चाड पर्बमा ‘के खाने, कसरी खाने, के नखाने’

सराङकोट न्यूज
22 October, 2020 5:40 pm
Advertisements
Advertisements

डा. आशिष त्रिपाठी

नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा हार्धिक शुभकामना वेक्त गर्दै यो लेख सुरु गर्दछु। “कि परेर जानिन्छ, कि पढेर” सुरुमा यो पुरानो भनाइलाई सम्झिउ। कोरोना भाइरस संगको कठिन युद्घ जितेका भाग्यमानीहरुको संदेशलाइ मनन् गर्दा, अहिलेको समयमा बिज्ञहरुका तर्कलाइ अनुसरण गर्ने र जनस्वास्थका मापडण्डलाई पालन गर्दै आफु र परिवारको स्वास्थको रक्षा गर्नुनै उपर्युक्त हुने कुरामा सायदै कसैको दुईमत होला।
महान चाड बिजया दशमी तथा शुभ दिपावलीको पुर्व सन्ध्यामा तिव्र गतिमा फैलने संक्रमित रोगको प्रकोप रहनु अत्यन्तै निरासाजनक हो। तरपनी सामान्य सरल नियमको पालना गर्नाले यो समयलाइ खतर्नाक हुनबाट बचाउन सकिन्छ।पर्वलाइ एउटा नया प्रणालीको बिकास गरी चित्त बुझदो तरीकाले मनाउनुनै यो समयको मांग हो भनी बुझनु पनि अहिले आवश्यक छ।
त्यसोत अघिपछी पनी मुटु, दम, सुगर, प्रेसर आदि का बिरामीहरु संक्रमित रोगको उच्च जोखिमना हुने गर्दछन, झन यो परिवेसमा खतरा बढनु अस्वोभाविक होइन। तसर्थ जो जहा छौ तेहि बसेर चाड पर्व मनाउने हो भने लक्षण रहित संक्रमितबाट संक्रमन फैलिनगै जिवनको क्षति अनि परिवार तथा समाझमा बियोगको परिस्थिती सिर्जना हुने छैन।
मुटु, दम, सुगर, मिर्गौला, क्यान्सर, ऐड्स , बिद्ध तथा जन्मजात अबिकसित प्रतिरक्षा प्रणाली भएका मानिसहरु कोरोना भाइरस जस्ता घातक रोगहरु संग लडने रोग प्रतिरोघात्मक क्षमता राख्दैनन्।उनिहरु तेस कारणले पनि संक्रमित हुन गै रोगको जटिलताले अकालमै ज्यान गुमाइ रहेका हुन्छन।तेसैले यो समुहका व्यक्तिहरु परिवारमा भएकाहरुले त झन अज उच्च सतर्कता अपनाउनु अपरिहार्य छ।जनस्वास्थका मापडण्ड बाहेक राम्रो अनुसन्धान पश्चात बिकसित तथा निर्माण गरिएका प्रभावकारी खोप र औषघी नै यियस्ता रोगहरुकालागि पुर्ण बिराम भै यो कमजोर बर्गका मानिसहरुका लागि रामवाण साबित हुने छ। तर तो अहिले निकट भविष्यमा सम्भव हुने कुरा सहज देखिदैन। त्यसैले अहिले उपलव्ध औषधी हात धुनु, खोप भनेको मास्क लगाउनु र प्रतिरक्षा पर्यायवाची चाही वक्ति बिच दुरि कायम गर्नु नै हुन।
पछिल्लो समयमा सार्वजनिक भएका अनेकौ बैज्ञानिक अघ्यन प्रतिवेदहरुले, यो भाइरस हावामा पनि केहि बेर रहन सक्ने र मानिसलाइ संक्रमण गर्न सक्ने क्षमता रख्दछ, भनेका छन्। यस्तो अवस्थामा को कहकका र कसरी यस्को सिकार हुन्छ भनेर अनदाज गर्न सकिन्न। तर पनि भोज भतेरमा उपस्थिती जनाउने, लामो समय बाहिर रहने, नाक मुख ढाक्न मास्कको प्रयोग नगर्ने, पटक पटक सफा पानीले २० सेकेण्ड मिचिमिचि हात नघुने, वेक्ति वेक्ति बिच कम्तिमा २ मिटरको दुरी कायम नराख्ने जस्ता किर्याकलापले यो महामारीलाइ नियणत्रणमा ल्याउन लग्भग असम्भव छ।
तथ्यांक अनुसार, कोभिड-१९ ले स्वस्थ मानिसको मुटुलाई पनि असर गरेको देखिएको छ। प्रतेक ३ जना संक्रमितमा १ जनालाई मुटुको पुरानो समस्या भएको पाइएको छ भने एक अन्तराष्ट्रिय अध्यनको अनुसार, ७५ सामान्य संक्रमित र २२५ जटिल संक्रमितमा मुटुलाई पनि असर गरेको देखिएको छ। स्वासप्रस्वासको समस्या हुनु र छाती दुख्नु मुटु रोगको लक्षण हो तर सबै यस्ता लक्षणहरू कोभिड-१९ कै कारणले नभयर डरचिन्ता, ऐसिडिटी तथा अन्य कारणले पनि हुन सक्छ। यो सामान्य मौसमी रुघाखोकी लाग्ने समय पनि भएकोले हल्का ज्वरो आउने र खोकी लागेर छाति दुख्दैमा कोरोना भाइरसकै संक्रमण भयो भनेर आत्ति हाल्नु पनि उचित हुदैन। १०१.४ डिग्री भन्दा धेरै ज्वोरो आएमा, धेरै थकावट महसुस भएमा, रुघाखोकी सहित शरिर दुखि श्वास फेर्न असहज भएमा मात्र कोरोना परिक्षण गराउन उचित हुन्छ। अन्यथा मन्द ज्वरो रहि सामान्य रुघाखोकी जस्तो मात्र भएको खण्डमा घरमै केहि दिन अरु संग अलग्गिएर पोसिलो खाना तथा प्रसस्त मात्रामा पानी पियी घरेलु उपचार गरी आवशयक्ता अनुसार सिटामोलको प्रयोग गरि पनि निको हुन सकिन्छ।
मनन् गर्नु पर्ने कुरा के पनि छ भने, पखेटा काटिएको पंक्षी जस्तै भएको यो अवस्यामा मानिसहरु भावनात्मक तवरले कमजोर हुनगई निवारक चिकित्सा अन्तरगत सुरक्षाका आधार्भुत नियमनै पालना गर्नबाट चुक्ने त छैनन्। संगसंगै, नियमित सेवन गर्नु पर्ने औषधीको सेवन नगर्ने, अत्यधिक मात्रामा मापासे गर्ने, जुवामा लिप्त हुने, घेरै मात्राना माछामाशु तथा गुलियो प्रयोग गर्ने गर्नाले पनि जनधनको क्षति हुने सम्भावना रहन्छ। अन्तत, यस्तो महामारीको चक्रविउमा परेको परिस्थितिलाइ मध्यनजर गर्दै हामी सबैले एउटा जिम्मेवार नागरिकको परिचय दिन जरुरी छ। त्यस कारण जो जहा छै त्यहि बसेर दशैं सम्यमताका साथ मनाउने हो भने अर्कै बर्ष दशैं सपरिवार मनाउने अवसर पक्कै पाइनेछ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: