गा केसि थापाले स्वागत मन्तव्य राखेकिथिइन । अध्यक्ष दान बहादुर बानियाको अध्यक्षतामा आयोजित कार्यक्रमको सन्चालन भिम गायकले सन्चालन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्