Prabhu Bank Ad

के यहि दिन देख्नकै लागि हो त ‘गणतन्त्र’ ?

शिवराज वस्ताकोटी (शिवदाई)
12 June, 2020 10:54 am
Shiva Raj Bastakoti

लामो सघर्ष र बलिदानीबाट ल्याएको सघिय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताका लागि कतै घाँडो भएको त होइन भन्ने संकेतहरु पछिल्लो समयमा देखिदै आउन थालेका छन् । किन भने हिजो साराका सारा नेपालीहरुसँग देस राजसंस्था नामक एउटा सेतो हात्तिले तहस नहस पार्यो । यो सेतो हात्तीलाई नेपाली जनताले पाल्न सक्दैनन् भन्दै सम्पूर्ण खर्चको फेहरिस्त आम जनतालाई देखाउदै सेतो हात्ती फाल्नु पर्छ, भन्दै जनतासँग हार गुहार गर्दै सेतो श्री ५ नामक हात्ती सदाका लागि फाल्ने विभिन्न दल र नेताहरू नै पछिल्लो समयमा भने स्वंय अघोषित राजा जस्ता बन्दै अप्रत्यक्ष श्री ५ बन्दै एउटा हात्तिको बदला हजारौ हात्तीका बथान बन्न थाले पछि भने नेपाली जनता बेस्सरी झस्किन थालेका छन् र सोच्न बाध्य भएका छन्, कतै हामिले सेतो हात्तीलाई विस्थापित गरेर गल्ती त गरेनौ भनेर आफैले आफैसँग प्रश्न गर्न थालेका छन्।

झन् यतिबेला चाइनाबाट उत्पति भएर संसारलाई तहस नहस पार्दै विश्व भ्रमण गर्दै भारतको बाटो हुँदै नेपाल छिरेको कोरोना भाइरस कोभिड–१९ ले त नेपाली जनतालाई यति सन्त्रास भएको छ कि भनी साध्य छैन । त्यसबाट बच्न सुरक्षित हुनका लागि सरकारद्वारा गरिएको लकडाउनले गर्दा नेपाली जनता एकातिर कोरोनाको डर त्रास अर्कोतिर भोकमरीको दोहोरो पिडाले यति उकुस मुकुस भएका छन् कि यसको कुनै लेखाजोखा नै छैन । अब भोकै बसेर सुरक्षित हुनेकि पेटभर खाएर असुरक्षित जीवन बिताउने सबैमा यिनै प्रश्नले डेरा जमाएको छ ।

एकातिर सरकार कोरोना नियन्त्रणकै लागि र आम जनतालाई राहत वितरणमा १० औ अर्व खर्च भै सकेको बताउँछ अर्कोतिर जनता राहत नपाएर सडकमा नै निस्कने हुन् कि भन्ने खतरा छ एकातिर विश्व जगतले नेपाल सरकारलाई यति सहयोग गर्यो उति सहयोग गर्यो स्वास्थ्य सामग्री यति र उति हस्तान्तरण गर्यो फलाना सहयोगी सस्थाले दाताले यति सहयोग गरे उति सहयोग गरे भन्ने समाचार आउँछन् अर्कोतिर राहत नपाएर जनता भोकै स्वास्थ्य सुरक्षा सामग्री नपाएर स्वास्थ्यकर्मी सुरक्षाकर्मी डरलाग्दा त्रासले डिउटीमा खट्न असमर्थ भन्ने समाचार आउन थाल्छन् त्यति मात्रै कहाँ हो र निजि क्षेत्रले राहत बाँडन् नपाउने एकद्वार प्रणालीद्वारा राहत बितरण गर्नु पर्ने बाँड्न लागे पनि प्रहरी पठाएर रोक लगाउने राहत माग्नेहरु ाई कतै नागरिकता कतै घरभेटिको सिफारिस कतै पाटिकै सिफारिस त कतै टोलविकास संस्था आमा समूहको सिफारिस चाहिने भन्दै सर्वसाधारण जनतालाई सास्ती दिने काम पनि नभएको होइन । सर्वसाधारण भन्छन् –“राहत पाएनौ पाए पनि पाँच किलो चामल एक किलो दाल कति दिनलाई चलाउने” भन्दै पीडा पोख्छन् । अब हामी सुरक्षित हुनका लागि कोठामा भोकै मर्ने कि बाँच्नकै लागि मजदुरी गरी खान जाने हाम्रा सबै ढोका बन्द भए पछि हाम्रा लागि अब एउटै ढोका छ घर भित्रै कि मृत्यु कि आत्म हत्या अरु विकल्प पनि त छैन ।

त्यसैले भन्नै पर्छ सरकार लाई जनता सधै चाहिन्छ जनतालाइ सरकार यस्तै महामारी विषम् परिस्थितिमा चाहिन्छ जसले गर्दा यस्तो बेला जनताले सरकारको खोजी गर्छन् हिजो आफैले बनाएको सरकार खोजिरहेका छन् तर वास्तवमै भन्ने हो भने चुनावताका नेताहरुले भन्ने गरेको सरकार आम नेपाली जनताले अझै पनि पाएका छैनन् अर्कोतिर कोरोना सक्रमित झन् यति पिडै पिडामा छन् कि एकातिर कोरोनाबाटै मृत्युु हुन्छ कि भन्ने त्रास अर्को तिर खानका लागि उपलव्ध छैन निस्तो भात चिसो गाई भैसिको गोठ जस्तो भुइमा बिताउनु पर्यो रात भनेर पीडा पोखि रहेका छन् ।

यतिबेला स्वदेसका भन्दा पनि विदेसबाट आएका नेपाली दाजुभाइहरुमा बढि सक्रमण देखिएको भनिए पनि उनीहरुलाई नेपाल भित्र्याएर राम्रोसँग राख्ने ब्यवस्थापन हुन नसकेको स्वंय जनप्रतिनिधिहरुले नै स्विकार गरि रहेका छन् । संक्रमितको संख्या दिन प्रतिदिन दुगुना रात चौगुना बढि रहेको छ । एकातिर कोरेन्टाइनमा राख्ने भनेर लगिन्छ अर्कोतिर हप्तौ दिनसम्म परिक्षण गरिदैन भने पछि हामी अनुमान लगाउ त संक्रमितको मनमा के गुज्रिरहेको होला । उता देसै भर लगभग तिनै तहका सरकारमा भएका मन्त्री सांसद कर्मचारी र उनीसम्म पौच भएका टाठा बाठाहरुको भने कतिपय अवस्थामा दुइदिनमै रिर्पोट आएको खवर सुन्दा झन् कस्तो लाग्ला उनलाई कति हिनता बोध होला अनुमान लगाउन कठिन छ अब यस्तो अवस्था भएपछि कसले सोच्दैन र विकल्पको बारेमा हिजो चुनावमा जनतासँग हामि तपाइकै सेवक होउ नोकर होउ भन्दै जुम्ला हात गरेर भोट मागेका दयाका भिखारीहरुलाई त्यो टण्टलापुरे घाममा टाट्टिएर भोट हालेर जिताएर पठाएकाहरु बाटै कोरेन्टाइनमा बसेकाहरुको परिक्षण गर्ने कुरा त परै जाओस् पहिला आ–आफ्नै परिक्षणमा ब्यस्त भएर लागेको देख्दा कसको पो मन रुदैन र अझ कहिले राहत बाडेको फोटो आउने त कहिले टिभिमा घोक्रो फुलाई फुलाई हामिले ब्यवस्थापन गरेका छौ कुनै कसर बाँकि राखेका छैनौ भनेको देख्दा र सुन्दा ती भुक्तभोगि सर्वसाधारणको मनमा आगो नबलेर मुल फुट्ला त । यता फेरि सर्वसाधारण जनताको जब मृत्यु हुन्छ तब कोरोना संक्रमित भएको प्रमाणित हुन्छ र रिर्पोट सार्वजनिक गरिन्छ भने पछि अब नेपाली जनताले कहिलेसम्म यस्ता दुख र कष्ट भोगि रहने र अब चाइनाको वुहानमा भाइरसले जन्म लिए जस्तै हरेक नेपालिको मनमा के हामिले यहि दिन देख्न र यस्तै अवस्था भोग्नकै लागि गणतन्त्र ल्याएका होउ यिनलाई विश्वास गरेर लाईनमा बसेर घाममा टाट्टिएर भोट दिएका होउ भन्ने प्रस्नै प्रस्नको बौछारले जन्म लिन्छ लिन्छ उता अर्को तर्फ फेरि सरकारले लकडाउन आफैले गराएको छ जसले गर्दा देस ठप्प छ अर्थतन्त्र भासमा गएको अवस्था छ कुनै पनि जनताको मनमा एउटै प्रस्न छ अब कसरी घरपरिवार चलाउने कसरी भरपेट छाक टार्ने कसरी कोरोनाबाट बच्ने र आफ्ना परिवारलाइ बचाउने सबैको मनमा एउटै पिरलोले आगोमा पिरलेको मकै जस्तो गरि पिरलि रहेको बेला पिडै पिडाले मन जलि रहेको बेलामा सरकारले झन् बडो जनउत्तर दायित्व बोधभएको सरकार भएझै गरि समयमै कर बुझाउ भन्दै आगोमा घिउ थप्ने काम गरि रहेको छ अर्थ मन्त्री ज्यु ले त यति सजिलै कि सरसापट गरेर भए पनि कर तिर्नु पर्छ तिर्नु होस् भनिदिए ।

सरसापट को सँग माग्ने प्रश्न यहिनेर छ आखिर पीडा त सबै लाई छ बरु यतिवेला नेता मन्त्री सासदहरु सग जति पैसा छ त्यति सायद व्यापारीहरु सग पनि नहुन सक्छ । जनताको मनमा त यहि कुरा छ हिजो नेता गरिव थिए हुन्थ्ये र जनताकोमा मबै रोटो खान्थ्ये अहिले नेता गरिव हुदैन नेता गरिव छैन भन्ने कुरा जनता ढुक्क भन्न सक्ने भएका छन् किन भने देखिएकै त्यस्तै छ त बरु यदि नेताहरु यो सरकार विवेकशिल भएको भए लकडाउनमा सचालन अनुमति नपाएका ब्यवसायि बाहेकका सबैले कर बुझाउनु हुन निर्देस गरेको भए जनताले केही विवेकशिल न्याय गरेको अनुभूति गर्ने थिए सरकारको दिमाख मा त्यति कुरा पनि आएन ।

यि र यस्ता कुराहरुले गर्दा सरकार शासक प्रति जनता यति रुष्ट हुन थालिरहेका छन् कि कतै हामिले हाम्रा लागि गलत शासक र गलत ब्यवस्था त रोजेनौ भनेर आ आफै भित्र घोत्लिईर सोच्न थालेका छन् त्यसैले भन्नै पर्ने हुन्छ सरकारले बेलैमा चेतोस् जनताले सहन सम्म सहन्छन् जति पीडा भएनि निदाउछन् जब व्युझन्छन् नि त्यति बेला अगाडि र पछाडि केहि देख्दैनन् । राम राम भन्न न सकिन्छ काध थाप्न ता सकिन्न नि त्यति बेला काध थाप्ने ठुला ठुला शक्तिहरुले पनि काध फेर्दिनेछन् । जसरि कोरोना भाइरसको कुनै औषधि र उपाय छैन ठिक त्यसै गरि शासकहरुलाई पनि उपायहिन भए पछि पछुताउनु सिवाय केही रहने छैन । फेरि सल्लाहकार कै जम्बो टोलि राखेर यति ठूलो देस हाक्नेहरु लाई नेपाली जनताले भनेर हुदैन सडकमै नगए सम्म सरकारले सुन्दैन यो नेपाली शासक हरुको परम्परागत शैली न हो यता देसमा सर्वत्र कतै सस्थागत कतै राजनितिगत कतै नातागत कतै नेतागत कतै शक्तिगत कतै कुर्चिगत कतै पावरगत कतै भक्तगत कतै ब्यक्तिगत कतै सुचनागत भ्रष्टाचार भै रहेका छन् सरकार मात्र होइन अख्तियार जस्ता निकाय हरु समेत कहिले कहि फाट्टफुट्ट कालिज मारे जस्तै कारवाहि गर्ने नत्र नतमस्तक बस्ने भनी रहनु पर्दैन जनताले देखि सकेका छन् ।

बुझिसकेका छन देस यस्तो अवस्थामा छ कि लथालिंग देसको भताभुङ्ग चाला जस जसले सक्ला उसै उसैले खाला भने जस्तो भैसकेको छ दल हरु एकआपसमै लडि रहेका छन् सबैलाइ आ–आफ्ना एजेण्डा पास गराउनुछ कसैलाइ देस र जनताको माया छैन दल भित्रै खिचातानि चलिरहेछ आन्तरिक कलहले जरा गाडेको छ कोरोना कहरले देस टाट पल्टिने अवस्था छ छिमेकि राष्ट्र हरुले चारैतिर बाट मुख खोलेर हा हा गरि रहेका छन् ससदिय मर्यादा क्रम भङ्ग गर्दै बिदेसि शक्ति ससदमै प्रवेस गरेको संकेत देखिन थालेको छ देसकै ठुला ठुला नेताहरु समेत स्वदेसको भन्दा विदेसको पक्षपोषण हुने गरि बक्तब्य दिदै गई रहेका छन् देसभर भ्रष्टाचार भैरहदा हुदा पनि कारवाहि गर्ने निकाय बाध्य भएर राजनितिक शक्तिहरुका अगाडि दलाल तस्कर भ्रष्टाचारि माफिया हरुले दिउसै रात पारेको देख्दा पनि निरीह भएर टुलु टुलु हेरेर बस्न बाध्य हुनु परि रहेको छ कानुनको बर्खिलाप गर्दै न्यायालयको आदेस समेत अवहेलना हुँदा समेत जनताले टुलु टुलु हेरेर बसि रहनु परेको छ चौतर्फि सरकारि सम्पतिको चरम् दुरुपयोग साथै बेचविखन नै भइरहेको छ ।

अब लकडाउन खोले पनि नखोले पनि देसको अर्थतन्त्रले धान्न सक्ने अवस्था छैन विदेसि रेमिट्यान्स ७५ प्रतिसत ओरालो लाग्ने अवस्था छ यतिवेला शून्य छ त्यसैले अब सरकारले अलि गम्भीर भएर एउटा न एउटा ओजनदार ठोस निर्णय गर्नै पर्छ देसमा तिनै तहको सरकारको आकार ठूलो छ ससदिय भिड छ त्यसैले अब हिजो देसले रगत मागे रगत दिन तयार छौ भन्ने हरुले देस र जनताकै लागि राजनिती जीवन विताएको भन्ने हरुले बर्षौ युद्द लडेर आएको भन्ने हरुले वर्षौ जेल बसेको भन्ने हरुले आज सम्म त्यहि कुराको राजनितिक ब्याजमा पटक पटक सत्तामा पुगेका वा यस पटक पुगेका सबै स्थानिय तह वडा देखि सघिय सरकार सम्मका सबैले अनाहकमा राजनिती नियुक्ति नातापाता का नाममा राखेका आवस्यक भन्दाबढि कर्मचारि र अगुवा पछुवाहरु समेत लाई स्थगित वा हटाइ सेवा सुविधा तलव लिदै आइरहेका पुर्व बिशिष्ठहरु साथै पुर्व मन्त्री हरुले समेत देसको अर्थतन्त्र पुर्व अवस्थामा नआउदा सम्म कुनै पनि खाले सेवा सुविधा तलव भत्ता नलिने घोषणा गर्न सक्नु पर्छ यदि देस र जनताकै लागि राजनिति गरेको हु भन्ने कुरा लाई आत्मसात गर्ने हो भने होइन जोगि हुन राजनिति गरेको हो र भन्ने हरुले राजिनामा दिने अनि ठेक्का पट्टा व्यापार गर्ने जसले सेवा सुविधा तलव भत्ता नलिइ देसको सेवा गर्छु भनेर आउछ उसले खालि ठाउँ भर्छ जनताले उसलाइ पठाउछन् यो विषम् परिस्थितिमा अन्य बिकल्प पनि छैन ।

यता दाता विस्वजगतले दिएको सहयोग कहाँ कसरी खर्च भएको थाहै छैन वालुवामा पानी भएको छ विकास निर्माणका नाममा गरेको लगानि मट्टीतेल पोखे जस्तो गरि पोखिन्छ विकास निर्माणका काम बर्षौ देखि अलपत्र अवस्थामा छन् जसले गर्दा एउटै टेण्डर मंगाईको बहाना बनाउदै पटक पटक कि त रकम थपिदै जाने कि त पुनः टेण्डर गरी पटक पटक कमिसन कुमल्याउने नियत राख्ने भए पछि देसको विकासले कसरी फड्को मार्न सक्छ देसको खवसणथालाइ गहिरिएर हेर्ने र गम्भीर भएर सोच्ने हो भने देसको अवस्था कहालि लाग्दो छ यदि अब पनि सरकार गम्भीर भएर अगाडि बढेन सयम भएन भने जनता कतै भोकले कतै रोगको डरले सडकमा आउन बाध्य हुनेछन् जसले गरणदा देसमा भोकमरि बाट शुरु भएको विद्रोहले कुनै पनि रुप लिन सक्नेअवस्था आउन सक्छ जुन खतरालाई हामिले बेलैमा अन्त्य गरन सक्नुपर्छ ।

हालै विश्वकै शक्तिशाली र मानवअधिकार रक्षाको सवालमा अग्रपङ्तिमा रहेको भनिएको धनी राष्ट्र अमेरिकामा सुरक्षाकर्मी द्वारा एक काला जाति माथि गरिएको बीभत्स हत्या साथै रङ्भेदको विरुद्दमा देखिएको आन्दोलनमा देखिएका लुटपाटका दृस्यले के प्रष्ट पार्छ भने त्यति सम्पन्ताले भरिपुर्ण देसका जनतालाई ता लुटपाटमा सँगलन हुन बाधयता रहेछ भने हाम्रो जस्तो एक त गरिव त्यसमा पनि झन् कोरोना र लकडाउनबाट पिल्सिएका जनता भोकमरिले सडकमा निस्के भने झन् स्थिति कति भयावह होला अनुमान लगाउन सकिने अवस्था छैन र यहि ढंगले देस अगाडि बढ्दै गयो सरकार पाटिहरु र नेताहरु गैर जिम्मेवार बन्दै गएभने ती दिन नआउलान् भन्न सकिन्न ।

त्यसैले सबै भन्दा पहिला त देस बचाउनु पर्यो जनताको रक्षा गरि जनतालाइ मेरो रक्षाका लागि मेरो सरकार छ भन्ने अनुभूति गराउन सक्नु पर्यो आफ्नो एक रुपया पनि नछाड्ने अनि देस र जनतनका नाममा जीवन समर्पित भन्ने त्यस्ता नेताहरुको अब नेपाली जनतालाई कुनै खाचो छैन । रसियामा राष्ट्रिय संकट पर्दा राष्ट्रपति देखि नेता सासद मन्त्री कर्मचारी लाई समेत सरकारले आब्हान गरेर आधा तलव लिएर देस बचाउन अनुरोध गरेका ईतिहास पनि छन् । सधै सबैको नक्कल गर्ने हामीहरुले यति बेला त्यहि नक्कल किन नगर्ने के एउटा नारायण काजिले मात्रै नक्कल गर्नुपर्ने हो अरु नेताले गर्नु पर्दैन वा विवेकको विर्को नखुलेको हो यदि सरकारले यतिबेला देस र जनताका लागि यी र यस्ता निर्देसन गर्न सक्दैन भने जम्वो मन्त्री मण्डल केन्द्रीय सासद सख्या घटाउदै प्रदेस सरकार खारेज गर्दै स्थानिय सरकार लाई बलियो बनाएर सम्पूर्ण खर्च बचाएर अर्थतन्त्रलाई बलियो बनाउदै राष्ट्रिय सरक्षण गर्न सक्ने आधार खडा गर्न सक्नु पर्छ । यदि त्यसो पनि हुन सकेन खालि उठाउने कर देस धान्ने खरणच जनताकै भर भन्दै एउटा जुवाडेले पैसा माग्दा खेरि सर सापट लिएर भएजि देउन भनेझै सरकारले गर्दै गयो र जनताकै ढाड सेकेरै देस चलाउछु सम्पूर्णलाई तलव भत्ता खुवाउनकै लागि जनता प्रति गैर उत्तरदायि बन्दै त्यस्तो नियत वलि सरकारका अर्थ मन्त्री सहितले राखे भने ती दिन धेरै टाढा छैनन्  ।

जनता भोकमरिको झोकमा भारतिय सरकार बाट मिचिएको सिमा विवाद अमेरिकि एमसिसिका विरुल्द मात्र होइन आफैले मतदिएर जिताएर सबै भन्दा बलियो ऐतिहासिक दुई तिहाइको सरकारका विरुद्द सडकमा उत्रने छन् किन भने भनाइ नै छ यतिबेला सरकारले पोले माथि घोच्ने भने जस्तै जनतालाइ कोरोनाको महामारी र लकडाउनको पिडै पीडा भएको बेला विभिन्न बहानामा घोचि रहेको छ जसले गर्दा अबका जनताले सडकमा निस्केर सेतो हात्ती फेरि आउ बहु हात्ति फर्कि जाउ भन्ने नारा नलगाउलान् भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्: