दुई तिहाइको सरकार किन बन्दैछ लाचार

शिवराज वस्ताकोटी (शिवदाई)
21 October, 2020 10:49 am
Shiva Raj Bastakoti
Advertisements

इतिहासकै विभिन्न कालखण्डमा सायद नेपाली जनताले यसरी अन्तरमनै देखि सुखि नेपालि सम्वृद्द नेपाल भन्ने बाम सरकारको नारा लाई पुर्णता दिन मतदान गरि जिताएर दुइतिहाइ बहुमतको बाम सरकार बनाएक‍ो यो नै पहिलो पटक हुनु पर्छ ।नेपाली जनताले आस र भरोषा गरेको सबै भन्दा बढि विश्वास गरेको सरकार बाटै विभिन्न गतिविधि कृयाकलाप र नेताहरुमा देखिएको प्रवृत्ति र जिवनशैलि देख्दा हिजो नेपाली जनताले त्यो टण्टलापुरे घाममा लाइन लागेर मतदान गर्दा देखेका सबै सपना शिसा झै चकनाचुर भएका छन्।जनताको मनमा भएको आस र भरोसामा दिन प्रति दिन पहिरो जान थालेको छ।
चाहे हिजो नेताहरुले देखाएका सुनौला सपनाहरु हुन् चाहे भुकम्प पिडितलाइ सरकारले दिने राहत ब्यवस्थापनमा होस् चाहे विश्वब्यापि कोरोना महामारिका कारण देसमा देखिएको महामारि भोकमरि शोक र रोगले ग्रस्त भएको वर्तमान अवस्थामा होस् सर्वत्र सरकार खासै जनअपेक्षा अनुरुप जिम्मेवार बन्न सकेको छैन ।सरकार भनेको राष्ट्रको सरक्षक हो जनताको अभिभावक हो तर यतिबेला सरकार न त सरक्षक नै बन्न सकेको छ न त अभिभावक नै बन्न सकेको छ सरकारले नत जनतालाइ सरकार भएकोअनुभुति गराउन नै सकेको छ नत जनताले जनताकै लागि चुनेको सरकार जस्तो दुइ तिहाइ बहुमत प्राप्त गरेको बलियो सरकार जस्तो बन्न सकेको छ नत जनविश्वास अनुरुप त्यस्तो भुमिका नै निर्वाह गर्न सकेको छ।
यसका लागि वास्तविकता र यथार्थ लाई बुझ्न र जान्न अन्त कतै जानू पर्दैन बर्तमान सरकारका पछिल्ला कार्यशैलि र नेपाली जनताले भोगि रहेको वर्तमान अवस्था घटनाक्रम लाई नियाले मात्रै हुन्छ। सिमाक्षत्रमा देखिएको असुरक्षित अवस्था देसविदेसमा अलपत्र परि रहेका नेपाली जनताको अवस्था र दुर्दशा देसभित्रै आम जनता भोक रोग र शोकले ग्रसित मात्रै होइन उपचारको कुरा त परै जाओस् पिसिआर परिक्षणका लागि भौतारिदै अनाथ जीवन जिउनु पर्ने बाध्यात्मक अवस्था त्यति मात्रै कहाँ हो र सरकार स्वयले कहिले राहत दिन नसक्ने भन्ने कहिले समयमै कर बुझाउन बाध्य पार्ने कहिले लकडाउनका नाममा जनतालाई गृह बन्दि जस्तो जीवन बाच्न बाध्य गराउने यति सम्म कि तरकारि दूध लिन जादा लकडाउन उलङ्घन हुने राजस्व बुझनउन जादा भने लकडाउन उलङ्ङन नहुने भने जस्तो गििर निर्लज्ज ढ·ले प्रस्तुत हुने कहिले बेडको अभाव देखाउदै नढल्दा सम्म हस्पिटल नआउनु भन्ने कहिले अब सरकारले पिसिआर परिक्षण गर्न र उपचार गर्न नसक्ने भन्दै घोषणा गर्ने भए पछि के देसले सरक्षण पाएकै छ त के नेपाली जनताले अभिभावक पाएकै छन् त के दुई तिहाइको बाम सरकारले आम जनताको लागि अभिभावकको भुमिका निर्वाह गरेको छ त के सरकार जिम्मेवार बनेकै हो त भन्ने प्रस्नहरु उब्जि रहेका छन् तर सरकार बाट पछिल्ला समयमा भएका घोषणा र प्रस्तुति देख्दा भने सरकार गैर जिम्मेवार भ्रष्टाचार मात्र होइन दिन प्रतिदिन लाचार बन्दै गई रहेको छ।
एकातिर देसको अवस्था र जनताको हालत यस्तो छ अर्कोतिर नेताहरु लाई यसो नाकबाट पातलो पानी आउनु हुदैन ठुलाठुला हस्पिटलमा भर्ना भइ दर्जनौ डक्टर लाई घेरा हालि ठुला ठुला मिडियाको समेत केमरा तेर्स्याइ उपचार गराउनु पर्छ पोजेटिभ देखियो भने पाचतारे होटलमा लाखौ सरकारि सम्पति खर्च गरि कोरेन्टाइनमा बस्नु पर्छ यस्तो महामारी मा सबैको जीवन एउटै हो भन्ने तक हेक्का नभएका यिनै नेताले हिजो अब नेपालि जनताले यो कुम्भकर्णरुपि सेतो हात्ति पाल्न सक्दैनन् भन्दै भाषण गरेको हिजो जस्तो लाग्छ। तर आज आएर जनता कतै एक किलो चाामलका लागि त कतै समयमै पिसिआर परिक्षण गर्न नपाएर त कतै समयमै रिपोट नपाएर भौतारिइ रहेका छन्।त कतै पोजेटिभ देखिए पनि सुरक्षित स्थान नपाएर पिडादायि भोगाइ सगै भौतारिन बाध्य छन् ।
यस्तो कहालि लाग्दो अबस्था बाट देस गुज्रि रहदा जनताले अत्यन्तै कष्टकर जीवन बिताइ रहदा सरकार भने कुम्भकर्ण जस्तो निद्राामा भए जस्तो गर्दै गएको छ शासकहरु भने इतिहासकै निर्दयि शासक बन्दै गई रहेका छन्।
जब जब देसमा संकट महामारी आइ लाग्छ शासक भोकै बसेर भएपनि शासित बर्ग लाई बचाउनु पर्छ राजनितीक धर्मले त्यहि भन्छ तर हाम्र शासकहरु लाई भने भन्दो रहेनछ हाम्रा नेता शासकहरुमा त बरु उल्टै संकटमाथि झन् संकट थपेर भएपनि देसै डुबे पनि रिण माथि रिण थपेरै भए पनि आफ्नो स्वार्थ सेवा सुविधा तलव भत्ता कुनै हालतमा पनि लिनु खानु जनता भनेका त सधै रोइ रहन्छन् भन्ने चरित्र ले भरिपुर्ण चेतना घुसेको रहेछ।
त्यसैले त जनता निरीह प्राणि झै ट‍ोलाइ रहनु पर्ने नेताहरुले असुरले जस्तै हसुरि रहने आवस्था आएको छ झन् कहिले तलव भत्ता बृद्दि गर्दै आएका शासकहरु ता यतिवेला यस्तो विषम परिस्थितिमा जनतालाइ उपचार पिसिआर परिक्षण गर्न पनि नसक्ने घोषणा गर्दै आफुहरु फेरि लाजै नमानि दसैको बेला तलव भत्ता दसै पेस्कि हसुर्दै जाने भए पछि इतिहासमै यो भन्दा लाजमर्दो अवस्था नआएको थियो न भोलिका दिनमा आउन सक्छ।यो भन्दा लाजमर्दो र जनतालाइ पनि घृणा जाग्ने गणतन्त्र आएपछिको ऐतिहासिक कालो कालखण्ड जनताका लागि अरु हुनै सक्दैन ।नेपाली जनताले विर्सनै नसक्ने सदा अविष्मरणिय दुर्भाग्य पुर्ण पिडा र क्षण लाई कसैले बिर्साउन खोजेर पनि नेपालि जनताले बिर्सने छैनन्। चाहेर पनि बिर्सन सक्दैनन्
तर सरकार भने इतिहासकै बलियो जनउत्तर दायित्व बोध भएको सरका भनेर आफुलाइ गणतन्त्रको मसिहा ठान्दै आइ रहेको छ । जनताका नाममा अर्वौ खर्च गरेक‍ो जनतालाइ राहत बाडेको स्वास्थ सामग्रि खरिदमा कुनै घोटाला नभएकोआज सम्मका सरकार मध्ये सबै भन्दा भ्रष्टचार विहिन अहिलेको सरकार भएको दावि गर्दै आफ्ना आसेपासे अरौटे भरौठे चरौटे कुरौटे मार्फत बडो ताम झामका साथ प्रचार प्रसार गर्दै सरकार फेरबदलको नाटक सहित कुर्चि बचाउनमै ब्यस्त छ ।
यता नेपाली जनता भने पीडा थेग्न नसकेर हे इश्वर यो देसमा बाच्नु भन्दा मर्नु निको भन्दै कतै इह्वर पुकारि रहेका छन् भने कतै हिजो आफ्नै देस सुरक्षित ठानि आएर पनि फेरि पुन बिदेसिन बाध्य भइ रहेकाछन्।सरकारको गैर जिम्मेवारिपन देखेर दिक्क भए पछि आसु चुहाउदै बरु उतै मर्छौ फर्कि आउदैनौ भनेर ती नेपाली दाजु भाइ बिदेसिदा कसको मन रुदैन र तर सरकार भने अझै पनि आफु ठिक भन्दै उल्गै ती नेपाली दावुभाइ दिदीबहिनी हरुलाइ गलत भन्न भ्याउछ ।
देसभर जताततै भ्रष्टाचार छ अन्याय अत्याचार हत्या हिशा बलात्कार भइरहेछ जनता समयमा पिसिआर परिक्षण र उपचार नपाएर छटपटाइ रहेका छन् सरकार भने त्यहि भ्रष्टाचार लाई सुरक्षा कवच बनाउदै गई रहेको छ। तर जतिनै जे भने पनि भरौटेहरु मार्फत प्रचार प्रसार गरि रहे पनि आउने चुनाव र भोलिका दिनमा नेपाली जनता हासको जस्तो दुधको दूध पानिको पानी छुट्याउने हैसियत राख्छन् हैसियत देखाएरै छाड्नेछन् ।
सरकारले जति शक्ति देखाए पनि सरकारमा पछिल्ला घोषणा हरुले र निर्णय ले गर्दा सरकार अत्यन्तै लाचार छ भन्ने कुरामा अब कसैको पनि दुइमत रहेन ।समयमा उपचार नपाएर मृत्युवरण गरेका ती नेपाली जनताको आत्मले पुकार्दै किन सरकार किन बन्दैछस् लाचार भन्दै सायद त्यो मृतआत्म पनि रोइ रहेको छ ।
यतिबेला आम जनताको एउटै प्रस्न सहित दुई तिहाइको सरकार किन बन्दैछ लाचार भन्ने आवाज सर्वत्र गुञ्जि रहेको छ यतिमात्र होइन यदि सरकार यसै गरि गैर जिम्मेवार र लाचार बन्दै गयो भने दुइतिहाइको बाम सरकार कमजोर नबन्ला भन्न सकिँदैन नेपाली जनताले पनि अब बरु मृत्यु लाई स्विकार गर्लान् चुप लागेर बस्ने वाला छैनन् किन भने जसको बिश्वास गरिदैन उसबाट जतिनै घात प्रतिघात भए पनि त्यति दुख लाग्दैन मन दुख्दैन तर जसलाइ विश्वास गरिन्छ उसै बाट घात अन्तर्घात भयो भने उहीँ भ्रष्टाचार र लाचार र गैर जिम्मेवार बन्दै गयो भने त्यो भन्दा दर्दनाक पीडा र आक्रोस अरु हुनै सक्दैन त्यसैले दुई तिहाइको बाम सरकारले बेलैमा चेतोस् यहि शुभकामना ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: