२०८२ बैशाख ५
०६१४४५०००, ९८५६०३३३९१

बाटुलेचौरको काण्डले जि.प्र.का.मा तनाव, केहि वेर झडप

किरिया पुत्री भवन प्रयोग गर्न नदिएर जातिय विभेद गरिएको भन्दै पोखरा १६, हेल्थपोष्टका मोहन सुनारले जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गराएपछि स्थानिय र उजुरी कर्ता वीच तनाव सिर्जना भएको छ । उजुरीकर्ता पक्षले अनुसन्धान ढिला गरेर आरोपितलाई जोगाउन खोजेको भन्दै २३ गते मंगलबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएको थियो । सोही क्रममा रिपोर्टिङका लागि पुगेका पत्रकार प्रेम नेपाली ले आफू माथि दुव्र्यवहार गरेको बताएका थिए ।
२३ गते साँझ नै कास्की प्रहरीले आरोपित हरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेका व्यक्तिहरुलाई २४ गते वुधवार अदालत म्याद थप्न जान लाग्दा पक्राउ परेका व्यक्तिहरुको पक्षमा धर्ना दिन गएका हरु र प्रहरी वीच केहि वेर झडप भएको थियो । केहि वरेको झडपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र केहि घण्टा भित्र रिहाइ गरेको प्रहरी प्रवक्ता राजकुमार केसीले वताए ।

प्रतिक्रिया दिनुहोस्